स्थानीय सरकारले भाषा संस्कृतिको संरक्षण गर्नुपर्छ : अङसीमाङ आत्मानन्द लिङदेन

 


माङसेबुङ /स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङले बताउनु भयो । उहाँले मात्रृ भाषा संस्कृतिको संरक्षण र संर्वद्धनका लागि उम्मेद्वारहरुले सोच्नु पर्ने समेत बताउनभयो ।

 

आइतबार गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकता साथै सावायेहाङ आप्लुङ ताङसेप चोमेन सप्ताहव्यापी सेवा समापन तथा फूलमाला ग्रहण कार्यक्रममा वहाँले सो कुरा बताउनु भएको हो ।

‘विश्व शान्ति मानव एकता कायम हुन सकोस’ किरात धर्मगुरु आत्मानन्द सेङले माङ आशीर्वचनमा भन्नु भयो ‘अहिले भइरहेको युक्रेन रसिया युद्ध चाडै अन्त्य होस् मैले कामना गरेको छु । म नेपाल देशको एउटा सानो नागरिक हुँ तै पनि युक्रेन, रसियाका सबै तहका मानिसहरुको आत्मामा माङको बास होस् । मैले यो सेवामा औधि माङसंग सेवा लगाएको छु ।’

 

माङसेबुङ गाउपालिका वडा ५ मा घोषणा भएको कामकाजी भाषालाई निरन्तरता दिनका लागि माङसेबुङका सबै वडामा लिम्बु, राई, मगर, गुरुङ लगायत स्थानीय भाषाहरुलाई कामकाजी भाषा घोषणा गर्नु पर्ने वहाँले बताउनु भयो ।

 

मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङको साथमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समेत समुपस्थितीमा सम्पन्न सेवा समापन कार्यक्रममा माङसेबुङ गाउँपालिकाका निर्वतमान अध्यक्ष डिकेन्द्र इधिङगोले महादीप प्रज्वलन गरेर समुद्धघाटन भएको थियो ।

 

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा, वडा ५ का निवर्तमान अध्यक्ष नरेन्द्र कुमार राई, गुरु निजी कानुनी सल्लाहकार एन।एस फागो, पूर्व निजी सचिव माङमिङसोहाङ लिङदेन उपस्थिति रहेको थियो ।

 


यसरीनै नेकपा एमाले माङसेबुङका अध्यक्ष हेमन्त राई, जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. १ का कोषाध्यक्ष विनोद नेम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपि पालुङवा, मंगोल नेश्नल अर्गनाइजेस माङसेबुङ गाउपालिका अध्यक्ष प्रेमराज केरुङ लगायतका अतिथिहरु उपस्थिति रहेको थियो ।

 

सोही अवसरमा माङसेबुङ गाउँपालिकाका गठबन्धन अध्यक्ष उम्मेदवार डिकेन्द्र इधिङगो, उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ ३ नं। वडाका अध्यक्ष उम्मेद्वार लक्षमण राई खम्बु, नेवि संघका केन्द्रीय सदस्य प्रमिका मगरलगायतले किरात धर्मगुरु र गुरुआमाको हस्तवाहुलीमा माङफुङ, फुलमाला ग्रहणसँगै माङगेन्ना फोङमा (शिर उठाउने) समेत गरिएको थियो ।

सेवा समापन कार्यक्रमको औचित्य मन्तव्य गुरु निजी आश्रम कृषि तथा भौतिक निमार्ण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रम सह अध्यक्ष देउमान आङबुहाङले गरेको थिए भने टिकाराम केरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

बैसाख १५ गतेबाट सुरु भएको विश्व शान्ति तथा मानव एकताका लागि भएको सेवामा किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।