झापामा शान्तिपूर्ण नैतिक दबाव समिति विस्तार


झापा/बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले शनिवार हेमराज लिङदेनको संयोजकत्वमा ११ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव कन्काई नगर समिति गठन भएको छ।

 

समितिको सह संयोजकमा दिल कुमारी इधिङ्गो, सचिवमा हर्क सुब्बा र अर्थ संयोजकमा धनपान कन्दङवा रहेका छन।

 

त्यसैगरी डम्बर इधिङ्गोको संयोजकत्वमा १२ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव झापा गाउँपालिका समिति समेत गठन भएको छ।समितिको सह संयोजकमा केदार लङवा, सचिवमा अमर आङदेम्बे र अर्थ संयोजकमा वीरबहादुर आङदेम्बे रहेको शान्तिपूर्ण नैतिक दबाव जिल्ला समिति झापाका अर्थ संयोजक विनोद ताप्मादेनले जानकारी दिए ।

 

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको छ ।

 

 

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भईसकेको समितिले जनाएको छ । भने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।