माङसेबुङ/आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले विजयी सुरुवात गरेको छ ।
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा शुक्रबार (आज) भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले हराउदै सुनसरीले बिजयी सुरुवात गरेको हो ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत शनिबार (भोलि) जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबीच खेल हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।
प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् । विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो हान्ने०, धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलाम सदरमुकाममा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।
यसैगर ी किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङदेनको समुपस्थितिमा श्री सरस्वती मा.बि. का बिधार्थीहरुकोे मार्चपास सँगै सुरु भएको उद्घाटन खेल माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।