माङसेबुङ/पवित्रहाङमा कप २०७९ मा नवदीप युवा क्लब मिक्लाजुङ मोरङ फाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा नवदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
सोमबार दोस्रो सेमिफाइनल एम एफ सि दार्जिलिङ भारत र जिल्ला खेलकुद संघ धनकुटा बीच हुनेछ । अब नवदीपले फाइनलमा धनकुटा वा भारतको सामना गर्नुपर्नेछ ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ मा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।
प्रतियोगितामा एम. एफ. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टिङ क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, गाइघाट फुटबल संघ उदयपुर, नवदीप युवा क्बल मोरङ, जनता सेभेन स्पोर्टिङ क्लब सुनपा इलाम, माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ, धनकुटा जिल्ला फुटबल संघ धनकुटा र कन्काई नगर खेलकुद विकास समिति झापाको सहभागिता रहेको आयोजक खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।
आगामी फागुन ३ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न अतिरिक्त मौलिक खेलहरु पनि सञ्चालन हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने खेलकुद विभागका संयोजक आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने छ ।
प्रथम पुरस्कार देउमान आङबुहाङ परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ