माङसेबुङ/इलामको माङसेबुङमा पहिचान सहितको प्रदेश नं १ को पुनः नामांकन अभियान समितिले आफ्नो शाखा विस्तार गरेको छ।
अभियानको सह अध्यक्ष केहेरसिं योङहाङको सहजीकरण तथा अभियानका जिल्ला सदस्य धनसिंङ सङबाङफेको अध्यक्षतामा बसेको भेलाले उदयविक्रम तुम्बापोको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको छ।
अभियान समितिमा, उपाध्यक्ष सम्झना राई, सचिव अमृत चेम्जोङ, कोषाध्यक्ष अम्बिका नेम्वाङ, सदस्यहरुस् प्रेम राज केरुङ, टेकहाङ चेम्जोङ, गंगा आङबुहाङ, जलन आङबुहाङ, विरेन्द्र साँबा, कृष्ण समारुङ, टीकाराम राई, जगतबहादुर लावती, रामकुमार आङबुहाङ, देवीप्रसाद नेम्वाङ, बीरबहादुर माबोहाङ, रुद्र बहादुर सावदेन, भीमलाल चेम्जोङ, सन्तबहादुर फियाक, जीतमान तिगेला, भीमबहादुर लिङ्देन, लक्ष्मी योङहाङ, पृथ्वी साम्पाङ, अनिता योङहाङ, देव बहादुर कुरुम्बाङ, विरेन लिम्बू, रामकुमार लावती रहेका छन् ।
कार्यक्रममा अभियान समितिका उपमहासचिव नन्दकुमार नेम्वाङले अभियानको उद्देश्य र अौचित्य बारे प्रष्ट पारेको थियो। त्यसैगरी बुद्धिजीवी तथा समाजसेवी एनएस फागो, जसपा माङसेबुङ अध्यक्ष किसान खजुम, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राई, अभियान सदस्य होमबहादुर लिङ्देन लगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन अभियान सदस्य मनकुमार आङबुहाङले गर्नुभएको थियो ।
निरन्तर आन्दोलनमास् माङसेबुङ ५ स्थित यलम्बर चोकमा कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री हिकमत कार्कीको पुत्ला दहन गरेको छ। कोशी प्रदेश नामांकन विरुद्ध अभियान समिति, लिम्बूवान किरात संयुक्त संघर्ष समिति लगायतले चरणवद्ध आन्दोलन गरिरहेको छ।