अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङ पवित्रहाङमाद्वारा मतदान

 


माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ ।

 

 

 

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज बिहान ७ : ३० बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालय भालुटार मतदान केन्द्र ‘क’ बाट अङसीमाङ तथा अङसीमामाङले मतदान गर्नुभएको हो ।

 

 

१ हजार ९ सय ९६ जना मतदाता रहेको माङसेबुङ ५ को सरस्वती मा.वि. भालुटार मतदान केन्द्र ‘क’ बाट अङसीमाङ तथा अङसीमामाङले मतदान सुरुवात गर्नुभएको थियो ।

 

सो मतदान केन्द्रमा गुरुपरिवार सुपुत्र शुभनन्द लिङ्देन, मनाहाङ लिङ्देन, इक्सानन्द लिङ्देन, नाम्बिनहाङ लिङ्देन, गुरु सुपुत्री ममिला लिङ्देनले मतदान गर्नु भएको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत दिलमान इधिङगो लिम्बूले बताए।

 

 

 

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुँदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

 

प्रतिनिधिससभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

 

 

प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।