काठमाडौं/आसन्न राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा सचेतना फैलाउँदै, धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले काठमाडौं उत्पत्यकामा बृहत अन्तरक्रिया कार्यक्रमसँगै अभियान समिति गठन गरिएको छ ।
काठमाडौं सिनामंगलमा शनिवार आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ उत्पत्यका समिति काठमाडौंका अध्यक्ष जीवनकुमार सुनुवारको अध्यक्षतामा किरात धर्म लेखौं राष्ट्रिय अभियान उत्पत्यका समन्वयन समिति समेत गठन गरिएको हो ।
यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान उत्पत्यका समन्वयन समिति काठमाडौंको उपाध्यक्षमा यामकुमार राई, भजिन्द्री लाओती, सचिवमा डम्बरकुमार सेर्मा, सह सचिव डम्बरकुमार पालुङवा, कोषाध्यक्षमा पदम लिङदेन चयन हुनु भएका छन् ।
समितिको सदस्यहरुमा क्रमश ः मनमाया खालिङ, फुन्दुसिंह मगर, दुविन्द्र सेर्मा, सोमबहादुर कार्की, हरी थक्लीहाङ, मानवहादुर तबेबुङ, पितमप्रसाद देवान, गणेशकुमार पन्धाक, यादन सेर्मा, पवित्र लिम्बू सुनुवार लगायत चयन भएका छन् ।
राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा काठमाडौं उत्पत्यकामा अभियान समिति गठन गरिएको अभियान महासमितिका अध्यक्ष केहेरसिं योङहाङले बताए । अध्यक्ष योङहाङका अनुसार किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी किरात धर्म लेखौं अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संगठन विस्तार गरिएको हो ।
यसरी गठन भएको उत्पत्यका समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरुका प्रतिनिधिहरु, किरात धर्मावलम्बीहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी उत्पत्यका समन्वयन समिति गठन गरिएको महासमितिले जनाएको छ ।
यसरी राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेखौं अभियान देशव्यापी सञ्चालन गर्ने शिलशिलामा विभिन्न जिल्लाहरुमा गठन गरिएको अभियान जिल्ला समितिलाई सक्रिय रुपमा लाग्न परिपत्र गरी सकिएको महासमितिका अध्यक्ष योङहाङको भनाई छ ।
सो अन्तरक्रिया कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघका केन्द्रीय उपाध्यक्ष भिम्ला येङदेन, पूर्व केन्द्रीय महासचिव रमेश लिङ्देन लगायत उपस्थित रहनु भएको थियो ।
किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका उपाध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दंगधोज खोयाहाङ उपस्थित रहनु भएको थियो ।
त्यसैगरी किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सचिव तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका कोषाध्यक्ष तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष योगेश लाओती लगायत उपस्थित रहनु भएको थियो ।