माङसेबुङमा आत्मानन्द कप आज सुरु हुदैं

 


माङसेबुङ/आत्मानन्द कप १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार (आज) देखि सुरु हुदैंछ ।

 

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द कपको १५ औं संस्करण शुक्रबार देखि सुरु हुने भएको हो ।

 

 

आत्मानन्द कपको यस संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागिता रहेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा सुरु हुने उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र एच.एफ.सी. सुनसरीबीच प्रतिष्पर्धा हुनेछ ।

 

 

आत्मानन्द कप १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

 

 

अध्यक्ष आङबुहाङका अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुपस्थिती रहने खेलको उद्घाटनमा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईरहनु भएको छ ।

 

 

आत्मानन्द कपको यस संस्करणमा नेपालबाट एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब, पान्थर, चारतारे युवा क्लब, मोरङ, जलथल एफ.सि. झापा, माङसेबुङ गाउँपालिका टिम र भारतको दार्जिलिङबाट एम.एफ.सि.को सहभागी रहेको छन् ।

 

 

 

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

 

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो हान्ने०, धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुने सचिव राईले बताईन् ।

 

 

आत्मानन्द कप दुई साल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ । इलाम सदरमुकाम आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

 

 

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ । गत वर्षको आत्मानन्द कप माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो ।