एकतप्पामा पनि मनाइयो महागुरु फाल्गुनन्द जन्मजयन्ती

माङसेबुङ/इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पा रुपटारस्थित श्री सिद्ध किरात हाङसाम युमा माङहिममा महागुरु फाल्गुनन्द लिङ्देन को १३८औं जन्मजयन्ती भब्य रुपमा मनाइएको छ।

 

 

धार्मिक पर्यटकीयस्थलको रुपमा विकसित हुँदै गएको माङहिममा शुभकामना आदान प्रदान सहित १३८ वटा दीप प्रज्वलन गरी जन्मजयन्ती मनाएको थियो।

 

 

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम गा.पा.का पूर्व उपाध्यक्ष सरस्वती राई र विशेष अतिथि फाकफोकथुम (७ का वडा अध्यक्ष छत्रबहादुर योङहाङ लगायत माङहिमका सल्लाहकार, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसै जन्मजयन्तीको अवसरमा फाकफोकथुम गाउँपालिकाका पूर्व उपाध्यक्ष सरस्वती राईले माङहिममा ५ के जिको घण्टी चढाउनु भएको थियो।

 

 

माङ्हिमका अध्यक्ष पञ्चबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि राई, बिशेष अतिथि वडाध्यक्ष योङहाङ, अतिथिहरु माङहिम सल्लाहकार तथा समाजसेवी पुर्णप्रसाद योङहाङ, माङहिम सल्लाहकार तथा समाजसेवी दिलबहादुर योङहाङ जग्गादाता जगत बुडाथोकी, आशबहादुर योङहाङ, माङगेना कोषाध्यक्ष इन्द्रबहादुर योङहाङ लगायतको उपस्थितीमा सम्पन्न भएको थियो। कार्तिक २३ गते फाकफोक र देउमाई खोलाको दोभानमा गालिश्राप बहन्ती, २४ गते बृहत् येतनाम्धुङ लाधुङ्सेमी सम्पन्न गरिएको थियो।

 

 

 

किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङ्गुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट बि.सं. २०७१ मा सिलान्यास गरिएको थियो। यसरी स्थापना गरिएको श्री शिद्व किरात हाङ्साम माङहिमलाई बि.सं. २०७५ सालमा तत्कालिन प्रदेश १ का अर्थ मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा अङ्सीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तबाहुलीबाट समुद्घाटन गरिएको थियो।

 

 

 

महागुरुको पुर्ण कदको शालिक निर्माणको अन्तिम चरणमा रहेकोले चाडैँ नै सम्पन्न गरेर उद्घाटन गरिने माङ्हिम ब्यबस्थापन समितिका अध्यक्ष पन्चबहादुर योङहाङले बताए । माङहिम परिसरमै फाल्गुनन्द गुफा, शिद्व देवी थान समेत रहेको छ।