स्थानीय भाषा सरकारी कामकाजी भाषा घोषणा वार्षिक उत्सव मनाइँदै


माङ्सेबुङ/इलामको माङ्सेबुङ गाउँपालिका वडा – ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको दिन मंसिर १३ गतेलाई ऐतिहासिक दिनको रुपमा हरेक वर्ष उत्सव मनाउँदै आएको छ ।

 

यसरी स्थानीय तह अन्तर्गत वडामा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा तथा कार्यान्वयन गरिएको ५ वर्ष प्रवेश गरेको अवसरमा पाचौं वार्षिक उत्सव मंगलबार मनाइने भएको छ ।

 

 

माङ्सेबुङ वडा नम्बर ५ को आयोजनामा गुरुनिजी आश्रम लारुम्बामा किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको समुपस्थितिमा र गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा पाँचौ वार्षिक उत्सवको रूपमा मनाउने तयारी गरिएको हो ।

 

 

किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको दिनलाई सम्झना गर्दै प्रत्येक बर्ष हर्षोउल्लासको साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको वडा सचिव सुनिल सेर्माले बताए ।

 

 

त्यस्तै पाँचौ वार्षिक उत्सव कार्यक्रम समापन पछि माङ्सेबुङ ५ को १५ वटै टोलहरुमा साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको पनि आयोजक समितिले जनाएको छ ।