प्रदेशको नामाकरण छिटै टुंग्याउन सुझाव

दमक।किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा छिटै टुंग्याउन प्रदेश सरकारलाई अनुरोध गर्नु भएको छ ।

 

 

शुक्रबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी गुरु प्रवक्ता चाम्लिङले अन्य प्रदेशले प्रदेशको नामाकरण गरिसकेको हुँदा १ न। प्रदेशको नामाकरण छिटै टुंग्याउन र किरात सगरमाथा प्रदेश नामाकरण गर्न सुझाव समेत दिनुभएको छ ।

 

 

पत्रकार सम्मेलनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको प्रवक्ता डिल्लीराम चाम्लिङले १ न. प्रदेशको नामाकरण किरात सगरमाथा प्रदेश राख्न किरात धर्मगुरु सेइङले सुझाव दिनुभएको बताउनु भएको छ।

 

 

किरात सगरमाथा नामकरणले १ नम्वरवासी र मुलुककै सबै जातजातिहरुको राष्ट्रिय स्वाभिमानलाई सम्मानका लागि उपयुक्त नाम हुने विज्ञाप्तीमा उल्लेख छ । अन्य प्रदेशले प्रदेशको नामाकरण गरिसकेको हुँदा यस प्रदेशको पनि नामकरण छिटै टुगाउन पनि प्रवक्ता चाम्लिङले प्रदेश सरकारलाई अनुरोध गर्नु भयो ।

 

 

प्राचीन कालदेखि बसोवास गर्दै आएका मुलुकका किरात जातिहरु भएको सम्मानसंगै विश्वको अग्लो चुचुरो सगरमाथाले सबै नेपालीलाई संसार भर चिनाउने हुँदा किरात सगरमाथा नाम राख्न उपयुक्त हुने प्रवक्ता चाम्लिङको मत छ ।

 

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रीय सदस्य धनराज सङबाङफेले किरात धर्म गुरुसँग पूर्व प्रधानमन्त्री केपी ओलीले गरेको वाचा पुरा नगरेको गुनासो गर्नु भयो । दमकमा बन्दै गरेको फागुनन्द सभाहलको नामाकरण गर्ने सहमतिलाई तोडेको सङबाङफेको भनाई छ ।