पवित्रहाङमा कप : झापालाई पराजित गर्दै इलाम दोस्रो चरणमा प्रवेश


माङसेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगितामा जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

 

बिहिबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा कन्काई नगर खेलकुद विकास समिति झापालाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै जनता सेभेन इलाम दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

 

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवाती समयमै कन्काई झापाकि अनिता लम्जेलले गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि जनता सेभेन इलामकी निमिता तामाङले गोल गर्दै खेल बराबरीमा फर्काइन् ।

 

त्यसपछि खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको थियोे । ट्राइबेकरमा जनता सेभेन इलामको तर्फबाट सिजन भुजेल, निमिता तामाङ, गेल्मी तामाङ, प्याली रोय र सुजु चाम्लिङले गोल गरिन ।

 

 

 

यता कन्काई झापाको तर्फबाट मन्जु राई, एलेन चौधरी, हेमा चौधरी र सुस्मिता चौधरीले गोल गरिन् भने मनिता तुम्रोकको प्रहार इलामकी गोलकिप्पर गुर्मी तामाङले बचाउ गरिन् । खेलको वुमन अफ दि म्याच जनता सेभेन इलामकी गुर्मी तामाङ घाषित भईन ।

 

 

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत आज (शुक्रबार) माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरी र ताप्लेजुङ खेलकुद समिति ताप्लेजुङबिच खेल हुने समारोहका खेदकुद विभाग संयोजक तथा आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

 

 

 

प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।