झापा/किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाको अध्यक्षमा डिल्लीहाङ इङनाम निर्वाचित भएका छन् । झापाको माइधारस्थित किरात खिजोत्लुङ माङहिममा शनिबार सम्पन्न पान्जुम्भोको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा अरुणा सेलिङ र हेमराज लिङदेन, सचिवमा सोफिया लिम्बू, सह सचिवमा खडकहाङ योङहाङ, कोषाध्यक्षमा विन्ती फूरुम्बो र सह कोषाध्यक्षमा नाम्बीनहाङ ताप्मादेन सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश ः अमिर योङहाङ, जमुना चेम्जोङ, राजकुमार लिम्बू, सुम्निमा योङहाङ, नुमा नेम्बाङ, साजन लिङ्देन, माङगेन्ना योङहाङ, आश्ना राई, इक्सा चेम्जोङ, सोफिया राई निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ, विशेष अतिथि किरात खिजोत्लुङ माङहिमका अध्यक्ष भवानी सेलिङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम रहनु भएको थियो ।
कार्यक्रममा किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाका भूपू अध्यक्ष विचारी लाओती, किरात याक्थुङ चुम्लुङ नगर समिति अध्यक्ष वीरबल जवेगू, किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउँपालिका अध्यक्ष सूर्य यक्पाङदेन, जलथल माङहिम सचिव पूर्ण कन्दङवा, किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाका अध्यक्ष सुकबहादुर योङहाङको अध्यक्षतामा सम्पन्न सम्मेलन सचिव डिल्लीहाङ इङनामले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य उपाध्यक्ष सरिता लिङदेनले राखेकी थिए ।