विश्व शान्ति मानव एकताको लागि फुलुङगीमा ऐतिहासिक सेवाको आयोजना गरिँदै


माङ्सेबुङ/विश्व शान्ति तथा मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा फुलुङगीमा सप्ताहव्यापी आयोजना हुने भएको छ ।

 

 

इलामको माङ्सेबुङ गाउँपालिका –३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीको गुफाडाँडामा आउदो चैत ५ देखि १४ गतेसम्म सेवा आयोजना गरिएको हो ।

 

 

 

सो सेवाका लागि चैत ५ गते सेवास्थलमा उपस्थिति हुनु पर्ने आयोजनको भनाई छ । ६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट सेवाको समुद्घाटनसंगै सप्ताहव्यापी सेवाको प्रारम्भ हुनेछ ।

 

 

सेवा समापनमा कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

 

 

किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा अन्तर्गत गत माघ १२ गते तमोर नदिको नक्कलेघाटमा माङहुप वादेम्मा, १३ गते फेदेनको सुम्हात्लुङ गढी येत् नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।

 

 

त्यसपछि फागुन ५ गतेदेखि १२ गतेसम्म लगातार ८ दिन यासकको कुम्मायक कुसायक येत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो । यो सेवासँगै पुनः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थित फुलुङगीको गुफाडाँडामा पनि सप्ताहव्यापी सेवाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

 

सो सेवामा विशेष गरी १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले जनाएको छ ।