फुएतप्पामा दबाव समिति गठन

इलाम/प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले बुधवार शान्तिपूर्ण नैतिक दबाव समिति फुएतप्पामा गठन भएको छ।

 

 

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फुएतप्पामा रत्नबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय वडास्तरीय दबाव समिति गठन गरिएको हो । समितिको सह संयोजकमा आशबहादुर राई, सचिव तथा अर्थ संयोजकमामा इन्द्र नेम्बाङ चयन भएका छन।

 

 

समितिको सदस्यहरुमा खगेन्द्रप्रसाद लिम्बू, घनेन्द्रकुमार लिम्बू, जगतबहादुर लिम्बू, कविराज लिम्बू, मनिता लाओती, राजकुमार लिम्बू, सुरेन लिम्बू, इन्द्रमान लिम्बू, फर्तमान लिम्बू, अम्बरबहादुर लिम्बू लगायतको दबाव समिति गठन भएको छ।

 

 

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको छ ।

 

 

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भईसकेको समितिले जनाएको छ । भने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।