भक्तपुरमा संघको जिल्ला समिति गठन, अध्यक्षमा फियाक निर्वाचित

 


भक्तपुर/किरात धर्म दर्शन र भाषा साहित्यलाई उत्थान गर्दै व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा समिति भक्तपुर गठन भएको छ ।

 

भक्तपुर न्यु संगम पाटी प्यालेस, गठ्ठाघारमा शनिबार आयोजित किरात धर्मावलम्बीहरुको भेलाले गजेन्द्र फियाक को अध्यक्षतामा समिति गठन गरिएको हो ।

 

 

सो समितिको सचिवमा लोलिम लावती, सह सचिव संगीता थेबेलाई चयन गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका कार्यसमितिका अध्यक्ष जीवनकुमार सुनुवारले बताए ।

 


अध्यक्ष सुनुवारका अनुसार सदस्यहरुमा प्रेम राई, कृष्ण तुम्सा, सन्देश आङदेम्बे, सागर राई, गायत्रा आङबुहाङ, हस्तकुमारी नेम्बाङ, भिमन योङहाङ लगायत ११ सदस्यीय समिति गठन गरिएको छ ।

 

 

नवगठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई संघका संस्थापक महासचिव डा चन्द्रकुमार सेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय उपाध्यक्ष भिम्ला येङदेन, सल्लाहकार डिल्लेश्वर लावती, संघ उपत्यका पूर्व अध्यक्ष प्रेम बेघा, संघको केन्द्रीय सदस्य सूर्य चेम्जोङ, हाङसेसे माङहिमका प्रमुख माङसेवासाबा साङदाङगेन वरुमसाबा दुबिन्द्र शेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुङबाङ, गायक ब्रबिम शेर्मा किरात मोर्चाको वरिस्ठ उपाध्यक्ष गोपाल पुन मगर, उपाध्यक्ष नवीन किराती, महासचिव तेन्धङ मिभक लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

 

 

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष थेगिमका अनुसार मुलुककै राजधानी शहरमा हुने किरात धर्मको संगठनले निकै ठूलो सत्य ,अहिंसा, विश्व शान्ति र मानव एकताको सन्देश विश्वब्यापी फैलाउन संगठनबाट टेवा पुग्ने छ ।

 

 

भक्तपुर जिल्लावासी आम किरात धर्मावलम्बीहरुको सहभागितामा आयोजित सो भेला चन्द्र योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।