ज्ञानु केदेम ‘मुक्साम’
कुनै चिजलाई परिमार्जन गरी निस्खोट रूप दिने काम परिष्कार, संस्कार कुनै राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिबिम्ब देखिने शिल्पविचार दर्शन आदि क्रियाकलापको परिस्कृत रूप, अनन्त पूर्वदेखि आचार विचार आदिमा विकसित हुँदै आएको समाजको यर्थाथ स्वरूप देखिने अभिव्यक्ति आदि समेतको समूह वा साधन, कला, साहित्य, दर्शन, भाषा, धर्म आदि मूल्य र परम्पराको समष्टि नाम संस्कृति हो भनि नेपाली शब्द सागरले परिभाषा गरेको छ । त्यसैगरी हाम्रो दैनिक जीवन सञ्चालन गर्न विभिन्न मूल्य मान्यता, आदर्श, रीतिथिति, कर्म, संस्कार, आचार संहिता, कला, साहित्य र भौतिक सामग्रीहरूको सदुपयोग गर्नु संस्कृति हुन् ।
यसरी संस्कृतिले परम्परागत मूल्य मान्यता, नाचगान, भेषभूषा, लवाइखवाइ, बोलीवचन, चालचलन र आचारसंहितालाई बुझाउँदछ भनी संस्कृतिको परिभाषा गरेको पाइन्छ । यसरी विविध दृष्टिकोणबाट परिभाषा गरिएको संस्कृतिको महत्त्व किरात धर्ममा पनि उत्तिकै गहन मानिन्छ । किरात धर्म संस्कृति प्रधान धर्म हो। त्यसैले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्म, भाषा, लिपि, संस्कार र संस्कृतिको प्रचारप्रसार अभियान शुरू गर्नु हुँदा धर्म दर्शनले मात्र किरात समाजलाई ब्यूँझाउन वा एकता गराउन सम्भव नहुने भएपछि सांस्कृतिक जागरण मार्फत जनचेतना फैलाउँदै किरात धर्म दर्शन र संस्कार संस्कृतिको उत्थान कार्य प्रारम्भ गर्नुभएको पाइन्छ । त्यसैले किरात सांस्कृतिक जागरणको सुरूवातको समयलाइ बिर्सन हुँदैन । किनकि, अङसीमाङज्यूले किरात धर्मको प्रचारप्रसारको थालनी गर्नु हुँदा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर शुरू गर्नुभएको थियो ।
यसरी सांस्कृतिक अभियान पहिलो पटक वि.सं. २०३१ मा ताप्लेजुङको काबेली माङहिममा किरात सांस्कृतिक कार्यक्रम आयोजना गरी शुरू गरिएको अभिलेख पाइन्छ । किरात संस्कृतिको उत्थानका लागि सोही समयमा वहाँले काबेली माङहिमको तल्लोपट्टि रहेको चेप्टो ठूलो ढुङ्गामा बसेर धार्मिक जागरणका गीत रचना गर्नुभएको थियो । यसरी काबेली माङहिमबाट शुरूभएको किरात सांस्कृतिक जागरण अभियान अनेकौ दुःख, पीडा सहँदै थोरै भक्तजनहरूको समूहमा कहिले लेक कहिले वेंशी धाउँदै सयौं भञ्ज्याङ, चौतारीहरू छिचोलेर अन्तत इलामको माङसेबुङमा पुगेर संस्थागत रूपमा विकसित भयो । त्यसपछि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव उपस्थिति तथा निर्देशनमा, अङसीमाङ तथा अङसीमामाङद्वारा सिर्जना गरिएका गीत, संगीतको संरक्षण गर्न र किरात संस्कृतिलाई विश्वको मानचित्रमा उभ्याउने उद्देश्यले वि. सं. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो । उक्त समिति तत्कालीन कलाकार हर्कवीर योङहाङको नेतृत्वमा गठन भएको थियो ।
यसरी स्थापना भएको समितिले थोरै कलाकारहरूको जमातमा मादल र थपडी बजाउँदै हरेक वर्ष माङसेबुङमा आयोजना गरिने मुहिङगुम अङसीमाङ जन्मोत्सव र खिबेक्वा याक्वा सेवाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्दथ्यो । यसरी उक्त समयका संस्थापक कलाकारहरूः हर्कवीर योङहाङ, ज्ञानोदय लाओती, खड्क सङबाङफे, डान्सर थेबे, युरेन्द्र थेबे, सन्तोषकुमार थेबे, तेजबहादुर लिङ्देन, भवेन्द्र थेबे, दुर्गा थेबे, कृष्ण थेबे, भीमकुमार लिम्बु, बमप्रसाद लाओती, विमलचन्द्र लाओती, सञ्चमाया लाओती, राजकुमारी लाओती, हेमकुमार कुरूम्बाङ, भुवानसिंह फियाक, एमबी योङहाङ, सेन्दिहाङमा सङबाङफे, रामकुमारी चबेगु, मनकुमार राई लगायत थिए ।
उनीहरूपछि याम सेर्मा, किरण येक्तेन, रत्नकुमारी एवाई, दिलरत्न एवाई, टीकाराम लाओती, मनिहाङ लाओती, पदमशेर लाओती, मानध्वज लाओती, कमला लाओती, दिलकुमारी लाओती, कालेन्द्र लाओती, सञ्चमाया राई, पूर्ण लाओती, वर्षा आङदेम्बे, वसन्ती लाओती, दिलकुमारी लिङदम, लालध्वज लाओती, तुला फियाक, लाओती, माया फियाक, लक्ष्मण चेम्जोङ, तिलकप्रसाद जवेगु, नरजित फियाक, फूलमाया तुम्सा, सोनु राई, दिलु राईलगायतका कलाकारहरू स्टेजमा देखिन थाले । यो क्रम वि.सं. २०४४ सम्म रहेको थियो । वि.सं. २०४५ पछि धार्मिक जागरणको कलाकारिता प्रारम्भ भयो ।
यसरी पुस्ता हस्तान्तरणको क्रममा इन्द्र योङहाङ, रश्मी एवाई, हर्कहाङमा योङहाङ, दिलकुमार लाओती, धनवीर योङहाङ, ध्रुव योङहाङ, अम्बर तुम्बाहाङफे, तुलक तुम्सा, सुनिता मिभक, वर्तमाया साँबा, सुनुहाङ चबेगु, सीता चबेगु, लङकाहाङ चेम्जोङ, मण्डल साम्पाङ, लादिमा चाम्लिङ, लावा चाम्लिङ, केशरमाया राई, देउमाया योङहाङ, कविरमाया साँवा, हिमशीला फियाक, कल्पना सांबा, सनु बान्तावा, देउप्रकाश लिङ्देन, गीता देवान, अमृता लिङ्देन, सीता लिङ्देन, बीर्ख तुम्बाहाङफे, हस्तमाया राई, सावित्रा योङहाङ, टेकुमाया योङहाङ, खिमा पतवा, रत्ना पतङ्वा, पुष्पा तुम्सा, प्रकाश साँवा, बलवीर योङहाङ, सूर्य तुम्सा, चन्द्र तुम्सा, पदम खजुम रहेका थिए ।
त्यसैगरी रामकुमार सिप्तुङखा, देउमान तुम्सा, प्रताप लाओती, अञ्जु चेम्जोङ, मनकुमारी राई, कृष्ण योङहाङ, धनबहादुर फागो, गजेन्द्र योङहाङ, रमला साँबा, मनभक्ति साँवा, गंगा योङहाङ, सीता योङहाङ, सुस्मिता योङहाङ, भद्र सिंगक, दीपक थापा मगर, जंगीलाल तुम्सा, बिनोद माङपाङ, दिलकुमार सेर्मा, कुसुम लाओती, जयलाल तुम्सा, सुरेश थेवे, शर्मिला चोङबाङ, बिमला चोडवाड, पूर्णकुमारी लाओती, दलराज फियाक, अगम एवाई, सुकमान सुहाङ, आइतमान सुहाङ, रनध्वोज योङहाङ, विष्णु योङहाङ, वुद्धरानी योङहाङ, दिलु कटुवाल, तुला साँबा, मुकेश सुहाङ, मचिन्द्र चेम्जोङ, जेपी नेम्बाङ, ब्रबिम सेर्मा, टेकवीर योङहाङ, इन्द्र साम्सोहाङ, ममता सिगु, चन्द्र साँबा, रतन साँबा, आशिष साँबा, राजु योङहाङ, अकिल लिङ्देन, सवेन सेलिङ, दिलमती चेम्जोङ, अन्जान योङहाङ, शम्भु राना मगर, रुद्र योङहाङ, दीपा राई र नाम्साङ सुहाङलगायतका प्रतिभाशाली कलाकारहरूलाई यस समितिले जन्म दियो । संगठनलाई यस अवस्थामा पु¥याउन पनि उनीहरूको अतुलनीय योगदान रहेको छ ।
यसरी कलाकारहरूमा पुस्ता हस्तान्तरण हुँदै, मौलिक संस्कृतिलाई चौतर्फी प्रचारप्रसार गर्न संस्थापक अध्यक्ष हर्कवीर योङहाङ रहेको समितिले वि.सं. २०५३ मा पहिलो पटक सांगठनिक रूप लिएको अभिलेख पाइन्छ । उक्त समितिमा अध्यक्ष हर्कवीर योङहाङ, उपाध्यक्ष चन्द्रकुमार साँबा, सचिव शक्ति साँवा रहनुभएको थियो । सदस्यहरू रश्मी एवाई, जगत योङयाङ, दिलकुमार लाओती, भिम केरूड, दिलवीर सेर्मा, मण्डल साम्पाङ, इच्छाबहादुर चेम्जोङ, सेसेमी से– नाल्वो, योगेन्द्र लाओती लगायतका थिए । कार्यसमितिमा फेरबदल हुँदै आउने क्रममा वि.सं. २०५४ भदौमा अध्यक्ष हर्कवीर योङहाङकै नेतृत्वमा उपाध्यक्ष चन्द्रकुमार साँबा, महासचिव सन्तकुमार राई, सचिव शक्तिकुमार साँबा, सहसचिव सचिन साँबा र सदस्यहरू दिलकुमार लाओती, दिलवीर सेर्मा, रश्मी एवाई, इन्द्र योङहाङ, नन्दकुमार साँबा, थाकुहाङ सङबाङफे, हर्कहाङमा योङहाङ, इच्छाबहादुर चेम्जोङ, धनवीर योङहाङ, इन्द्रहाङ लाओती, मण्डलसिं साम्पाङ रहेको कार्य समिति गठन भयो । यसरी पुनः गठित समितिले सांगठनिक गतिविधिमा केही हदसम्म फड्को मार्न सफल बन्यो । समितिले वि.सं. २०५६ मंसिर २३ गते कृष्णबहादुर साँबालाई कोषाध्यक्ष र नविन लिङ्देनलाई संगीत संयोजकमा मनोनयन गरी किरात स्पन्दन भाग–१ उत्पादन गर्ने निर्णय ग¥यो ।
यसरी अघि बढ्ने क्रममा सोही वर्षको माघ ६ गतेको बैठकले कार्यसमितिमा हेरफेर गरी हर्कवीर योङहाङकै अध्यक्षतामा उपाध्यक्ष मचिन्द्र साँबा, सचिव शक्तिकुमार साँबा, सहसचिव नन्दकुमार नेम्बाङ, कोषाध्यक्ष सन्त राई र सदस्यहरू इच्छाबहादुर चेम्जोङ, दिलवीर सेर्मा, मानध्वोज लाओती, रुद्र पुलामी, तुलक लिङ्देन, देउमान तुम्सा रहेको समिति गठन ग¥यो । यस समितिले संगीत संयोजक नबिन लिङ्देनलाई कलाकार निर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । यहीँ समितिको कार्यकालमा समितिको आफ्नै रेकर्डिङ स्टुडियो किरात साम्मुक इत्लोहिम मा किरात स्पन्दन भाग एक उत्पादन गर्ने ऐतिहासिक काम भयो ।
त्यसैगरी केन्द्रीय कलाकार समूहमा कार्यक्रम तालिका संयोजक इन्द्र योङहाङलाई जिम्मा दिइएको थियो । साथै, २०५७ सालको बलिहाङ तङनामको अवसरमा सुनसरीको धरानमा देउसीनाच सम्पन्न गर्न तत्कालीन किरात धर्म युवा संघका सल्लाहकार कुमार लिङ्देनले कार्यक्रम उदघोषकको रूपमा सहयोग गरेका थिए । यसरी नै मुहिङगुम अङसीमाङको निर्देशनमा वि.सं. २०५७ चैत १७ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ’सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव उपस्थितिमा समितिका नयाँ तथा पुराना कलाकारहरूको प्रथम भेला माङसेबुङमा आयोजना गरी किरात साम्मुक इत्लोहिम भवन स्थापना गर्ने, मौलिक संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमहरू गर्ने, हरेक वर्ष चैत २२ गते महागुरू फाल्गुनन्द लिङ्देनको स्मृति दिवसको अवसरमा वार्षिक कलाकार भेला सम्पन्न गरी नयाँ तथा पुराना कलाकारहरूको अभिलेख राख्ने, एफ.एम. रेडियो स्थापना गर्ने, पुराना गीतहरू संकलन गरी रेकर्ड गर्दै लैजाने निर्णय पारित गरेको थियो ।
यस किरात धार्मिक जागरणका लागि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै धर्म प्रचारप्रसारमा केन्द्रित रहेर आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउन थाल्यो । त्यहीँ समयमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको मातहत समितिहरू निर्माण गर्ने क्रममा वि.सं. २०५८ कातिक २४ गते केन्द्रीय किरात सांस्कृतिक समितिलाई किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भोमा सांगठनिक रूपमा रूपान्तरण गरी हर्कवीर योङहाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भयो । उक्त समितिको उपाध्यक्ष नोनिम्भुङहाङमा लिम्बु, सचिव दिलकुमार सेर्मा, सहसचिव केबी राई, कोषाध्यक्ष इच्छाबहादुर चेम्जोङ रहेका थिए । यसरी नै सदस्यहरू रुद्र पुलामी, खड्क सङबाङफे, मानध्वोज लाओती, तारा योङहाङ, बलवीर योङहाङ, तिलहाङ साँबा रहेका थिए । तर, यस समितिको कार्यकालमा पनि समितिको पदाधिकारी तथा सदस्य भित्रिने र बाहिरीने क्रममा राजकुमार सेर्मा, हर्कहाडमा योङहाङ, रमेश नेम्बाङ, नारद अन्छङबो र नन्द कुरूम्बाङलाई विभिन्न समयमा समितिको सदस्यमा मनोनित गरिएको थियो । त्यसैगरी रिक्त उपाध्यक्ष र सचिव पदमा क्रमश ः रुद्र पुलामी र खड्ग सङबाङफेलाई मनोनयन गरेर सांगठनिक कार्यहरू अघि बढाइएको थियो ।
सोही वर्षको मंसिर २० गतेको बैठकले दिलकुमार लाओतीलाई बाद्यवादक संयोजकमा मनोनयन गरेको थियो । वि. सं. २०५८ माघ ५ गते यस पान्जुम्भोमा २१ हजार रूपैयाँ भाडा वर्तन किरात आल्लेखा पान्जुम्भो गजुरमुखी, इलामले सौजन्य चढाएको थियो । यस पान्जुम्भोले मुहिङगुम अङसीमाङको स्वर्ण जन्मोत्सवको अवसरमा यस पान्जुम्भोका कलाकारहरू बाद्यवादक दिलकुमार लाओती, गायिका रश्मी एवाई र नृत्यकार कृष्ण योङहाङलाई वरिष्ठ कलाकारको उपाधिसहित चाँदीको मेडल र प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । शुरूका दिनमा स्याउले कटेरोमा अभ्यास गर्दै आएको केन्द्रीय कलाकार र समितिका कार्यकर्ताले किरात धर्मावलम्बी, पान्जुम्भोका कार्य समिति र कलाकारहरूको जनश्रमदानका साथै सहयोग संकलन गरी निर्माण गरिएको पान्जुम्भोको कार्यालय वि.सं. २०६० फागुन २१ गते उद्घाटन गरिएको थियो ।
यस समितिले कलाकारहरूको व्यवस्थापनका साथै ताप्लेजुङ्, इलाम, मोरङमा थुम पान्जुम्भो (जिल्ला समिति) गठन गरेको थियो । त्यसैगरी यस पान्जुम्भोले महागुरू फाल्गुनन्द लिङ्देनको १२० औं जन्मजयन्ती तथा संकल्पित सेवा समारोह, असीमाङ लिङ्देन आत्मानन्द सेइङको स्वर्ण जन्मोत्सव तथा किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनजस्ता ऐतिहासिक कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन उपसमितिको अहम भूमिका निर्वाह गर्दै वि.सं. २०६३ असोज २२ गते दोस्रो अधिवेशन सम्पन्न गरी टेकवीर योङहाङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो । उक्त समितिमा उपाध्यक्ष दीपक थापा मगर, सचिव डि.बी. लिङदम, सहसचिव नन्दकुमार कुरुम्बाङ, कोषाध्यक्ष इच्छाबहादुर चेम्जोङ तथा सदस्यहरू क्रमशः रोश्मी गुरूङ, रमेश नेम्बाङ, दिलकुमार सेर्मा, काकीराम लाओती, राजकुमार सेर्मा, तारादेवी योङहाङ, हरि आङदेम्बे, डिकहाङ पुलामी, प्रकाश साँबा, तुलक लिङ्देन र छत्र सावदेन रहेका थिए ।
यस समितिले प्रत्येक वर्षको बलिहाङ तङनामको अवसरमा देउसीभैलो कार्यक्रम गरी आर्थिक सहयोग व्यवस्थापन जुटाएर सँगसँगै संगठन विस्तारलाई अगाडि बढाउने क्रममा २०६४ बैसाक २२ गते ताप्लेजुङमा किरात साम्यो साक्थिम्गेन थुम पान्जुम्भो ताप्लेजुङ, वि.सं. २०६४ बैसाक २४ गते पान्थरको लब्रेकुटीमा साक्थिम्गेन थुम पान्जुम्भो पान्थर, वि.सं. २०६४ मदौ २२ गते इलामको जितपुरमा थुम पान्जुम्भो इलाम र वि.सं. २०६४ असोज ४ गते मोरङको पथरी बजारमा थुम पान्जुम्भो मोरङको दोस्रो अधिवेशन भयो । उक्त समितिले इलामको समालबुङ, श्रीअन्तु, लक्ष्मीपुर, सोयाङ, जमुना, माबु, सुलबुङ, बरबोटे, माइपोखरी, शान्तिडाँडा, साङरुम्बा, धुसेनी, एकतप्पा गाविसमा पाङभे पान्जुम्भो (गाउँ समिति) गठन गर्न सफल भयो । त्यसैगरी समितिको वि.सं. २०६३ पुस ८ गतेको बैठकले समितिले प्रयोग गर्दै आएको लोगोमा रहेको फक्ताङलुङ र ओत् चिन्ह परिवर्तन गरी दाया के (ढोल) र बाँया कोम (बिनायो) र बीचमा ओत् रहेको र त्यसको वरिपरि पान्जुम्भोको नाम देवनागरी र किरात लिपिमा राख्ने निर्णय ग¥यो ।
पान्जुम्भोको २०६३ चैत १० गते सात सदस्यीय कार्यकारिणी समिति गठन गयो । यसरी गठित समितिमा अध्यक्ष टेकवीर योङहाङ, उपाध्यक्ष काकीराम लाओती, सचिव डि.बी. लिङदम, सहसचिव नन्दकुमार कुरुम्बाङ, कोषाध्यक्ष इच्छाबहादुर चेम्जोङ तथा सदस्यहरू क्रमशः तारादेवी योङहाङ र राजकुमार सेर्मा रहेका थिए । तर, सांगठनिक कार्य अघि बढाउने सिलसिलामा सदस्य काकीराम लाओतीलाई उपाध्यक्ष, रामभक्त ताम्लिङ र मुन्ना साम्पाङ, नरेन्द्र काम्बाङ भीमा आङबुहाङ, रामवहादुर थुलुङलाई सदस्य मनोनित गरिएको थियो । पान्जुम्भोले वि.सं. २०६६ असोज १ गते सुमन लाओती, माघ २९ गते टेकहाङ सोङमी र ज्ञानु केदेमलाई सदस्यमा मनोनित गरेको थियो । पान्जुम्भोले सदस्य तारादेवी योङहाङलाई सहसचिवमा पदोन्नति गरेको थियो ।
यसरी अनेकौं अप्ठेरा परिस्थितिहरू सामना गर्दै यस पान्जुम्भोले नेदरल्याण्ड निवासी अब्राहम कोलको टोलीलाई ऐतिहासिक किरात भेषभूषा, जातीय झाँकी, नाँच प्रदर्शन गर्ने क्रममा पान्जुम्भोको संयोजनममा याःलाङ (धाननाँच), केलाङ (ढोलनाँच), हाक्पारे, ख्याली, पालाम, हुर्रा, डम्फू, साकेला, रोधीं, सुनुवार नाँच, यारिमछाम, बिनायो, मुर्चुङ्गा आदि प्रस्तुत गराएको थियो । त्यसैगरी माङसेबुङ र विभिन्न स्थान भएको किरात धार्मिक कार्यक्रममा सांस्कृतिक विभागको जिम्मेवारी पान्जुम्भोले निर्वाह गर्दै आइरहेको छ । यहीँ क्रममा काठमाडौंमा सम्पन्न किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा तत्कालीन सचिव डि.वी. लिङदमको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन भई यस पान्जुम्भोले सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो । कार्यक्रममा पान्जुम्भो केन्द्रीय कलाकारबाट नृत्य, गायन, राष्ट्रिय कलाकारहरूको प्रस्तुति साथै जातीय झाँकी प्रदर्शन ग¥यो । उक्त समयमा केलाङ (ढोलनाच), यालाङ (धाननाच), याख्खा, सुनुवार, लाप्चा, सन्थाल, गुरूङ, तामाङ, नेवार, मगर आदि जातिको जातीय झाँकी प्रदर्शन गराउन पान्जुम्भोले संयोजन गरेको थियो ।
यसरी नै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ’सेइङ’को ५८ औं जन्मोत्सवको अवसरमा सम्पन्न धार्मिक तथा सांस्कृतिक महोत्सवमा पनि सांस्कृतिक विभागको जिम्मेवारी वहन गरेको थियो । यस पान्जुम्भोले सांस्कृतिक आकाशमा धार्मिक जागरण हुँदै मौलिकताको आन्दोलनलाई पनि अघि बढाउने क्रममा किरात धर्ममा अतुलनीय योगदान पुयाउनु हुने व्यक्तिहरूलाई हरेक वर्ष पान्जुम्भोको स्थापना दिवसको अवसरमा अभिनन्दन गर्ने महत्वपूर्ण कार्यको थालनी गरेको छ । यहीँ क्रममा वि.सं. २०६४ मंसिर १८ गते पान्जुम्भोको २८औं स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष हर्कवीर योङहाङलाई अभिनन्दन तथा वरिष्ठ कलाकार दिलकुमार लाओती, रश्मी एवाई र कृष्ण योङहाङलाई सम्मान गरिएको थियो ।
त्यसरी नै २९ औं स्थापना दिवसमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिंह योङहाङ, ३० औं स्थापना दिवसमा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव चन्द्रकुमार सेर्मा, ३१ औं स्थापना दिवसको अवसरमा अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ’सेइङ’का पूर्व निजी सचिव तथा भूतपूर्व केन्द्रीय कलाकार निर्देशक नबिन लिङ्देनलाई अभिनन्दनपत्रले सम्मान गरेको थियो । यसरी हरेक वर्ष अभिनन्दन गर्ने क्रममा पान्जुम्भोको ३२ औं स्थापना दिवसमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिह थेगिमलाई अभिनन्दन र मुहिङगुम अङसीमाङको शब्द संगीतमा रेकर्ड गरिएको किरात स्पन्दन भाग–६ सिवाखाहुन प्रकाशनमा सहयोग गर्नुहुने मण्डल थेबे र डम्बर खजुमलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
किरात संस्कृतिलाई विश्वको मानचित्रमा उभ्याउने महान् यात्रामा संघर्षरत पान्जुम्भोले कलाकार उत्पादन गर्ने कार्य स्थापनाकालदेखि वर्तमानसम्म निरन्तर गरिरहेको छ । कलाकारलाई व्यवस्थित र मर्यादित ढंगले परिचालन गर्न यस समितिको कार्यकालमा कलाकार निर्देशकको रूपमा इन्द्र योङहाङलाई जिम्मेवारी दिइएको थियो । यस अवधिमा कलाकारहरूमा नरेश लिङ्देन, लेखनाथ चेम्जोङ, नेहा लिङदम, शर्मिला ताप्मादेन, सुनिता थेगिम, अनिता लाओती, एकदेव थेगिम, राजु लाओती, कविन्द्र लाओती, सेन्छेहाङमा एवाई, जुनु कन्दङवा, माङगेन्ना आङबुहाङ, प्रतिमा येङदेन, निशान साँबा, सञ्जय साँबा, मण्डेला लुङफुङवा, तारा माबोहाङ, अनिता योङहाङ, खिनु आङबुहाङ, शान्तिला योङहाङ, प्रमिता लाओती, जितेन चेम्जोङ, आकाश सङबाङफे, पर्शु मगर, सन्देश राई, सुवास गुरुङ, आइत येक्तेन, वर्षा लाबुङ, सन्दिप केरूङ, विजय राई, हेमन्त योङहाङ, राजु सेर्मा, पूर्ण तुम्सा, विशाल सोदेम्बा, हिमा तुम्सा, कल्पना तुम्सा, पेमा तुम्सा र प्रविन लाओती लगायतले यस पान्जुम्भोमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
यस पान्जुम्भोले किरात धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण कार्यहरू गर्दै किरात धर्मगुरुले रचना गर्नुभएका गीत संगीत र अन्य जातिका मातृभाषाका किरात धार्मिक जागरणका गीतहरूको संग्रह प्रकाशन गर्दै आएको छ । पान्जुम्भोले उत्पादन गरेका संग्रहमा किरात स्पन्दन भाग –१ (२०५६), किरात साम्मुक इत्लोहिम माङसेबुङमा रेकर्ड गरिएको हो । किरात स्पन्दन भाग–२ (२०५७), किरात स्पन्दन भाग–३ ’लुङधुङ’ (२०६१), किरात स्पन्दन भाग–४ (२०६४), किरात स्पन्दन भाग–५ स्पन्दनभित्रका स्पन्दनहरू’ (२०६५), मुहिङगुम अङसीमाङको शब्द तथा संगीत गीत र माङसिवाखाहुनको संग्रह किरात स्पन्दन भाग–६ ’सिवाखाहुन’ (२०६८) मा प्रकाशन गरिसकेको छ ।
साक्थिम्गेन पान्जुम्भोको तेस्रो कार्यकालका गतिविधि
यसरी किरात सांस्कृतिक क्षेत्रमा निरन्तर कार्य अघि बढाइरहेको पान्जुम्भोले वि.सं. २०६८ पुस १८ र २९ गते माङसेबुङमा तेस्रो अधिवेशन गरी कलाकार निर्देशक इन्द्र योङहाङलाई सम्मानपत्रले सम्मान र पान्जुम्भोका भूतपूर्व र वर्तमान सबै केन्द्रीय तथा सहयोगी कलाकारहरूलाई धन्यवाद पत्र प्रदान गरेको थियो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङको अतिथ्यतामा सम्पन्न प्रमुख पान्जुम्भोको तेस्रो केन्द्रीय सम्मेलन ले डि.बी. लिङदमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको थियो । यसरी गठित समितिमा उपाध्यक्ष इन्द्र योङहाङ, सचिव ज्ञानु केदेम, सहसचिव सुमन लाओती, कोषाध्यक्ष भीमा आङबुहाङ र सदस्यहरू क्रमशः सूर्यप्रकाश चेम्जोङ, कोपिला राई, चन्द्रा आङबुहाङ, लक्ष्मी राई, टीका पङयाङगु र पवित्रा राई रहेका छन् ।
वि.सं. २०६८ माघ ४ गते समितिको अवधारणा पत्रको आधारमा पान्जुम्भोको पाँच बुँदे दीर्घकालीन र ११ बुँदे वार्षिक कार्ययोजना पारित गरिएको थियो । अध्यक्ष डि.बी. लिङदमको संयोजनमा उपाध्यक्ष इन्द्र योङहाङ र सचिव ज्ञानु केदेम रहेको तीन सदस्यीय समितिले पान्जुम्भोको निर्देशिकाको मस्यौदा तयारी गरिएको थियो । माङगेन्ना सेवा समितिका सम्पूर्ण मातहत समितिको कार्य एकता गरी संयुक्त कोष निर्माण गर्ने उद्देश्यले यस पान्जुम्भोको संयोजनमा वि.सं. २०६९ को क्यालेण्डर प्रकाशन गरिएको थियो । त्यसैगरी पान्जुम्भोले गोजी डायरी पनि प्रकाशन गरेको थियो । पान्जुम्भोको इतिहासमा पहिलो पटक पूर्ण बैठक ८२ औं समाज सुधार दिवसको अवसरमा पान्थरको लब्रेमा आयोजना गरिएको थियो । यसका साथै पान्जुम्भोको रिक्त सदस्य पदमा विभिन्न समयमा सिक्किम निवासी निवर्तमान सदस्य रामभक्त ताम्लिङ, दार्जिलिङका अशेष काम्बाङ र माङसेबुङका विनिता नेम्बाङ, महमाई–१, इलामका खड्ग योङहाङलाई मनोनयन गरिएको थियो ।
लब्रेकुटीस्थित किरात साङसेन वरक चोत्लुङ माङहिमको ऐतिहासिक भूमिमा सम्पन्न पान्जुम्भोको पहिलो पूर्ण बैठकले पान्जुम्भोको स्मारिका प्रकाशन प्रकाशन गर्ने र किरात सांस्कृतिक सम्मेलनका लागि विद्वत वर्गसँग छलफल, परामर्श गर्दै माङसेबुङमा हरेक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णयहरू पारित गरेको थियो । यसरी अघि बढ्ने क्रममा जेठ २० गते बैठक बसी यस पान्जुम्भोको संयोजकत्वमा ’हरियाली माङसेबुङको शुरू, प्रत्येक जन एउटा रूख’ भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न नालीफूङवा पान्जुम्भोसँग सहकार्य गरी माङसेवुङको १६ वटै टोल आसपासका विद्यालयहरूमा वातावरण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी सबै भक्तजनलाई सहभागी गराउन वृक्षारोपण कार्यक्रमलाई दीर्घकालसम्म व्यवस्थापन र सञ्चालनमा सहज पार्न पान्जुम्भोका सचिव ज्ञानु केदेमको संयोजकत्वमा २६ सदस्यीय ’माङसेबुङ वृक्षारोपण व्यवस्थापन समूह’ गठन भयो । उक्त समूहका सदस्य–सचिव गुल्सन आङबुहाङ, अर्थ संयोजक चन्द्रा आङबुहाङ रहनु भएको थियो । समितिको बैठकले निवर्तमान सदस्य छत्र सावदेनलाई उपाध्यक्ष, रिक्त सहकोषाध्यक्ष पदमा सदस्य चन्द्रा आङबुहाङलाई बढुवा र मंगलसिं लाओतीलाई सदस्य पदमा मनोनित गरेको थियो ।
पान्जुम्भोको स्मारिका प्रकाशनका लागि जिम्मेवारी बाँडफाड गर्ने क्रममा सम्पादन, प्रकाशन संयोजक डि.बी. लिङदम, पत्रचार संयोजक सुमन लाजोती, अर्थ संयोजक ज्ञानु केदेम, विज्ञापन संयोजक विनिता नेम्बाङ र कार्यकारी सम्पादकद्वय धनबहादुर फागो, आङबुहाङ अबोध अविरल र अतिथि सम्पादकमा नविन लिङ्देनलाई मनोनयन गरियो । साथै, पान्जुम्भोको ३३ औं स्थापना दिवसको अवसरमा किरात धर्म तथा साहित्य उत्थान संघको भूतपूर्व अध्यक्ष तथा गुरुप्रवक्ता डिल्लीराम चाम्लिङलाई ताम्रपत्रले अभिनन्दन गरिएको थियो । साथै, परीक्षा उत्तीर्ण गरेका शान्तिला योङहाङ र सन्दिप केरूङ, कक्षा १२ उत्तीर्ण सुवास गुरूङ र सन्देश साम्पाङलाई शुभकामनापत्र प्रदान र अनुशासित कलाकार सेन्छेहाङमा एवाईलाई कदरपत्र प्रदान गरिएको थियो ।
यसरी नै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ५९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ सांबा पवित्रहाङमा लिङ्देनको नोमाङगेन्ना एवं माङसेबुङ धार्मिक सांस्कृतिक पर्यटन महोत्सव– २ को अवसरमा सांस्कृतिक विभागको संयोजन पान्जुम्भोले गरेको थियो । यसरी अघि बढेको पान्जुम्भोको कलाकारहरूमा सुरुवातमा सेमी नेम्बाङ, दीपा नेम्बाङ, हाङमा आङदेम्बे, एञ्जिला लुङफुङवा, रूपा खजुम, सञ्चिता चेम्जोङ, सेर्मा, दिलहाङ सङबाङफे, अनिश साँवा, तृष्णा नेम्बाङ, बुद्ध तुम्वाहाङफे रहेका थिए ।
वि.स. २०६८ साल पौष १८ गते सम्पन्न तेसो सम्मेलन पछि २०७१ साल चैत्र १८ गतेसम्म (पूरा ३ वर्ष ३ महिना कार्यभार सम्हालेका किरात साम्यो साक्थिम्जेन मुजोत्लुङ पान्जुम्भोले सम्पन्न गरेका कार्यहरू किरात धर्म सम्बद्ध धार्मिक संस्थाका मातहत समितिहरूमै पहिलो मुखपत्रको रूपमा प्रकाशित यस पान्जुम्भोको मुखपत्र साविथम त्रैमासिक पत्रिका वि.स. २०६८ साल फाल्गुनदेखि ७१ साल मंसिरसम्म ३ वर्ष निरन्तर प्रकाशन गरी पितृ संस्था किरात चोत्लुङ मुहिङगुम अडसीमाङगेन्ना सेवा समितिले मातहत समितिले मुखपत्रहरुलाई स्थगन गर्ने निर्देशन दिए बमोजिम साक्थिम त्रैमासिक पत्रिकालाई स्थगन गरिएको थियो ।
७१ साल असोज २५ गते ३५ औं स्थापना दिवसको अवसरमा किरात धर्म तथा साहित्य उत्थान संघका वरिष्ठ उपाध्यक्ष देवदास राईलाई अभिनन्दन गर्नका साथै पान्जुम्भोको इतिहासमा ऐतिहासिक दस्तावेजको रूपमा स्थापना यता हालसम्मको गतिविधिहरुलाई समेटेर प्रकाशन गरिएको साक्थिम्गेनको स्मारिका ६९ साल फाल्गुण ३ गते मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा माङसेबुङमा विमोचन गरी बजारमा विक्रि वितरण गरियो ।
यस पान्जुम्भोको इतिहासमा पहिलो पटक म्युजिक भिडियोको रूपमा मुहिङगुम अडसीमाङ लिङदेन आत्मानन्द सेईडज्यूको एकल शब्दमा रहेका गीतहरू किराती चुम्से, ओत तागेरा, ओतिरो, इक्सादिङ खाम्बेक र तान्छोदिङ तारलाई संकलन गरी प्रकाशन गरिएको किरात स्पन्दन म्युजिक भिडियोलाई ७० साल माघ ५ गते माङसेवुङमा शुभमुर्हत गरी ७१ साल मंसिर १८ गते माङसेवुडमा विमोचन गरी वजारमा ल्याइएको थियो । भिडियोमा गीतको सबटाईटल अनुवाद नेपालीमा सेर्मा साम्जिरी सेमी र अंग्रेजीमा जितेन पन्धाकले गरेका थिए । भने त्यो सँगै प्रकाशन गर्ने भनिएको किरात स्पन्दन म्युजिक भिडियो दृष्टीकोण, अनुभव र संस्मरण नामक पुस्तकको सामग्री संकलन, सम्पादन सकेको भएपनि प्राविधिक कारण प्रकाशन हुन सकेन । २०७० फाल्गुण ४ गते मिडियो निमार्ण गर्ने शिलसिलामा कलाकार, लगानीकर्ता र कार्यकर्ताहरूको अनुभवलाई समेटी किरात स्पन्दन म्युजिक मिडियो दृष्टिकोण, अनुभव र संस्मरण नामक पुस्तक प्रकाशन गर्न प्रकाशन तथा व्यवस्थापन संयोजक डिग्री लिङदम, सम्पादकद्वय ज्ञानु केदेम र सुमन लाओती सम्पादन सहयोगी कोपिला राई, छत्र सावदेन, इन्द्र योङहाङ, रामभक्त ताम्लिङ, मंगलसिं लाओती र अशेष काम्वाङ अर्थमा भीमा आङबुहाङ र चन्द्रा आडवुहाङ रहेको प्रकाशन उपसमिति गठन गरिएको थियो ।
वि.स २०७० मंसिर १५ गते पान्जुम्भोको बैठक आयोजना गरी समारोहबाट प्रदान हुने हीरक मेडलका लागि उपाध्यक्ष इन्द्र योङहाङ र कलाकार सेन्छेहाङमा एवाईलाई सिफारीस गर्दै पितृ संस्था माइगेन्ना सेवा समितिको निर्देशन अनुसार पान्जुम्भोको ३४ औं स्थापना दिवश नमनाउने निर्णय गरिएको थियो । वि.स. २०७० मंसिर १९ गतको तेस्रो पूर्ण बैठकमा पान्जुम्भोको निर्देशिका अनुमोदन गरी माङगेन्ना समितिमा पेश गरियो । यसरी नै पान्जुम्भोलाई सक्रियताका साथ सञ्चालन गर्न निम्नानुसार कार्य विभाजन गरियो । अनुशासन तथा योजना विभाग अध्यक्ष डिवी लिडदम, कलाकार निर्देशक उपाध्यक्ष इन्द्र योङहाङ, संगठन विभाग सहसचिव सुमन लाओती, प्रशिक्षण तथा समन्वयन विभाग सचिव ज्ञानु केदेम, प्रकाशन तथा उत्पादन विभाग सदस्य सूर्यप्रकाश चेम्जोङ, आर्थिक विभाग कोषाध्यक्ष भीमा आङवुहाङ रहेका थिए ।
त्यसैगरी किरात रूपन्दन म्युजिक भिडियोको छायाङ्कनलाई सहज र छिटो बनाउनका लागि निम्न अनुसार जिम्मेवारी पनि बाँडफाड गरियो ः व्यवस्थापक डिवी लिङदम, यातायात तथा सञ्चार सुमन लाओती, कला इन्द्र योङहाङ, आर्थिक भीमा आङवुहाङ, पोशाक कलाकार जे पी नेम्बाङ, नृत्य निर्देशन विर्ख तुम्बाहाङफे, निर्देशक÷उपकरण सूर्यप्रकाश चेम्जोङ, भान्सा मंगलसिं लाओती, प्राथमिक उपचार चन्द्र आङबुहाङ, जन परिचालन ज्ञान केदेम साथै कलाकार छनौटमा व्यवस्थापक र निर्देशकहरु रहने गरी जिम्मेवारी वाँडफाँड गरियो ।
वि.स. २०७० पौष ५ गतेको बैठकले रिक्त सदस्य पदमा मेहेरमान लिङदेन र आशिष साँवालाई मनोनित गर्नको साथै कलाकारहरू सुवास गुरूड, आकाश सम्बाहाङफे, सन्देश साम्पाड, मण्डेला लुङफुडवा, खिनु आङवुहाङ, सेन्छेहाङमा एवाई, हाडमा आडदेम्वे, एन्जिला लुडफडवा, रूपा खजुम, सेमी नेम्वाङ, दीपा नेम्बाङ, दिलहाङ सम्वाहाङफे, अनिल चेम्जोङ, रमेश सिंगुलाई केन्द्रीय कलाकारमा मनोनित गरियो ।
वि.स २०७१ श्रावण २० गते पितृ संस्था माङगेन्ना समितिले निर्णय गरेर दिएको मिति वि.स २०३७ साल असोज २५ गतेलाई पान्जुम्भोको स्थापना दिवश मनाउने, पान्जुम्मामा रहेका पुरानो वाद्यवादन, साउण्ड सिस्टम लगायतका सामग्रीहरूको छानवीन प्रतिवेदन तयारी उप समिति सह–सचिव सुमन लाओतीको संयोजनमा उपाध्यक्ष इन्द्र योङहाड, वरिष्ठ कलाकारद्वय दिलकुमार लाओती र रश्मी एवाई रहेको उप समिति गठन गरेको थियो ।
वि.स. २०७० साल मंसिर १९ गतेको तेस्रो पूर्ण बैठकले किरात धर्मसम्बद्ध मातहत संस्थाहरूको पहिलो निर्देशिका यस पान्जुम्भोले अनुमोदन गरी ५ वर्षे कार्यकाललाई ३ वर्षे बनाउनका साथै सह–सचिव सुमन लाओतीलाई संगठनको जिम्मेवारी दिएपछि सुमन लाओतीको उपस्थितिमा पान्थरको तुम्वेवा भारपा र चोकमागु आसपास गरी तीन क्षेत्रलाई समेटिएर ३ तेडगप र यसलाई समन्वयन गर्न अध्यक्ष डिवी लिङदमको उपस्थितिमा जिल्ला समन्वयन समिति पान्थर गठन भएको थियो ।
यसले पाङभे गठन प्रक्रिया अघि बढाउने क्रममा आङना, कुरूम्बा, दुर्दिम्बा, हाडगुम, वलने, पञ्चमी लगायतका गा.वि.सहरूमा संगठन गरिएको थियो । यसरी नै पान्जुम्भोका उपाध्यक्ष इन्द्र योङहाङको उपस्थितिमा इलामको साङगुम्बा, शान्तिडाँडा र आमचोकमा पनि पाइने गठन भएको थियो । त्यसैगरी ताप्लेजुङको सादेवा, सुरूखिम, पेदाङ संगठन विभाग प्रमुख सुमन लाओती र लेलेपमा सचिव ज्ञानु केदेमको उपस्थितीमा साक्थिगेनं पाङभे पान्जुम्भो गठन भएको थियो भने पान्थरका कार्यकर्ताहरूलाई मुजोत्लुङ पान्जुम्भोले पान्थरको लब्रेकुटीमा ७१ साल कार्तिक १७ र १८ गते २ दिन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष डिवी लिङदम र सचिव ज्ञानु केदेमले प्रशिक्षण दिएको थियो ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङदेनज्यूहरूको निर्देशनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति तथा किरात धर्म तथा साहित्य उत्थान संघको संयोजनमा सञ्चालित किरात धर्म गाउँ जागरण अभियानमा यस पान्जुम्भोले पनि सक्रियताका साथ सहभागी जनाएको थियो । यस जागरण अभियानमा सहभागी समिति तथा कलाकारहरू इलाम जिल्लामा उपाध्यक्ष इन्द्र योङहाङ, सचिव ज्ञान केदेम, कलाकारहरू नरेश लिङदेन, जे पी नेम्वाङ, सुनिता थेगिम र राज लावुङ गएका थिए भने ताप्लेजुङ र पान्थर जिल्लामा अध्यक्ष डिवी लिडदम, सह सचिव सुमन लाओती, कलाकारहरू जे. पी. नेम्वाङ, राज लावुड, इडसो थेगिम अनि झापा जिल्लामा अध्यक्ष डिवी लिङदम, कलाकारहरू इडसो थेगिम, राज लाबुड, जे पी नेम्बाङ, नरेश लिङदेन, सुनिता थेगिम र सेन्छेहाडमा एवाई सहभागी भएका थिए । यस पान्जुम्भोका सक्रिय सदस्य सिक्कम भारत निवासी रामभक्त ताम्लिङको स्वास्थ्य उपचार सहगोगार्थ पान्जुम्भोको सह–सचिव सुमन लाओतीको संयोजकत्वमा सहयोग समिति गठन गरेर समितिका प्रत्येक पदाधिकारी एवं सदस्यहरूले जनही एक हजार माथी संकलन गरी सहयोग गरियो ।
यसरी नै पान्जुम्भोको हितार्थ रचनात्मक कार्यको थालनी गर्ने हेतुले सहकोषाध्यक्ष चन्द्रा आङवुहाङको संयोजनमा सदस्यहरू कोपिला राई, मंगलास लाओती, आशिष साँवा, खडग योङहाङको टोलीले ७१ साल मंसिर र माघमा साक्थिम्गेन सहयोगार्थ होटल पनि सञ्चालन गरिएको थियो । भने ७१ साल मंसिर यता कलाकार रेखदेख व्यवस्थापन उपाध्यक्ष इन्द्र योङहाङ, भौतिक व्यवस्थापन सह–कोषाध्यक्ष चन्द्रा आङवुहाङ र कार्यक्रमहरूको स्टेज निमार्ण तयारी सदस्य मेहेरमान लिङदेन र उपाध्यक्ष छत्र सावदेनले जिम्मेवारी निर्वाह गरेको थियो । यसरी पान्जुम्भोले सास्कृतिक कार्यक्रमको जिम्मेवारी निर्वाह गर्नका लागि कलाकारहरू वाद्यवादक तथा संगीतकार याम सेर्मा, वाद्यवादक दिलकुमार लाओती, गायकहरू जे पी नेम्वाङ, नरेश लिङदेन, लेखनाथ चेम्जोङ, आकाश सम्बाहाङफे, सुवास गुरुङ सेन्छेहाडमा एवाई बाध्यवादक एपि मगर कोरियोग्राफर बिर्ख तुम्बाहाङफे र दिनेश माङमु, किरात स्वलगनशिल परिवार बेलडाँगी झापाका बाध्यवादकहरूको सहयोग रहेको थियो ।
त्यसैगरी किरात धार्मिक संस्थाहरूले सञ्चालनको गरेको माङसेवुड राहत संकलन तथा वितरण अभियानमा यस पाजुम्भोले पनि सहभागिता जनाउदै सचिव ज्ञान केदेमले अभियान समितिको सचिवको जिम्मेवारी निर्वाह गरेको थियो । यस पान्जुम्भोको आयोजनामा ७१ साल मंसिर २० र २१ गते किरात साम्जीक मुन्धुम निसामहिममा साङदाङगेन वरूमसावा, कानुन व्यवसायी एन.एस फागोद्वारा किरात धर्म, संगठन, साम्जिक मुन्धुम, कर्मकाण्ड, दर्शन र प्रयोगबारे दुई दिने किरात धार्मिक प्रशिक्षण सञ्चालन गरी सो प्रशिक्षणमा सम्पूर्ण प्रशिक्षार्थीहरुवाट निम्नानुसार ५ प्रतिवद्धता घोषणा गरिएको थियो ः. किरात साम्जीक मुन्धुम अनिवार्य अध्ययन् गर्ने, हरेकले कम्तिमा २ महिनामा १ जना नयाँ भक्तजन बनाउने, आहारविहार र आचार संहितामा शुद्धता ल्याउने, मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्द साथै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरूको विचार र निर्देशनप्रति समर्पित रहेर काम गर्ने र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगन्ना सेवा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ एवं गुरु निजी आश्रम कृषी समितिले लिएको उद्देश्यलाई शिरोधार्य गरी किरात धर्मको उत्थान र विकासमा निरन्तर लागिरहने ।
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो केन्द्रीय कलाकार समूह मुजोत्लुङ पान्जुम्भोका सचिव ज्ञानु केदेमको उपस्थितीमा कलाकार दिलहाङ सम्बाहाङफेको संयोजनमा १४ सदस्सीय समिति गठन भई समूहको सक्रियतामा गत माघ ८ गते पान्जुम्भोका अध्यक्ष डिवी लिडदमको हस्तवाहुली मार्फत पान्जुम्भोमा समूहले करिव ५ हजार बराबरको आवश्यक भाडावर्तन र करिब २ हजार पाच सय बरावरको पान्जुम्भोको होडिङ बोर्ड हस्तान्तरण गरेका थिए ।
वि.स. २०७१ साल फाल्गुण ४ गतेको बैठकले पान्जुम्भोको चौथो सम्मेलन ७१ साल चैत्र १८ र १९ गते माङसेबुङमा मुहिङगुम अडसीमाङ लिङ्देन आत्मानन्द सेइड तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनज्यूहरूको माड सवारमा सम्पन्न गर्ने उक्त अवसरमा पान्जुम्भोमा योगदान गर्ने कलाकारहरूलाई सम्मान, कदर र प्रसंशा पत्रद्वारा सम्माण गर्ने यसका लागि केलाङमा मदन इङनाम, माङसेवा डिबी लिङदम÷ज्ञानु केदेम, पञ्चकन्या÷फूलमाला भीमा आङवुहाङ, साउण्ड सिस्टिम तथा सांस्कृतिक कार्यक्रम इन्द्र योङहाङ, प्रचार प्रसार÷छपाई सुमन लाओती, खाने बस्ने भौतिक व्यवस्थापन छत्र सावदेन, आर्थिक चन्द्रा आङवुहाङ, स्टेज निमार्ण ज्ञानु केदेम, अतिथि निमन्त्रणा तथा अनुगमन डिबी लिडदम रहने गरी जिम्मेवारी समेत विभाजन गरिएको थियो । सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरु समक्ष चार आनी सुन र ५० तोला चाँदी जडित तामाको पिँधमा सांस्कृतिक अभिनन्दन पत्र चढाउने र ५ तोला चादीको मुचुङ्गा (कोम) मिक्तोक चढाउने काम गरिएको थियो ।
साक्थिम्गेन पान्जुम्भोको चौथौं कार्यकालका गतिविधि
वि.स. २०७१ साल चैत १८ र १९ गते सम्पन्न चौथौं सम्मेलनपछि अध्यक्ष डिबी लिङदमको नेतृत्वमा कार्यभार सम्हालेको समितिले पान्जुम्भोको जिम्मेवारीहरु सहज रुपमा सञ्चालन गर्न निम्न अनुसार कार्य विभाजन गरिएको थियो । अनुगमन तथा निर्देशन विभाग संयोजक डिबी लिङदम, आर्थिक विभाग संयोजक ः चन्द्रा आङबुहाङ, कार्यालय सञ्चालन विभाग संयोजक ः सुमन लाओती, संगठन था प्रशिक्षण विभाग संयोजक ः ज्ञानु केदेम, सदस्य सचिव आइन्द्र थेगिम, सांस्कृतिक विभाग संयोजक ः छत्र सावादेन, प्रकाशन तथा उत्पादन विभाग संयोजक सूर्यप्रकाश चेम्जोङ लगायत थिए । त्यसैगरी संस्थाको काम छिटो, छरितो र सहज ढंगले अघि बढाउन निर्देशिका बमोजिम विशेष कार्य समिति तपशिल बमोजिम गठन गरियो । अध्यक्ष डिबी लिङदम, उपाध्यक्ष छत्र सावादेन, उपाध्यक्ष ज्ञानु केदेम, सचिव सुमन लाओती, कोषाध्यक्ष चन्द्रा आङबुहाङ, सदस्यहरु मेहेरमान लिङ्देन र निश्चल तबेबुङ रहनु भएको छ ।
पान्जुम्भोको गतिविधिहरुलाई अगाडि बढाउने क्रममा कोषाध्यक्ष चन्द्रा आङबुहाङलाई उपाध्यक्ष पदमा बढुवा गरिएको थियो । भने, सदस्यहरु रामबहादुर थुलुङलाई कोषाध्यक्षमा, गोपाल फियाकलाई सह सचिवमा र मनप्रसाद चेम्जोङलाई सह कोषाध्यक्ष पदमा बढुवा गर्नका साथै सदस्यमा नरेश लिङदेन, लेखनाथ चेम्जोङ, सन्देश साम्पाङ, गगन लिङदमलाई मनोनित गरिएको थियो । पान्जुम्भोको पूरानो कार्यालय भवन सार्नु पर्ने भएकोले अस्थायी रुपमा निर्माणाधिन सामुदायिक भवनमा सार्न आवश्यक खर्च व्यवस्थापनको लागि पदाधिकारीहरुबाट जनही रु २ हजार र सदस्यहरुबाट जनही रु १ हजारका दरले दायित्व रकम संकलन गरियो । साथै भवन बनाउन आवश्यक बाँस व्यवस्थापन संयोजनमा पान्जुम्भोका पूर्व उपाध्यक्ष इन्द्र योङहाङ र आवश्यक व्यवस्थापन संयोजनमा रामबहादुर थुलुङलाई जिम्मेवारी दिइएको थियो ।
पान्जुम्भोका समितिहरु शेयर सदस्य रहने गरी आनी बचत समूह नामक सहकारी संस्थाको स्थापना समेत गरिएको छ । यसका लागि संस्थापक सदस्यहरुले जनही ५ हजार २ सय संकलन गरेर सुरु गरिएको थियो । त्यसैगरी मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको हीरक जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्नाको अवसरमा पान्जुम्भोको तर्फबाट अभिनन्दन पत्र चढाइएको थियो । किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने क्रममा पान्जुम्भोको ३६ औं स्थापना दिवसको अवसरमा भबेन्द्र थेबेलाई अभिनन्दन पत्रद्धारा सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
संगठन सुदृढीकरण तथा प्रशिक्षण
विगत ४ दशकको इतिहास वोकेको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्वतन्त्र रुपमा स्थापित संगठन नभई यो पान्जुम्भो किरात धार्मिक सर्वाेच्च संस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको मातहतमा रहने वा माङगेन्नाको नीति निर्देशनमा सञ्चालन हुने संगठनको रुपमा रहेको छ । जबसम्म माङगेन्ना समितिबाट नीति योजना यस पान्जुम्भोमा उपलब्ध हुँदैन तबसम्म यस पान्जुम्भोले केही कार्ययोजना बनाउन सक्दैन र पाउँदैन पनि ।
यसरी संगठन र प्रशिक्षण सञ्चालन गर्ने क्रममा ७२ साल वैशाख २० गते मातहत किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्बेवा पान्थरको दोस्रो क्षेत्रीय सम्मेलन तुम्बेवामा सम्पन्न गरियो । यसरी सम्पन्न सम्मेलनले रत्न रुम्दाली राईको अध्यक्षतामा नयाँ तेङगप समिति निर्वाचित गरेको थियो । यसमा क्रमश समितिहरु उपाध्यक्ष सुमिला योङहाङ र सुस्मिता सेर्मा, सचिव छत्र कुरुम्बाङ, सह सचिव पुनम लाओती, कोषाध्यक्ष प्रमिला कुरुम्बाङ, सदस्यहरु अनिसा लाओती, दिलिप माखिम लगायत थिए । त्यसपछि वि.स. २०७२ साल भदौ १२ गते अर्काे मातहत किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो भारपा पान्थरको क्षेत्रीय सम्मेलनबाट विक्रम यवाको नेतृत्वमा १६ सदस्यीय तेङगप समिति गठन गरिएको थियो । यसमा उपाध्यक्ष सूर्यमान लिङदेन, सचिव सुवास योङहाङ, सह सचिव सुम्निमा योङहाङ, कोषाध्यक्ष मुना नुगो र सदस्यहरुमा अनिल लिङदेन, निरोस सेलिङ, ज्ञापन लिङदेन, सावित्रा सेलिङ, मिलन योङहाङ, रामकुमार योङहाङ, सनम योङहाङ, रजिष्ट योङहाङ, मनोज योङहाङ, राजेश योङहाङ र विक्रम योङहाङ रहेका थिए । तेङगप पान्जुम्भो भारपाले ओयाम र थर्पु पञ्चमी पाङभे पान्जुम्भोहरुमा दोस्रो सम्मेलन गरे भने, तुम्बेवा तेङगप पान्जुम्भोले कुरुम्वा, दुर्दिम्बा, आरुवोटे लगायतका पाङभेहरुमा पाङभे पान्जुम्भोको दोस्रो सम्मेलेन सम्पन्न गरेका थिए ।
यसरी संगठन निर्माण गर्ने क्रममा विभागीय संयोजक ज्ञानु केदेम र सदस्य सचिव आइन्द्र थेगिमको उपस्थितमा इलाम संगठन विस्तार अभियान अन्तर्गत इलामको आमचोक, एकतप्पा, धुसेनी, जीतपूरमा पाङभे पान्जुम्भो गठन गरिएको थियो । त्यसैगरी वि.स. २०७३ साल बैशाख २० र २१ गते क्षेत्रीय रुपमा संगठन, कार्यालय सञ्चालन, कार्यक्रम सञ्चालन विधिको प्रशिक्षण तुम्बेवामा सफलतापूर्वक सम्पन्न गरिएको थियो । प्रशिक्षण कार्यक्रम किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्बेवा पान्थरको आयोजनामा कुरुम्बा, आरुबोटे लगायतका पाङभे पान्जुम्भोका समितिहरुको सहभागितामा मुजोत्लुङ पान्जुम्भोको संगठन प्रशिक्षण विभागमन संयोजक ज्ञानु केदेम र केन्द्रीय सदस्य रोमन सेर्माले सहजीकरण गर्नु भएको थियो ।
तेङगप पान्जुम्भोको अध्यक्ष सम्पर्क विहिन भएपछि संगठनमा उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न गत ७३ साल असोज २९ गते पान्थरको आरुबोटेमा तेङगप पान्जुम्भो तुम्बेवाको विशेष सम्मेलन आयोजना गरि तत्कालीन तेङगप सचिव छत्र कुरुम्बाङको अध्यक्षतामा नव कार्य समिति गठन गरिएको थियो । यसमा उपाध्यक्ष सुमिला योङहाङ र रामचन्द्र सम्बाहाङफे, सचिव कुसाङतेन फियाक, सह सचिव पुनम लाओती, कोषाध्यक्ष प्रमिला कुरुम्बाङ, सह कोषाध्यक्ष अनिसा लाओती, सदस्यहरुमा मौसमी फियाक, दिलिप माखिम लगायत चयन भएका थिए ।
यस पान्जुम्भोले मुजोत्लुङ, तेङगप, पाङभे पान्जुम्भोका सम्पूर्ण समितिहरु, केन्द्रीय कलाकार र सहयोगी कलाकारहरु सबैले किरात धर्म दर्शन, भाषा साहित्य, संस्कार सस्कृति, किरात धार्मिक आचारसंहिता र संगठन सञ्चालन विषयमा जानकारी लिन र सामान्य दक्षता हुन सक्नुपर्छ भन्ने सोच, विचार र नीति योजना अनुसार २०७१ साल मंसिर २० र २१ गते किरात धर्म, संगठन, साम्जीक मुन्धुम, कर्मकाण्ड दर्शन र प्रयोगबारे र ७२ साल मंसिर २० र २१ गते किरात धर्म दर्शन, कर्मसंस्कार र भाषा साहित्य विषयमा दुइदिन मुजोत्लुङ पाम्जुम्भोका सम्पूर्ण पदाधिकारी सदस्यहरु, कलाकारहरु, विभिन्न मातहत तेङगप र पाङभे पान्जुम्भोका समिति र कलाकारहरुलाई प्रशिक्षण दिइएको थियो । त्यसैगरी मुजोत्लुङ पान्जुम्भोमा कार्यरत कलाकारहरुलाई माङसेवुङमा आयोजना हुने हरेक वार्षिक कार्यक्रमका लागि तयार गर्ने क्रममा अध्यक्ष, सचिव, सांस्कृतिक विभाग र संगठन तथा प्रशिक्षण विभागले पनि कलाकारहरुलाई विभिन्न समयमा अनुशासन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
लुम्बिनी अवलोकन तथा धार्मिक सद्भाव तिर्थयात्रा
संस्थागत र सामुहिक तिर्थयात्रा गर्ने नीति योजना निमार्ण गर्दै सम्भवत किरात धार्मिक संगठनहरुको इतिहासमा पहिलो पटक यस पान्जुम्भोले लुम्बिनी अवलोकन तथा धार्मिक सद्भाव तिर्थयात्रा २०७३ को रुपमा गत बैशाख २ देखि ५ गतेसम्म किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, तेङगप पान्जुम्भोका समिति साथै केन्द्रीय कलाकारहरु र अन्य शुभेच्छुकहरुको साथमा गौतम बुद्ध जन्मस्थल नेपालको लुम्बिनी भ्रमण गरेको थियो । यो यात्रा भगवान बुद्धको जन्मस्थल दृश्यावलोकन, बौद्ध धर्मावलम्बीहरुको धार्मिकस्थल लुम्बिनीको अवलोकन तथा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्दै पहिलो चोटी लुम्बिनीमा किरात धार्मिक पोशाक तागाबा र मेख्ली प्रर्दशन गर्न पनि ऐतिहासिक रुपमा सफल बन्न पुग्यो । ४१ जनाको टोलीले लुम्बिनीको प्रत्येक गुम्बाहरुमा, चोक, सडक र वजारहरुमा तागाबा र मेख्ली पहिरेर परिक्रमा गरिएको थियो । यो यात्रामा ३१ जनाको केन्द्रीय समिति मध्ये १४ जना अनुपस्थित रहेका थिए भने १७ जना सहभागि रहेका थिए ।
तिर्थयात्रामा सहभागिहरु समितिहरु उपाध्यक्ष छत्र सावदेन, उपाध्यक्ष ज्ञानु केदेम, सचिव सुमन लाओती, कोषाध्यक्ष रामबहादुर थुलुङ, सह–कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, कार्यकारी सचिव गजेन्द्र नेम्बाङ, सदस्यहरु मेहेरमान लिङ्देन, बविता लाओती, लोक्फाहाङ्मा फियाक, रोमन सेर्मा, चन्दा कुरुम्बाङ, आइन्द्र थेगिम, दिपेश फागो, सेन्छे आङ्बुहाङ, निश्चल तबेबुङ, सन्देश साङपाङ, दीपक तिगेला सहभागि थिए । भने, कलाकार र शुभेच्छुकहरु सेन्छेहाङमा एवाई, दिलहाङ सम्बाहाङफे, अनिल चेम्जोङ, स्नेहा लिङदेन, सुस्मा काम्बाङ, सन्चिता योङहाङ, हाङमा आङदेम्बे, पुष्पा माबोहाङ, फेम्बू बुधमति केदेम, तबेबुङ मनकुमारी केदेम, सुस्मा केदेम, राई कोपिला लाओती, दुर्गाहाङ लाओती, सञ्जय थेगिम, कुन्दन थुलुङ, प्रमिला कुरुम्बाङ, सन्जु सेर्मा, आङदेम्बे कौशिला आङबुहाङ, शंकर केरुङ, मकरजंग माबोहाङ, माबोहाङ सन्जमति फेम्बू, इन्दीरा ताप्मादेन, क्रान्ति थुलुङ र रमेश सिगु रहनुभएको थियो ।
किरात धार्मिक तथ्याङक संकलन अभियान
वर्षातको भेलबाढीलाई वेवास्ता गर्दै वि.स २०७२ सालमा यस पान्जुम्भोले प्रारम्भ गरेको किरात धार्मिक तथ्याङक संकलन अभियानलाई सुरुवातमै पितृसंस्था माङगेन्ना समितिबाट कार्यक्रम अनुमोदन गर्न थेरै चूनौतीहरु आइपरेको थियो । तर पनि थेरै प्रयासपछि अनुमोदन भएपनि संकलन कार्यमा कार्यकर्ता जुट्न र जन परिचालित हुन अझ थप समस्या र चूनौतीहरु सामना गर्नुपरेको सबैमा सर्वविदितै छ ।
तथापी यदिका अभाव र समस्याहरुमा पनि सांगठनिक योजनाहरुलाई अक्षरस लागू गर्न र गराउनका लागि प्रत्येक किरात धर्मावलम्बीहरुको घर दैलोसम्म पुगेर वि.स २०७२ भदौ देखि मंसिर दोस्रो हप्तासम्म ३ महिना लगातार लागेर तत्कालीन इलामको माङसेवुङ, महमाई गा.वि.स साथै पान्थर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण किरात धर्मावलम्बीहरुको घर दैलोसम्म पुगेर किरात धार्मिक तथ्याङक संकलन कार्य गरिएको थियो । यसरी संकलन गरिएको तथ्याङक विवरण कार्यालयमा राखिएको छ ।
यसरी संकलन कार्यलाई तिव्रता दिने क्रममा मोरङ, धनकुटा, इलाम, झापा, तेह्रथुम, सुनसरी, संखुवासभा, राजधानीको काठमाण्डौ, भक्तपुर, ललितपूर, भारतको पश्चिम बंगाल, आसाम, बेलायत, भूटानसम्म तथ्याङक संकलन अभियान अन्तर्गत कागजात पु¥याएको थियो भने, भारतको पश्चिम बंगालबाट संकलन गरिएको विवरण पान्जुम्भोका कार्यालयमा सुरक्षित छ । केही समितिहरुको गैरजिम्मेवारीपन र अन्य संघसंस्थाहरुको असहयोगपन साथै असह वातावरणले तत्काल दुःखदका साथ कार्यक्रमको लक्ष्य, उद्देश्य र योजनाहरुलाई गत ७३ साल भदौ २५ गते दमकमा सम्पन्न पान्जुम्भोको विशेष समितिको बैठकले खुम्चाउनु परेको थियो ।
यस ऐतिहासिक कार्यको रुपमा रहेको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोद्धारा सञ्चालित किरात धार्मिक तथ्याङक संकलन अभियान २०७२ को संयोजक पान्जुम्भोका अध्यक्ष डिबी लिङदम रहनु भएको थियो भने, अभियानको सह संयोजक तथा जनपरिचालन विभाग संयोजक उपाध्यक्ष ज्ञानु केदेम, जन सम्पर्क संयोजक सुमन लाओती, प्राथमिक उपचार तथा आर्थिक संयोजक चन्द्रा आङबुहाङ, स्टेशनरी सामग्री खरिद संयोजन निश्चल तबेबुङ र मंगलसिं लाओती रहनु भएको थियो । पान्जुम्भोका पदाधिकारी, सदस्यहरु, केन्द्रीय कलाकार र तेङगप, पाङभे पान्जुम्भोका समितिहरु साथै अन्य सहयोगीहरुको निरन्तर साथ सहयोगले अभियान सञ्चालन गरिएको थियो ।
यस कार्यकालमा कलाकारहरु गजलाल थेबे, मनहाङ थेबे, सुजन नुगो, विकास सेलिङ, रविन सेलिङ, शिव थेगिम, स्नेहा लिङ्देन, सृजना अन्छङबा, नाम्दारी माबोहाङ, सञ्जिता योङहाङ, सुस्मा काम्बाङ, सुमित्रा इजम, पुष्पा माबोहाङ, निङवा लाओती, सुरज चेम्जोङ, यमुना फावेन, मनोज नेम्बाङ, दिपेश नेम्बाङ, प्रमेश थेगिम, मनु सावादेन, अनिता लक्सम, अप्सरा लक्सम, रोजिन काम्बाङ, अमृता थेगिम, रोजिना थेगिम, पुष्पा थेगिम, गोमा योङहाङ, सुप्रिया योङहाङ, सुमन खजुम, मिक्साहाङ मोरोहाङ, पेवेहाङ माबोहाङ, जजविक्रम माबोहाङ, सन्तोष मगर, अनिता लाओती, धिरेन सिगू, सागर लिङदेन, सुमिला लाओती, मनिषा सम्बाहाङफे, मुना सम्बाहाङफे, लक्ष्मी लाओती, अनिसा लाओती लगायत थुप्रै जना रहेका थिए ।
साक्थिम्गेन पान्जुम्भोको पाँचौं कार्यकालका गतिविधि
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको मिति २०७४ साल चैतमा सम्पन्न पाँचौं केन्द्रीय सम्मेलनले रामबहादुर थुलुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो । पाँचौ सम्मेलनबाट निर्वाचित समितिहरु तपशिल बमोजिम छन् । अध्यक्ष ः रामबहादुर थुलुङ, उपाध्यक्ष ः ज्ञानु केदेम, सचिव ः आइन्द्र थेगिम, कोषाध्यक्ष ः मनप्रसाद चेम्जोङ सदस्यहरु सेन्छे आङबुहाङ, चन्दा कुरुम्बाङ, सुमिला योङहाङ, प्रमिला कुरुम्बाङ, वविता लाओती, तारा केरुङ, लेखनाथ चेम्जोङ, सुवास गुरुङ, सुमन दिङ्माली, दिलहाङ सम्बाहाङफे, लोक्फाहाङमा फियाक, अर्जन योङहाङ लगायत रहेका थिए ।
वि. स. २०७५ साल बैशाख २९ गते पान्जुम्भोको बैठकले पान्जुम्भोको पदाधिकारी तथा सदस्य पदमा मनोनित गर्ने क्रममा नि.वर्तमान उपाध्यक्ष चन्द्रा आङबुहाङलाई उपाध्यक्ष पदमा पुन मनोनित गरियो । त्यसैगरी निवर्तमान सदस्य मेहेरमान लिङ्देन र पूर्व सदस्य कोपिला राई, अर्जुन सम्बाहाङफे, वीरपन थेगिम, कविता मगरलाई पान्जुम्भोको सदस्य पदमा मनोनित गरिएको थियो ।
संस्थाको कार्य योजनालाई सहज र छरितो सम्पादन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्नलाई पान्जुम्भोको पदाधिकारी तथा सदस्यहरुमा विभागीय जिम्मेवारी बाँडफाड निम्न अनुसार गरियो । अनुगमन तथा निर्देशन विभाग ः संयोजक रामबहादुर थुलुङ, आर्थिक विभाग संयोजक ः मनप्रसाद चेम्जोङ, सदस्यद्धय सेन्छे आङबुहाङ र कोपिला राई, कार्यालय सञ्चालन विभाग संयोजक ः चन्दा कुरुम्बाङ, सदस्यद्धय सुमिला योङहाङ र वविता लाओती, संगठन विभाग संयोजक ः आइन्द्र थेगिम, सदस्यद्धय वीरपन थेगिम, तारा केरुङ, प्रशिक्षण विभाग संयोजक ः ज्ञानु केदेम लिम्बू, सांस्कृतिक विभाग संयोजक ः लेखनाथ चेम्जोङ, सदस्यद्धय सुवास गुरुङ, सुमन दिङ्माली, आइन्द्र नेम्बाङ, दिलहाङ सम्बाहाङफे, सांस्कृतिक मञ्च विभाग संयोजक ः मेहेरमान लिङ्देन, सदस्य अर्जुन सम्बाहाङफे लगायत थिए ।
वि. स. २०७५ साल असोज २५ गते पान्जुम्भोको किरात धर्ममा साक्थिम्गेनको भूमिका विषयमा बृहत अन्तरक्रिया कार्यक्रम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा किरात धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा पान्जुम्भोको ३९ औं स्थापना दिवस मनाईयो ।
किरात धर्मावम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङसेबुङमा हरेक वर्ष आयोजना गरिन्दै आएको वार्षिक धार्मिक कार्यक्रमहरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको शुभजमोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह, सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा साथै, मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहहरुमा सांस्कृतिक, सांगीतिक प्रस्तुती साथै सांस्कृतिक मञ्च निर्माण विभागको संयोजनको जिम्मेवारी निरन्तर बहन गर्दै आइरहेको छ ।
यसका लागि पान्जुम्भोको सांस्कृतिक विभागको भूमिका महत्वपूर्ण रहेको छ । कार्यक्रममा नृत्य रियसलमा कलाकार व्यवस्थापनका लागि किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो माङसेबुङका अध्यक्ष तथा केन्द्रीय कलाकार लाबुनहाङ केरुङ, केन्द्रीय कलाकार खेसे थेगिम, छत्रमाया मावोहाङ, पुष्प सम्बाहाङफे, पुष्पा माबोहाङ, निङवा लाओती, किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्वेवाका उपाध्यक्ष दिलिप माखिम लगायतले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । भने, गायन र वाद्यवादन रियसलका लागि सांस्कृतिक विभागीय उप समिति साथै सदस्य आइन्द्र नेम्बाङले जिम्मेवारी बहन गरेका थिए ।
पान्जुम्भोको निर्देशिका बमोजिम बहुपदिय प्रणालीमा संगठनको संरचना निर्माण गरिएकोले संस्थाले आपत्तकालीन अवस्थामा निर्णय गर्नु पर्ने भएकोले निर्देशिका अनुसार तपशिल बमोजिम विशेष कार्य समिति गठन गरी गरिएको थियो । अध्यक्ष ः रामबहादुर थुलुङ, उपाध्यक्ष ः ज्ञानु केदेम, उपाध्यक्ष ः लेखनाथ चेम्जोङ, सचिव ः आइन्द्र थेगिम, कोषाध्यक्ष ः मनप्रसाद चेम्जोङ, सह–सचिव ः कोपिला राई, सह–कोषाध्यक्ष ः सेन्छे आङबुहाङ रहेका थिए ।
किरात धार्मिक जागरण सम्बन्धि गीत संगीतहरु उत्पादन तथा प्रकाशन गर्ने शिलसिलामा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ६४ औं शुभजन्मोत्सवको अवसरमा गुरुज्यूको हस्तबाहुलीबाट किरात स्पन्दन भाग ७ एल्बम विमोचन गरियो । उक्त किरात स्पन्दन भाग ७ मा ओत तागेरा, नाक्लुने (राई भाषा), वानीलाफा (मगर), हाक्पारे, कोक्माहिम, यो धर्तीमा प्रकृतिलाई पूजा गर्ने हामी किराती भन्ने गीतहरु समावेश गरिएको छ । यसमा गायक गायिकाहरु लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ, थोक्फेला लिङ्देन, वीरपन थेगिम, अनिला आङ्देम्बे, कौशिला खेवा, दिलिप माखिम, सेन्छेहाङमा एवाइ, राजन बेघा र सुवास गुरुङ लगायतले स्वर दिएका छन् । शब्द डिबी लिङ्दम सेसेमी, आन्छुमे नसान, छत्र सावदेन, याम सेर्मा, रश्मी एवाईको रहेका छन् भने, संगीत लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ लगायतका गरेका छन् । एल्बमको व्यस्थापनमा रामबहादुर थुलुङ, ज्ञानु केदेम, सुवास गुरुङ, लेखनाथ चेम्जोङ, आइन्द्र थेगिम, मनप्रसाद चेम्जोङ, कोपिला राई, विरपन थेगिम, दिलिप माखिम, आइन्द्र नेम्बाङ, सेन्छेहाङमा एवाईले भूमिका निर्वाह गरेका थिए ।
माङसेबुङ गाउँपालिकाको वडा नं. ५ को वडा सिलिङ अन्तर्गत भाषा संस्कृति संरक्षण कार्यक्रमलाई यस पान्जुम्भो र लिम्बू विद्यार्थी मञ्च केन्द्रीय समितिसँग सहकार्य गर्दै, माङसेबुङमा प्रतियोगितात्मक स्थानीय मातृभाषामा कविता वाचन कार्यक्रम आयोजना गर्नका साथै किरात स्पन्दन भाग ७ मा समावेश गीतहरु किरात राई भाषाको गीत र किरात लिम्बू भाषाको हाक्पारे गीत रेकर्ड गरिएको थियो ।
पान्जुम्भोको रिक्त रहेका पदहरुमा पद पुर्ति गरेका थिए । यसरी बढुवा गर्ने क्रममा केन्द्रीय सदस्य लेखनाथ चेम्जोङलाई उपाध्यक्ष पदमा, सदस्य कोपिला राईलाई सह सचिव पदमा, सदस्य सुवास गुरुङलाई सह–सचिवमा र सदस्य सेन्छे आङबुहाङलाई सह कोषाध्यक्ष पदमा बढुवा गरिएको थियो । पान्जुम्भोको थप सदस्य मनोनित गर्ने क्रममा सदस्य पदमा माङसेबुङ निवासी मिसन सेलिङ, अनिस लाओती साथै केन्द्रीय कलाकारद्धय रमेश सिगु र सेन्छेहाङमा एवाईलाई पान्जुम्भोको केन्द्रीय सदस्य पदमा मनोनित गरिएको थियो ।
वि.स. २०७७ असोज २५ गते पान्जुम्भोको ४१ औं स्थापना दिवस माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यि र किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुधबहादुर लाओतीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । महामारी कोरोनाको त्राससँगै स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै, विभिन्न धार्मिक, सांस्कृतिक अनुयायी व्यक्तिहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
वि. स. २००७७ साल असोज २४ गते शनिबारको बैठकले पान्जुम्भोको संस्थागत युट्युव च्यानल सञ्चालन गर्ने निणर्य गरिएको थियो । यसलाई सञ्चालन गर्ने जिम्मेवारी केन्द्रीय सह सचिव सुवास गुरुङ र पान्जुम्भोका सदस्य अनिस लाओतीलाई जिम्मेवारी दिइएको थियो । पान्जुम्भोबाट उत्पादन गरिएको गीत किरात स्पन्दन भाग–७ मा रहेको गीतलाई लिप्सीङ भिडियो गर्ने क्रममा डिबी लिङ्दम सेसेमीको शब्द, लेखनाथ चेम्जोङको संगीतमा रहेको यो धर्तीमा प्रकृतिलाई पूजा गर्ने हामी किराती भन्ने गीतलाई अनिस लाओतीले छायाङ्कन गरेका थिए । पान्जुम्भोका समिति तथा कलाकारहरु लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ कोशिला खेवा, अनिला आङ्देम्बे, आइन्द्र थेगिम, वीरपन थेगिम, दिलिप माखिम, राजन बेघा, सुवास गुरुङ र निश्चल तबेबुङले स्वराङ्कन (लिप्सीङ) दिएका थिए ।
वि. स. २०७७ मंसिर १९ गते बैठकको निर्णय अनुसार नृत्य, गायन विधामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो । यसका लागि प्रशिक्षण नृत्यका लागि नृत्यकार दिलमाया पन्धाक लिम्बू र गायनका लागि गायक तथा संगीतकार आइन्द्र नेम्बाङले दिएका थिए । नृत्यमा डेढ महिना बेसिक कक्षा सञ्चालन गरियो । सहभागि विद्यार्थीहरु करिब ६० जना थिए । भने गायनमा २ दर्जन बढी सहभागिले प्रशिक्षण लिएका थिए । वि. स. २०७६ माघ २८ गते झापाको दमकमा अवस्थित फाल्गुनन्द वचत तथा ऋण सहकारी लिमिटेडको यस संस्थाले पनि एक हजार बराबरको शेयर खरिद गरेको थियो ।
यस पान्जुम्भोको संगठन विस्तार तथा कार्यकताहरुमा सांगठनिक प्रशिक्षण प्रशिक्षणहरु आयोजना गर्ने शिलसिलामा किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्बेवा पान्थरको आयोजना र किरात साम्यो साक्थिम्गेन पाङभे पान्जुम्भो कुरुम्बाको व्यवस्थापनमा मिक्लाजुङ ५, कुरुम्बा पान्थरमा सांगठनिक प्रशिक्षण सञ्चालन गरिएको थियो । सो प्रशिक्षण कार्यक्रममा पान्जुम्भोका उपाध्यक्ष तथा प्रशिक्षण विभाग संयोजक ज्ञानु केदेम र सचिव तथा संगठन विभाग संयोजक आइन्द्र थेगिमले सहजीकरण गरेका थिए । भने, पान्जुम्भोमा आबद्ध रहेका समिति तथा कलाकारहरुलाई हरेक कार्यक्रमहरुमा धार्मिक तथा सांगठनिक प्रशिक्षणहरु सञ्चालन गरेका थिए । त्यसैगरी किरात साम्यो साक्थिम्गेन पान्जुम्भो अक्षय कोष स्थापनाको लागि मुठिदान कार्यक्रम सुरु गरिएको थियो ।
वि. स २०७७ फागुन ५ र ६ गते दुई दिने प्रशिक्षण मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट किरात धार्मिक विशेष प्रशिक्षणमा पान्जुम्भोबाट अध्यक्ष रामबहादुर थुलुङ, उपाध्यक्ष ज्ञानु केदेम, सचिव आइन्द्र थेगिम, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, सदस्यहरु अनिल चेम्जोङ, अनिस लावती, तारा केरुङ, लाबुनहाङ केरुङ, सृजना राई, मनिता सम्बाहाङफे, दिलिप माखिम, सुस्मा लाओती, प्रेमा योङहाङ लगायत सहभागी भएका थिए । २०७७ माघ ६ गते बसेको पान्जुम्भोको बैठकले सदस्य अर्जुन योङहाङलाई पटक पटक परिपत्र गर्दा समेत पान्जुम्भोसँग सम्पर्कमा नआएकोले पान्जुम्भोको निर्देशिका बमोजिम पद मुक्त गरियो ।
पान्जुम्भोको छैठो केन्द्रीय सम्मेलन निर्देशिका बमोजिम समय अवधी २०७७ साल चैतमा सकिएको भएपनि १२ औं राष्ट्रिय जनगणनामा साक्थिम्गेनको जिम्मेवारी रहेकोले ४२ औं स्थापना दिवससँगै छैठौं केन्द्रीय सम्मेलन गर्ने निर्णय गरिएको थियो । यस पान्जुम्भोका पूर्व केन्द्रीय सदस्य भारतको सिक्किम, सोमबारे निवासी एक किरात धर्मका होनाहार व्यक्ति स्वः रामभक्त ताम्लिङको स्मृति पुस्तक यस किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले प्रकाशन गरिएको थियो । यसलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न यस पान्जुम्भोका सचिव आइन्द्र थेगिमको संयोजकत्वमा पुस्तक व्यवस्थापन उप समिति गठन गरिएको छ । यसमा आर्थिक संयोजक अनिस लाओती, सदस्यहरु रमेश सिगु, वीरपन थेगिम, लाबुनहाङ केरुङ, तनुहाङमा माबोहाङ लगायत रहेका थिए ।
पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार दिलमति चेम्जोङलाई सावायेहाङ किरात खिबेक्वा याक्वा सेवाको अवसरमा सम्मान पत्रद्धारा सम्मान समेत गरिएको थियो । भने, सांगठनीक गतिविधि सञ्चालन गर्ने क्रममा पान्थरमा किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्वेवा पान्थर र किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो माङसेबुङ इलाम गठन गरेर कलाकार व्यवस्थापन कार्यमा जिम्मेवारी दिइएको थियो । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको मिति २०७८ साल असोज २३, २४, २५ र २६ गते प्रदेश नं. १, इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा अवस्थित किरात धार्मिक पर्यटकीय स्थल, किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल माङसेबुङमा पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलन कार्यक्रमलाई भय र सभ्य ढंगले सम्पन्न पार्न पान्जुम्भोका पदाधिकारी, सदस्य र केन्द्रीय कलाकारहरुमा निम्न अनुसार कार्य विभाजन गरिएको थियो ।
कार्यक्रम अनुगमन तथा जनपरिचालन विभाग ः रामबहादुर थुलुङ, स्टेज निर्माण विभाग ः अर्जुन सङ्बाहाङ्फे, अनिल चेम्जोङ, कार्यालय सञ्चालन विभाग ः कोपिला राई, सेन्छेहाङ्मा एवाई राई, सांस्कृतिक कार्यक्रम तथा साउण्ड सिस्टम विभाग ः दिलहाङ सङ्बाहाङ्फे, सेवा सञ्चालन तथा सेवासाबा व्यवस्थापन विभाग ः मेहेरमान लिङ्देन, अतिथि जलपान विभाग ः तारा केरुङ, सांगठानिक तथा आर्थिक प्रतिवेदन तयारी विभाग ः आइन्द्र थेगिम र मनप्रसाद चेम्जोङ, आर्थिक व्यवस्थापन विभाग ः मनप्रसाद चेम्जोङ, प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन विभाग ः मिसन सेलिङ, फूलमाला विभाग ः सुमिला योङ्हाङ, कार्यक्रम प्रचारप्रसार, कार्यपत्र तथा आगामी नीति योजना र घोषणा पत्र तयारी विभाग ः ज्ञानु केदेम, कार्यक्रम सञ्चालन विभाग ः आइन्द्र थेगिम, समान खरिद तथा ढुवानी विभाग ः चतुरमान साम्पाङ (सन्देश), विजुली बत्ति तथा खानेपानी विभाग ः सेन्छे आङ्बुहाङ, दाउरा व्यवस्थापन विभाग ः अर्जुन सङ्बाहाङ्फे, कार्यक्रमस्थल सजिसजावट तथा कार्यालय सरसफाई विभाग ः किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो माङ्सेबुङ इलाम, कार्यक्रम छायाङ्कन विभाग ः अनिस लाओती रहेका थिए । त्यसैगरी सम्मेलनको तयारीका लागि संगठन सुदृढीकरण अभियानमा रामबहादुर थुलुङ, ज्ञानु केदेम, अनिल चेम्जोङ, मनप्रसाद चेम्जोङ, वीरपन थेगिम, सुमन दिम्माली, दिलिप माखिम, अर्जुन सङ्बाहाङफेलाई जिम्मेवारी दिएको थियो । कार्यक्रममा सम्मान, कदर, धन्यवाद तथा प्रमाणपत्र, व्यानर तयारी विभाग ः सुबास गुरुङ, जलपान विभाग ः बबिता लाओतीलाई जिम्मेवारी दिइएको थियो ।
साक्थिम्गेन पान्जुम्भोको छैटौं कार्यकालका गतिविधि
किरात धर्म दर्शन र संस्कार संस्कृतिलाई अक्षरस अनुसरण गर्दै मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने स्थापना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको मिति २०७८ साल असोज २५ र २६ गते किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न छैटौं केन्द्रीय सम्मेलनले ज्ञानु केदेमको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो । छैटौं सम्मेलनबाट निर्वाचित कार्य समितिले गर्दै आइरहेको गतिविधिहरुलाई प्रस्तुत गरिएका छन् ।
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको वि.स. २०७८ साल असोज २८ गते पहिलो बैठक बसी पदाधिकारी तथा सदस्यहरुमा विभागीय जिम्मेवारी बाँडफाड गरियो । अनुगमन तथा निर्देशन विभाग संयोजक ज्ञानु केदेम, सांस्कृतिक विभाग संयोजक अनिस लाओती, सह संयोजक आइन्द्र नेम्बाङ, अर्थ संयोजक मनप्रसाद चेम्जोङ, सह संयोजक चतुरमान साम्पाङ, संगठन विभाग आइन्द्र थेगिम, सह संयोजक अनिल चेम्जोङ, प्रशिक्षण विभाग संयोजक दिलिप माखिम, सह संयोजक रमेश सिगु, विदेश विभाग संयोजक सुवास गुरुङ, कार्यालय सञ्चालन संयोजक लाबुन केरुङ, सह संयोजक मिशन सेलिङ, नुमा आङदेम्बे, सांस्कृतिक मञ्च निर्माण संयोजक अर्जुन सम्बाहाङफे, महिला विभाग संयोजक चन्दा कुरुम्बाङ, सह संयोजक सुमिला योङहाङ, उत्पादन तथा प्रकाशन संयोजक लेखनाथ चेम्जोङ रहेका छन् भने बाँकी समितिहरु विभिन्न उप समितिको सदस्यको रुपमा रहेका छन् ।
वि.स. २०७८ कार्तिक ३० गतेको बैठकको निर्णय अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको सांस्कृतिक विभागको जिम्मेवारी बहन गर्नका साथै सो अवसरमा माङसेबुङमा मातृभाषामा गायन प्रतियोगिता माङसेबुङ इक्ला सञ्चालन गरियो । प्रतियोगिताको कार्यक्रम अन्तर्गत सहभागिहरुलाई अनलाईन मार्फत अडिसन दिन लगाई उत्कृष्ट १० लाई मंसिर १५ गते माङसेबुङमा बोलाइएको थियो । उत्कृष्ट १० मा पर्न सफल कलाकारहरु ः गीता नेम्बाङ, मन्दिरा नेम्बाङ, अर्जुन थेगिम, राजन बेघा, तागेरा आङदेम्बे, चोत्लुङहाङ केदेम, मिसन सम्बाहाङफे, स्वतिका सावादेन, सविन मादेन र कोपिला मगर रहेका छन् । प्रतियोगिहरुलाई १६ र १७ गते अभ्यास गराई मंसिर १८ गते बृहत सांस्कृतिक कार्यक्रममा अतिथि कलाकार प्रथम नेपाली तारा दीपक लिम्बूको साथमा प्रतियोगिहरुलाई प्रस्तुति दिलाई उत्कृष्ट ५ छनौट गरिएको थियो । यसरी उत्कृष्ट ५ मा पुगेका कलाकारहरु मन्दिरा नेम्बाङ, राजन बेघा, तागेरा आङदेम्बे, चोत्लुङहाङ केदेम र स्वतिका सावादेन थिए ।
त्यसैगरी १९ गते माङसेबुङ इक्लाका उत्कृष्ट ५ ले प्रस्तुति दिएका थिए । सो कार्यक्रममा अतिथि कलाकार नन्दु गुरुङ, पुष्प किराती सहित केन्द्रीय कलाकारहरुको प्रस्तुति रहेको थियो । गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका गंगा फियाक र गायक तथा संगीतकार आइन्द्र नेम्बाङ निर्णायक रहनु भएको प्रतियोगितामा माङसेबुङ इक्ला विजेता चोत्लुङहाङ केदेम र उप विजेता मन्दिरा नेम्बाङ बनिन् । माङसेबुङमा पहिलो पटक आयोजना गरिएको मातृभाषामा आधारित गायन प्रतियोगिताको विजेताले पुरस्कारको रुपमा नगद रु १५ हजार, माङसेबुङ इक्लाको ट्रफी, प्रमाणपत्र, एक थान गिटर र एउटा गीत रेकर्डिङ गर्ने अवसर पाएका थिए । भने, उप विजेताले नगद रु १० हजार एक सय ८ सहित ट्रफी र प्रमाणपत्र पाएकी थिइन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट ५ मा पुग्न सफल ३ जनालाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
वि.स. २०७९ कार्तिक ३० कै बैठकले यस पान्जुम्भोमा आबद्ध केन्द्रीय कलाकारहरुलाई पान्जुम्भोको निर्देशिका बमोजिम नियुक्ती गर्न थप कलाकार व्यवस्थापन नियमावली बनाउन अध्यक्ष ज्ञानु केदेमको संयोजकत्वमा उप समिति गठन गरियो । यसमा सह संयोजक लेखनाथ चेम्जोङ, सदस्य सुवास गुरुङ, दिलहाङ सम्बाहाङफे र निङवा लाओती रहेका छन् । यसरीनै रिक्त सदस्य पदमा माङसेबुङ ३ इलाम निवासी डम्बर योङयालाई सदस्यमा मनोनित गरियो । वि.स. २०७९ माघ ६ गतेको निर्णय अनुसार कार्यालय मर्मत गरियो । यसका लागि आवश्यक बाँस एक ट्याक्टर सहित ढुवानी समेत साक्थिम्गेनको पूर्व केन्द्रीय सदस्य तथा कलाकार आशिष साँबाले सौजन्य प्रदान गरेको थियो । त्यसैगरी पान्जुम्भोले किरात स्पन्दन ८ प्रकाशन गर्न आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष मनप्रसाद चेम्जोङको संयोजकत्वमा उप समिति गठन गरियो । यसमा सह संयोजक सन्देश साम्पाङ र सदस्यहरु विपना तबेबुङ, दिलिप माखिम, बीरपन थेगिम, नुमा आङदेम्बे लगायत रहेका छन् ।
वि.स. २०७९ साल बैशाख १७ गते बसेको बैठकले संस्थाको काम छिटो, छरितो र सहज ढंगले अघि बढाउन निर्देशिका बमोजिम विशेष कार्य समिति तपशिल बमोजिम गठन गरियो । अध्यक्ष ज्ञानु केदेम, उपाध्यक्ष लेखनाथ चेम्जोङ, उपाध्यक्ष आइन्द्र थेगिम, सचिव सुवास गुरुङ, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, सह कोषाध्यक्ष सन्देश साम्पाङ, सदस्यहरु दिलिप माखिम, रमला साँबा र आइन्द्र नेम्बाङ रहनु भएको छ । त्यसैगरी यस पान्जुम्भोको संस्थाको युटयुब च्यानल पष्चबत कबmथय कबपतजष्mनभल mगवयतगिलन उबलवगmदजय लाई व्यवस्थित ढंगले सञ्चालन गर्न प्राविधिकको जिम्मेवारी उपाध्यक्ष लेखनाथ चेम्जोङ र सचिव सुवास गुरुङलाई दिएको छ । अघिल्लो कार्यकालबाट सुरु गरिएको कार्यक्रम छैटौं सम्मेलनले घोषणा पत्रमा जारी गरेको साक्थिम्गेन अक्षय कोषको कार्यक्रम पनि निरन्तर अघि बढाइरहेको छ भने, किरात स्पन्दन भागको अडियोको लागि गीत÷शब्द संकलन, संगीत गर्ने र एरेन्ज गर्ने काम धमाधम भइरहेको छ ।
यसरी छैटौं केन्द्रीय सम्मेलनपछि कार्यभार सम्हालेको कार्य समितिको १ वर्षमा केही ठाउँहरुमा संगठन विस्तार पनि गरिएको छ । वि.स. २०७८ साल मंसिर २० गते किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो माङसेबुङको अध्यक्ष लाबुनहाङ केरुङको अध्यक्षतामा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष ज्ञानु केदेम, उपाध्यक्ष तथा संगठन विभाग संयोजक आइन्द्र थेगिम लगायत केन्द्रीय समितिहरुको उपस्थितीमा दोस्रो तेङगप सम्मेलन गरी सिर्जना थुलुङ राईको अध्यक्षतामा नयाँ समिति गठन गरिएको थियो । उपाध्यक्ष खेसे थेगिम, फाङदिप लाओती, पुष्पा माबोहाङ, सचिव निङवा लाओती, सह सचिव छत्रमाया माबोहाङ र सरोज ताप्मादेन, कोषाध्यक्ष जेसन आङदेम्बे, सह कोषाध्यक्ष पुष्पा सम्बाहाङफे, सदस्यहरु मनिता सम्बाहाङफे, जितीमाया वाजी, इतुहाङ तुम्बाहाङफे, सुमिना सेलिङ, युमा थुलुङ राई, सुस्मा लाओती, प्रेमा योङहाङ, सिकुम थेगिम, अनिसा माबोहाङ, तनु माबोहाङ र सृष्टि साम्पाङ राई रहेका छन् ।
त्यसैगरी वि.स. २०७८ साल माघ १६ गते पान्जुम्भोको उपाध्यक्ष तथा संगठन विभाग संयोजक आइन्द्र थेगिम, सदस्य तथा प्रशिक्षण विभाग संयोजक दिलिप माखिम, सदस्यद्धय बीरपन थेगिम र तान्छोहाङ फियाकको उपस्थितीमा किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्बेवा र मिक्लाजोङ संयुक्त रुपमा राम लाओतीको अध्यक्षतामा पुनः गठन गरिएको छ । समितिको उपाध्यक्षमा अनिसा लाओती, चन्द्र चाम्लीङ राई, सचिव मिलन फियाक, सह सचिव सीता कुरुम्बाङ, कोषाध्यक्ष लक्ष्मी आङदेम्बे, सह कोषाध्यक्ष विसु लाओती, सदस्यहरु रुपा आङदेम्बे, माइकल फियाक, धनु आङदेम्बे, निसा आङदेम्बे, इन्दिरा आङदेम्बे, स्मृति राई, कृष्टिना राई, पुरण कुरुम्बाङ, समिर चाम्लीङ र मिना राई लगायत रहेका छन् ।
टुङग्याउनी
यस पान्जुम्भोले साढे ४ दशकको दौडानमा जे जति उपलब्धि हासिल गरेको छ ति उपलब्धिहरु प्राप्त गर्न र सफलताका सिढिहरु उक्लन कम चूनौती र संघर्षमा पक्कै यो अवस्थामा पुगेको छैन । तर पनि यस संस्थाले गर्नुपर्ने कार्यक्रमको प्रारम्भिक सुरुवातसम्म हुन सकेको छैन् । यस पान्जुम्भोले स्थापना यता हालसम्म जे जति कार्य गरे, योजना बनाए पनि कार्यान्वयन भएको योजनालाई मात्र समिक्षा गर्ने हो भने अनिवार्य आवश्यक र वार्षिक गतिविधिहरु बाहेक दीर्घकालिन नीति योजनाहरुमा प्रवेशसम्म गर्न नसकिरहेको अवस्थामा यस संस्थाले केही गर्न सकेन भन्ने टिप्पणीलाई अन्यथा लिन मिल्दैन ।
यसले यो पान्जुम्भोको जिम्मेवारी र उद्देश्य प्राप्ति गर्न धेरै पछि परिरहेको सबै भक्तजनहरुमा महसुस भइरहेको आभास दिलाएको छ । यो भक्तजनहरुको जायज महसुसहरुलाई नकार्न मिल्दैन र यसलाई सकारात्मक ढंगले आगामी कार्यदिशामा समावेश गरि लैजान पनि सक्नु पर्दछ । यसरी पान्जुम्भोले जिम्मेवारी र उद्देश्य अनुसार निणर्य गरि लागू गर्न नसक्नु वा संगठन अघि नबढ्नुमा धेरै कारण मध्ये पितृसंस्थाले यस पान्जुम्भोलाई आवश्यक नीति योजना उपलब्ध नगराउनु र आफै निणर्य गरि थालिएको योजनामा पनि कार्य गर्ने सहज वातावरण सिर्जना गरिदिन नसक्नु साथै यस पान्जुम्भोका पदाधिकारी सदस्यहरु र केन्द्रीय कलाकारहरुमा पदिय जिम्मेवारी बोध नहुनु नै मुख्य कारक तत्व बन्न पुगेको छ ।
यही नै पान्जुम्भोको कार्ययोजनामा आईपरेको मूख्य समस्या र चूनौती हो । हुन त यसमा साक्थिम्गेन पान्जुम्भोलाई मात्र समस्या आइपरेको होइन यो सबैमा रहेको छ । तर यसबारे किरात धार्मिकजन्य संघसंगठनहरु कतिलाई सरोकार वा मतलब छैन त कतिलाई यसले प्रभाव पारेको महसुुस भएको हुन सक्छ । आजसम्म पनि सबै किरात धार्मिक संघसगंठनहरु नियमित र वार्षिक कार्ययोजनाहरुमा मात्र अल्झिएको वा दौडधुप गरिरहेकोले खासै दीर्घकालिन सोच, विचार र नीति योजनामा पुग्न सकिरहेको छैन् । त्यसैले जति दीर्घकालिन ऐतिहासिक योजनाहरु छलफल गरी निणर्य गरिएपनि व्यवहारमा लागू गर्न नसकिएको अवस्था छ । यसरी कार्ययोजनाहरु निणर्य गरी लागू गर्न सदा असफल भइरहेको अवस्थामा अब गम्भीर बहस तथा छलफल गरेर आगामी दिनका लागि संस्थाहरुलाई मार्गनिर्देश गर्न आवश्यक छ ।
यसरी आगामी समयका लागि मार्गदर्शन निश्चित छनौट गर्दा लागू गर्नु पर्ने र लागू गर्न सकिने कार्ययोजनाहरुलाई मात्र निणर्य गरेर अक्षरस लागू गर्नुको विकल्प खोज्न हुँदैन् । अब किरात धार्मिक संगठनहरु विशेष गरी वार्षिक कार्यक्रमहरुमा अल्झेर मात्र हुँदैन दीर्घकालीन कार्यनीतिलाई पनि पूरा गर्दै लैजानु पर्दछ । संगठनलाई नियमित सञ्चालन गर्न वा चलायमान बनाउन सम्पूर्ण पदाधिकारी सदस्यहरु आर्थिक, शारीरिक, मानसिक रुपमा एक भई अघि बढ्न जरुरी छ, आशा छ यसमा सबैको राय पक्कै मिल्ने छ ।
समग्रमा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको भाग्य, भविष्य, उन्नति, प्रगति र विकासका लागि हामी सबैले सारथी भएर काम गर्नैपर्दछ । हाम्रो सांगठनिक जिम्मेवारी यही हो । आज किरात धर्म दर्शन, धार्मिक आचार संहिता, महागुरु फाल्गुनन्द, मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ र मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबाज्यूहरुको सिवाखाहुन र निर्देशनलाई शिरोपर गरि किरात धर्म, दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसार गर्ने जिम्मेवारीलाई साकार पार्न अनेकतामा नभई एकतामा लामबद्ध हुन जरुरी छ । यसमा सबै समितिहरुको शारीरिक, मानसिक र आर्थिक रुपले एकता हुन सके ऐतिहासिक सफलता प्राप्त गर्न सकिने नै छ तर यसका लागि निस्वार्थ, निशर्त जोखिम र चूनौति सामना गर्नको विकल्प भने छैन् ।
लेखक ः किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष हुन् ।