उपत्यकामा बृहत नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने

काठमाडौं/विश्वशान्ती मानव एकता तथा सक्कल प्राणी रक्षार्थ उपत्यका व्यापी बृहत साक्मुरा वादेम्मासँगै येत नाम्धुङ लाधुङसेमी सेवा हुने भएको छ ।

 

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको प्रमुख आयोजनामा आउँदो भाद्र १८ गते शनिबारको दिन गुह्येश्वरी बागमती किनार छेउ पशुपतिमा सो सेवा हुन लागेको हो ।

 

 

सेवामा बृहत साक्मुरा वादेम्मा तथा येत नाम्धुङ लाधुङ्सेमी सेवा, १०८ दीप सहित लाख बत्ती प्रज्वलन हुने भएको छ । उपत्यकामा रहेका सम्पूर्ण किरात धर्मावलम्बी भक्तजनहरुलाई सो सेवाको लागि सपरिवार, छर छिमेक समेत फूल,चरुभेटीका साथ उपस्थितीको लागि आयोजकले अनुरोध गरेको छ।

 

 

किरात धार्मिक विधि मुन्धुम अनुसार सक्कल प्राणी जगतको रक्षार्थको लागि वि.संः २०७२ देखि निरन्तर गरिदै आएको सेवा यो वर्ष सातौं शृङ्खला हो।

 

 

जन्मदेखि मृत्युसम्मको सम्पूर्ण मुन्धुम वाचन गर्ने माङ्सेवासाबाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भो माङ्सेबुङ इलाममा वि.सं २०५५ मा गठन भई वि. सःं २०६० देखि उपत्यकामा समिति गठन गरिएको हो।

 

बिश्वमा बढ्दो महामारी, संकट, दन्द्वात्मक भावना, कुविचारलाई निरुत्साहन गर्दै विश्व शान्ती एवं मानव एकता र सक्कल चराचर प्राणी जगतको रक्षाको निमित्त बर्षको २ पटक मुवेक्वा नु खिबेक्वा (उधौली र उभौली) मा अनिवार्य सेवा पूजा गर्दैै आएको छ ।

 

 

सोही अनुरुप यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक तथा किरात साम्यो माङ्सेवासाबा नेवाला पाजुम्भोका अध्यक्ष हरी थक्लिहाङले बताए।
राजेन्द्र केरुङबाट