इलाम/बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले मंगलवार मानबहादुर थेगिमको संयोजकत्वमा २५ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव फाकफोकथुम गाउँपालिका समिति गठन भएको छ।
समितिको सह संयोजकमा अगम वान्तावा, सचिवमा मनिकुमार लिम्बू र अर्थ संयोजकमा नगेन्द्र थेगिम चयन भएका छन।
समितिको सदस्यहरुमा रत्नबहादुर लिम्बू, चन्द्रबहादुर थेगिम, टिका योङहाङ, नन्दलाल फियाक, कृष्णबहादुर लिम्बू, नरेन्द्र नेम्बाङ, भीमबहादुर लिम्बू तेजबहादुर लिम्बू, दिलबहादुर लिम्बू, श्यामलाल लिम्बू, घनेन्द्र लिम्बू रहनु भएको छ ।
त्यसैगरी वीरपन लिम्बू, दिलहाङ सबेन्हाङ, उमा राई, पञ्चमाया राई, कूलबहादुर राई, भीमबहादुर लिम्बू, अनिसा फागो, सोम लिम्बू, कूलमाया आङदेम्बे र कृष्ण थेगिम लगायतको दबाव समिति गठन भएको छ।
बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको छ ।
पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भईसकेको समितिले जनाएको छ । भने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।