बहुपहिचानको आधारमा प्रदेशको नाम राख्न इलाममा दबाव समिति गठन

इलाम/बहुपहिचान आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले इलाम जिल्ला समिति गठन गरेको छ ।

 

 

यसरी संगठन निर्माण गर्ने क्रममा शनिबार राम येक्तेनको संयोजकत्वमा ४५ सदस्यीय शान्तिपूर्ण नैतिक दवाव समिति इलाम गठन भएको छ । समितिको सह संयोजकमा कमल योङहाङ, डम्वर सावदेन, सूर्यकुमार राई र सरुहाङमा इधिङगो चयन भएका छन् ।

 

समितिको सचिवमा बुद्ध लिङखिम, सह सचिव चन्द्रमाया केरुङ, अर्थ सह संयोजकमा वीरबहादुर माबोहाङ र बुद्धिमान थेबे लगायत रहेको दबाव समिति गठन गरिएको हो।

 

 

 

कार्यक्रममा शान्तिपूर्ण नैतिक दबाव समितिका संयोजक डकेन्द्रसिंह थेगिम, समितिका सह संयोजक केहेरसिं योङहाङ, समितिका अर्थ संयोजक चिरञ्जीवि खालिङ, समन्वय संयोजक मनकुमार आङबुहाङले दबाव समितिले गरिरहेको र आगामी समयमा गर्ने कार्यक्रमको बारेमा बोल्नु भएको थियो ।

 

कार्यक्रममा श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान खजुम, माङसेबुङ वडा नं. ५ का वडाअध्यक्ष नरेन्द्र राई लगायतको आफ्नो धारणा राख्नु भएको थियो ।

 

 

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।