शान्तिपूर्ण नैतिक दबाव समिति विभिन्न ठाउँमा विस्तार

झापा/बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले शनिवार धिरेन्द्र इजमको संयोजकत्वमा ११ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव बुद्धशान्ति गाउँपालिका समिति गठन भएको छ।

 

शान्तिपूर्ण नैतिक दबाव जिल्ला समिति झापाका अर्थ संयोजक विनोद ताप्मादेनका अनुसार समितिको सह संयोजकमा दीपा सम्बाङफे, सचिवमा महेन्द्र चेम्जोङ र अर्थ संयोजकमा देबेन्द्र सेर्मा रहेका छन।

 

 

त्यसैगरी सुनसरीको विराटनगरमा धर्मराज मेन्याङबोको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव समिति विराटनगर महानगरपालिका गठन भएको शान्तिपूर्ण नैतिक दबाव समिति मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङले जानकारी दिएका छन् ।

यसरी दबाव समितिले संगठन विस्तार गर्ने क्रममा पान्थरको तुम्बेवा गाउँपालिकामा पनि गुरुङहाङ सेर्माको संयोजकत्वमा ११ सदस्यीय शान्तिपूर्ण नैतिक दबाब समिति गठन भएको छ ।

 

समितिको सह संयोजकमा शम्सेरहाङ सम्बाङफे, सचिवमा पूर्णकुमार लाओती र अर्थ संयोजकमा रचन मुकारुङ राई रहनु भएको छ ।सदस्यहरुमा टेकेन्द्र कुमार कुरुम्बाङ, मनि दुङमाली, प्रेमकुमार कुरुम्बाङ, भगवनी कुरुम्बाङ, मनभक्त देवान, मानबहादुर सेर्मा र भीमप्रसाद कुरुम्बाङ रहेका छन् ।

 

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको जनाएको छ ।