माङसेबुङ /किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको नयाँ कार्य समितिको अध्यक्षमा ज्ञानु केदेमलाई निर्वाचित गर्दै, पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलन सम्पन्न भएको छ ।
किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा असोज २३, २४, २५ र २६ गते सम्पन्न पान्जुम्भोको छैठौं केन्द्रीय सम्मेलनले केदेमको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेका हुन् ।
नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः लेखनाथ चेम्जोङ, आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुमिला योङहाङ, अर्जुन सम्बाहाङफे निर्वाचित भएका छन् । यस्तै सचिवमा सुवास गुरुङ, सह–सचिवमा अनिल चेम्जोङ, मिशन सेलिङ, कोषाध्यक्षमा मनप्रसाद चेम्जोङ र सह–कोषाध्यक्षमा चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी पान्जुम्भोको सदस्यहरुमा बीरपन थेगिम, तारा केरुङ, अनिस लाओती, रमेश सिगु, दिलहाङ सम्बाहाङफे, आइन्द्र नेम्बाङ, दिलिप माखिम, तान्छोहाङ फियाक, लाबुनहाङ केरुङ, रमला साँबा, विपना तबेबुङ, नुमा आङदेम्बे, लक्ष्मी थेगिम, उमा सम्बाहाङफे निर्वाचित भएका छन् ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले नव निर्वाचित कार्यसमितिलाई नीति निर्देशन सहित शुभकामना दिनु भएको थियो । भने, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष रामबहादुर थुलुङ लगायतले साक्थिम्गेन पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए । भने, पान्जुम्भोको नव निर्वाचित अध्यक्ष ज्ञानु केदेमले प्रतिबद्धता मन्तव्य राखेको थिए ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओतीको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह–सचिव आङबुहाङ अवोध अविरल, माङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोली, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मा, किरात साम्जीक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक रहेको पाँच सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
छैठौं केन्द्रीय सम्मेलनले बन्द सत्रबाट पान्जुम्भोको मातहत निकाय तेङगप पान्जुम्भो र पाङभे पान्जुम्भोहरुबाट सहभागि प्रतिनिधिहरुको प्रतिवेदन पारित गरेको छ । पान्जुम्भोको सचिव आइन्द्र थेगिमले पेश गरेको ३ वर्षे कार्यकालको सांगठनीक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनप्रसाद चेम्जोङले पेश गरेको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ ।
पान्जुम्भोको छैठौं सम्मेलन तथा स्थापना दिवसको अवसरमा विगत दुई दशक यता किरात साम्यो साक्थिमगेन पान्जुम्भोको केन्द्रीय कलाकारको रुपमा रहेर किरात धर्म दर्शर र संस्कार संस्कृति अनि किराती गीत संगीतलाई विश्व सामु पु¥याउन निरन्तर योगदान पु¥याउदै आइरहेका गायक तथा संगीतकार जेपी नेम्बाङलाई सम्मान पत्र तथा नगद राशि सहित सम्मान गरिएको थियो ।
यसैगरी अनुसासित केन्द्रीय कलाकारको रुपमा गायक दिलीप माखिम र नृत्यङगाना पुष्पा सङबाङफेलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा पान्जुम्भोका पान्जुम्भोका कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि पान्जुम्भोले सम्मान स्वरुप कदरपत्र तथा धन्यबाद पत्रद्धारा सम्मान गरेको थियो ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सहसचिव आङबुहाङ अवोध अविरल सम्मानित व्यक्तित्व गायक तथा संगीतकार जेपी नेम्बाङ, अतिथिहरु किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे, येहाङ कोक्मा ताम्भुङला ताङसेप चुम्भोका अध्यक्ष साङजोत्लुङ आङदेम्बे, किरात याक्थुङ चुम्लुङ माङसेबुङका अध्यक्ष कमला आङदेम्बे आङबुहाङ, माङसेबुङ गाउँकार्यपालिका सदस्य पुर्ण कार्की ढोली र फाल्गुनन्द बोर्डिङ स्कुलका प्रिन्सिपल जलन आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, किरात चेत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका महासचिव काकीराम लाओती, सदस्य धनराज सङबाङफे, माङसेबुङ ५ का भाषिक सचिव सुनिल सेर्मा, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो थामेन्दिङ मा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा सेलिङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषायक्ष प्रकाश सावदेन, लिम्बु बिद्यार्थी मञ्च झापाका अध्यक्ष सागर साँबा, सुकबहादुर सबेन्हाङ र चन्द्र माया ताप्मादेनको समेत उपस्थिति रहेको थियो ।
सांस्कृतिक सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको समुद्घाटन कार्यक्रम पान्जुम्भोका अध्यक्ष रामबहादुर थुलुङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । पान्जुम्भोका सचिव आइन्द्र थेगिमले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष लेखनाथ चेम्जोङले राखेका थिए ।
सम्मेलनको पहिलो दिन असोज २३ गते साक्मुरा वादेम्मा गर्दै शुभारम्भ गरिएको थियो भने दोस्रोदिन आइतबार (२४ गते) किरात हाङसाम मुजोत्लुङ माङहिममा येत लाधुङ नाम्धुङ सेमी सेवा सम्पन्न भएको थियो ।
१० बुँदे माङसेबुङ घोषणा पत्र जारी
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले पहिलो पटक सम्मेलन मार्फत पान्जुम्भोको कार्य नीति पारित गरेको छ । पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेमले पेश गरेको १३ बुँदे आगामी कार्य नीति तथा योजनाहरु सम्मेलनको बन्द सत्रबाट पारित गर्दै, १० बुँदे माङसेबुङ घोषणा पत्र जारी गरेको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अङसीमाङ अङसीमामाङहरुको समुपस्थितीमा वहाँहरुकै निर्देशनमा वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।
किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा ५८ सालमा संगठनको नाम रुपान्तरण गरी किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको थियो । त्यसमा पुन संशोधन गरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) नामाकरण गरिएको थियो ।