आत्मानन्द कप : पान्थर फाइनलमा प्रवेश, बुधबार तेह्रथुम र झापा भिड्दै

माङ्सेबुङ/आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पान्थर फाइनलमा प्रवेश गरेको छ ।

 

 

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच. एफ. सी सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै तिजोग पान्थर फाइनलमा प्रवेश गरेको हो । तिजोक क्लबको जितमा रोशन आङ्देम्बेको निर्णयक १ गोलले तिजोक क्लब फाइनलमा पुग्न सफल भयो ।

 

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तर्गत बुधबार (आज) छथर गाउँपालिका तेह्रथुम र जलथल फुटबल क्लब झापाबीच खेल हुने आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

 

 

 

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

फुटबलका अतिरिक्त म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । खेलको फाइनल मंसिर १७ गते हुनेछ ।