माङसेबुङ /किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४३ स्थापना दिवसको अवसरमा किरात साम्जिक मुन्धुम सह सम्पादक तथा तुम माङसेवासाबा मनप्रसाद थलङलाइ अभिनन्दन पत्रद्धारा सम्मान गरिएको छ ।
माङ्सेबुङ ५ स्थित पान्जुम्भोकै कार्यलयमा मङ्गलबार आयोजित ४३ औ स्थापना दिवस र सम्मान कार्यक्रममा तुम माङसेवासाबा थलङलाई अभिनन्दीत गरिएको हो ।
विगतका वर्ष झै किरात धर्म दर्शन, भाषा, लिपि र संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धनमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष किरात साम्जिक मुन्धुमका सह सम्पादक तथा तुम माङसेवासाबा मनप्रसाद थलङ (तेजबहादुर)लार्इ नगद रु १ हजार ५ सय ८ सहित अभिनन्दन पत्रद्धारा सम्मान गरिएको हो ।
विगतका वर्षहरुमा यस पान्जुम्भोको संस्थापक अध्यक्ष हर्कवीर योङहाङ, माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव चन्द्रकुमार सेर्मा, संघका अध्यक्ष डकेन्द्रसिङ थेगिम, संघका वरिष्ठ उपाध्यक्ष देवदास राई, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, पान्जुम्भोका पूर्व निर्देशक नवीन लिङ्देन, पान्जुम्भोको संस्थापक कलाकार भबेन्द्र थेबे लगायतलाई पान्जुम्भोले अभिनन्दन गरिसकेको छ ।
कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ अङ्सी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङ्हाङ, अभिनन्दीत कार्यक्रममा धार्मिक तथा साामाजिक संघ संस्थाको तर्फबाट प्रस्तावित लिङ्देन आत्मानन्द सेईङ बहुमखि क्याम्पसका प्रमुख होम लिङ्देन, राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र माङ्सेबुङ गाउँपालिका अध्यक्ष पृतिमान जबेगु, माङगेन्ना समितिको मातहत संस्थाको तर्फबाट किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङ्बुहाङ, पान्जुम्भोका पूर्व पदाधिकारीको तर्फबाट पूर्व सचिव सुमन लाओतीले शुभकामना मन्तव्य राखेका थिए ।
यसरी सम्पन्न स्थापना दिवस तथा सम्मान कार्यक्रममा गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष असोककुमार सबेन्हाङ, माङगेन्ना सेवा समितिका सदस्य पूर्ण कार्कीढोली, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो थामेन्दीङमा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, किरात साम्जीक मुन्धुम निसामहिम व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बे, नेपाली कांग्रेस माङसेबुङ गाउँपालिका समितिका सभापति चन्द्र साँबा, जनता समाजवादी पार्टी नेपाल माङसेबुङ गाउँपालिका अध्यक्ष किसान खजुम लगायत अतिथिहरुको उपस्थित थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु र किरात केन्द्रीय कलाकारहरुको सहभागीता रहेको कार्यक्रममा पान्जुम्भोको उपाध्यक्ष आइन्द्र थेगिमले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव सुबास गुरुङले सञ्चालन गरेका थिए । भने, पान्जुम्भोको अध्यक्ष ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पान्जुम्भोको वार्षिक चोमेन सेवा तथा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २३ गते (आइतबार) साक्मुरा वादेम्मा र २४ गते (सोमबार) किरात हाङसाम मुजोत्लुङ माङहिममा सावायेत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो । भने, पान्जुम्भोले विगत ११ वर्ष यता प्रकाशन गर्दै आएको साक्थिम पत्रिकालाई पान्जुम्भोको गतिविधि र आगामी कार्यदिशा विषय बस्तु समेटेर यस वर्ष पनि प्रकाशन गरेको छ ।
किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचार–प्रचारमा तुम माङसेवासाबा तथा किरात साम्जिक मुन्धुमका सह सम्पादक मनप्रसाद थलङ ‘तेजबहादुर’ले पु¥याउनु भएको योगदान अतुलनीय र ऐतिहासिक रहेको छ । वि।स। २०३६ सालमा महागुरु फाल्गुनन्दका चेला विश्वनाथ योङहाङद्धारा किरात धर्ममा साङदाङ वरुमधामा हुनुभएपछि निगुरादिनमा अवस्थित माङहिममा माङसेवासाबाको जिम्मेवारी सम्हालेका थिए ।