संघ र चुम्लुङबीच संस्थागत भेटघाट

माङसेबुङ/किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्य समिति र किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिबीच संस्थागत भेटघाट तथा परिचयात्मक कार्यक्रम शुक्रवार झापाको दमकमा सम्पन्न भएको छ ।

 

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले किरात याक्थुङ चुम्लुङको ११ अौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष, महासचिव लगायत संघीय समितिहरूलाई खदा ओडाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

 

संघका अध्यक्ष थेगिमले किरात याक्थुङ चुम्लुङसँग सहकार्य गर्दै धर्म निरपेक्षको आन्दोलन, भाषिक, सांस्कृतिक, धार्मिक आन्दोलनहरुमा सहकार्य गरेको अत्यन्तै उपलब्धिमूलक भएको कुरा स्मरण गराउनु हुँदै, भाषा साहित्य उत्थानमा चुम्लुङको अभियानलाई संस्थागत रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

 

त्यसैगरी किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिका अध्यक्ष प्रेम येकतेनले चुम्लुङको धारणा सहित चुम्लुङले धार्मिक, सामाजिक, राजनीतिक, भाषिक, सांस्कृतिक लगायत अस्तित्व र पहिचानका सन्दर्भमा अहिलेसम्म खेल्दै आएका रअहम भूमिकाको वारेमा आफ्नो धारणा राख्नुहुँदै विशेष गरेर प्रदेश न. १ को नामाङकरण सम्बन्धमा पछिल्लो समयमा जुटेको संस्थागत सहमति अनुसारको लिम्बुवान किरात स्थापित गर्न र प्रदेश न।ं १ मा याक्थुङ लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउन र शिक्षक दरबन्दी कायम गराउने जस्ता मूलभूत एजेण्डाहरूमा संस्थागत सहयोग गर्न गराउन पनि किरात धर्म तथा साहित्य उथान केन्द्रीय समितको अहम भूमिका रहने कुरा बताए।

 

 

भेटघाट कार्यक्रममा कियाचु संघीय अध्यक्ष प्रेम येकतेन, महासचिव निरन्ती तुम्वापो, संघीय सदस्यहरू डा. भीम सुब्बा, इक्सा सम्बाहाङफे, चन्द्रकला सुब्बा, सन्तोष सेरेङ र बिमला पालुङवा, कियाचु लिम्बुवान प्रदेश सदस्य मनकुमारी बेघा, राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिं सम्बाहाङफेको उपस्थिति रहेको थियो ।

 

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकन्द्रसिं थेगिम, उपाध्यक्ष प्रेम सिप्तुङखा, सदस्य चिरञ्जीवी खालिङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले स्वागत गरेका थिए ।

सामाजिक सञ्जालबाट