धनकुटा/बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा प्रदेश नामाकरण गर्न, गराउन नैतिक दबाव सिर्जना गर्ने उद्देश्यले धनकुटामा शान्तिपूर्ण नैतिक दवाव समिति गठन गरिएको छ ।
बुधबार पूर्ण खजुमको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाव समिति मोरङ गठन भएको हो ।
यसरी गठन भएको उपसमितिमा सह संयोजक लिला चेम्जोङ, सचिव शान्तिदेवी लिम्बू, अर्थ संयोजक डा. शुक्र चेम्जोङ, सह संयोजक दिलु सोदेन र भूपाल लिम्बू लगायत बाँकी सदस्य रहेको दबाव उपसमिति गठन गरिएको शान्तिपूर्ण नैतिक दबाव समितिका सदस्य सचिव पृथीमान खालिङले बताए ।
शान्तिपूर्ण नैतिक दबाव समितिको सदस्य सचिव पृथीमान खालिङ, अर्थ संयोजक चीरञ्जीवि खालिङ र जातीय संस्था समन्वयन विभाग संयोजक मनकुमार आङबुहाङको उपस्थितिमा उपसमिति गठन गरिएको हो ।
यसरी प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ प्रदेश नामाकरण गर्न, गराउन गठन भएको शान्तिपूर्ण नैतिक दवाव समितिले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न जिल्लाहरुमा जिल्ला समिति समेत गठन गर्ने कार्य जारी रहेको समितिले जनाएको छ ।