आङबुहाङ अबोध अविरल
थालनी
भनिन्छ — सुनेपछि देखिन्छ, देखेपछि भोगिन्छ । यस्तै भएको छ—विश्व व्याधि नेपालीका लागि । कोरोना उब्जिएको, फैलिएको, मानिसलाई दुःख दिएको र ज्यान लिएको अप्रिय समाचार सञ्चार माध्यमबाट सुनियो, देखियो । पोहोर शहरमा कोरोना आयो । यो साल भने गाउँसम्मै पुगिसक्यो यमराज बनेर । कोरोना व्याधिले लाखौंलाई सताइसकेको छ । करिब दश हजारको ज्यान लिइसकेको छ ।
समय बित्दै जाँदा नयाँ रोग र महामारीहरुले आइरहेका छन् । पछिल्लो तीन दशकमा करिब १० वटाजति महामारीले मानिसको ज्यान लिइसकेको छ । सार्स, इबोला, वर्डफ्लु, स्वाइन फ्लु, एच।आइ।भि। र कोरोना आदि महामारीहरु हुन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अध्ययन गरिने मुलुकहरुमा फैलिएको महामारी र रोगबारे धेरै तथ्याङ्क पाइन्छ । तर, वैज्ञानिक अनुसन्धान र स्पष्ट आलेखनको अभाव भएको हाम्रो समाजमा कस्ता रोग र महामारीहरुले हाम्रा पुर्खाहरुलाई सताएको थियो भन्ने कुरा हामीलाई कमैमात्र थाहा छ । तर, हजारौं वर्ष मौखिक परम्परामा रहेको र महागुरु फाल्गुनन्दले लिखित रुपमा ल्याउनुभएको किरात साम्जिक मुन्धुममा थुप्रै व्याधिहरुको उल्लेख पाइन्छ । जसले हाम्रो समुदायसँग कस्ता व्याधिहरुको अनुभव छ भन्ने अनुमान गर्न सकिन्छ ।
मुन्धुममा वर्णित व्याधिहरु
किरात साम्जिक मुन्धुम भाग १—८ मा मानिसलाई सताउन अनेक व्याधिहरु उल्लेख भएका छन् । ‘आदुक्किले कुदाप्माङ ताजेक्मा साम्जिक मुन्धुम’, ‘आदुक्किले खन्जमा ताजेक्मा साम्जिक मुन्धुम’, ‘आदुक्किले तेनेबा साम्जिक मुन्धुम’, ‘आदुक्किले थुङदाङबा साम्जिक मुन्धुम’, ‘आदुक्किले पुङ्साम साम्जिक मुन्धुम’ लगायतका मुन्धुममा विभिन्न व्याधिहरुको उल्लेख गरेको पाइन्छ ।
कुदाप्माङ ताजेक्मा मुन्धुम ९पृष्ठ १८ र १९० मा उल्लेख भएका केही व्याधिहरु यस्ता छन्—‘मिधुङ मिराक तुङ’, ‘सुदङ—मुदङ तुङ’, ‘हक्सिप्मा हक्याम्मा तुङ’, ‘इरेम ताप्लेम लमा तुङ’, ‘थाप्मा तुङ’, ‘थक्पा कुबु यङघङ कुस्सा तुङ’, ‘सेमुरिक यघङवा तुङ’, ‘पाधुङगेन लेत्ङामा तुङ’, ‘वैक्चामा तुङ’, ‘साक्फाक चिरेप्मा तुङ’, ‘खोङभाक्केन यङाप्मा तुङ’ र ‘केत्तकेन् योभाप्मा तुङ’ । यस्तै, ‘पित्चागेन् साम्भोक तुङ’, ‘मेवा कुनाम तुङ’, ‘सेन्दाङ कुला तुङ’, ‘मुन्धुम खेसे तुङ’, ‘मुन्धाम शेरी तुङ’, ‘तरक ताङसाङ तुङ’, ‘केजङ सुरित तुङ’, ‘मिधुङ मिराक तुङ’, ‘चभत्थुङवा तुङ’, ‘इक्सा साम्बेक तुङ’ र ‘आबुकुसिङ थत्लक्मा तुङ’ ।
यसरी नै ‘पोक्ला कुलुम खाक्क्राक्मा तुङ’, ‘थेगेक तुङमा तुङ’, ‘निङवा इमा तुङ’, ‘याम्सोमा तुङ, फक्वा लेङवा तुङ’, ‘नाम्धुप्पे लाधुप्पेरे पोधुप्मा तुङ’, ‘सावाजा लम्मा तुङ’, ‘सिक थाक तुक्मा तुङ’, ‘लुङमा तुक्मा तुङ’, ‘साम्पोक तुक्मा तुङ’, ‘लाङभो हुक्भो ओमा तुङ’, ‘येत्फुङ ओमा तुङ’, ‘थक्लिगेन साम्माङ तुङ’, ‘साम्मागेन केमाङ तुङ’, ‘इक्सा साम्बेक कुघा तुङ’, ‘तुतिगेन कुमो तुङ’, ‘अजमा तुङ, पिरिप्मा तुङ’ आदि ।
कुदाम्पमाङ क्रोधित भएमा कारण साढे तीन दर्जनबढी बेथा र व्याधिहरु उब्जिने मुन्धुममा उल्लेख भएको पाइन्छ । माङनै हावा हुरी, अग्नी, जल, चट्याङ, पृथ्वी र आकाश सबैका धनी माङ भएको र माङ क्रोधित भए यी सबै व्याधिको रुप लिएर मानिसलाई दुःख दिने मुन्धुममा उल्लेख छ । मुन्धुममा उल्लेखित केहीँ व्याथाहरु शरीरमा हुने विभिन्न विराम र दर्दका बारेमा छन् । केही चाहीँ प्राकृतिक तत्वहरुमा हुने असन्तुलन र खललको बारेमा छन् ।
शरीरमा दर्द सिर्जना गर्ने केही व्याधिहरु ‘सुदङ मुदङ तुङ’ ९लाटिने बौंलाउने०, हक्सिप्मा हक्याम्मा तुङ ९चिलाउने दुख्ने०, इरेम ताप्लेम लमा तुङ ९लल्याक लुल्युक हुनु०, थाप्मा तुङ ९ज्वरो आउनु०, थेगेक तुङमा तुङ ९टाउको दुख्ने०, निङवा इमा तुङ ९रिङगटा चल्ने०, याम्सोमा तुङ ९शरिर चिलाउने०, फक्वा लेङवा तुङ ९पानी फोकाहरु आउने०, नाम्धुप्पे लाधुप्पेरे पोधुप्मा तुङ ९सोला हान्ने०, सावाजा लम्मा तुङ ९मौरीले चिलाए जस्तो०, सिक थाक तुक्मा तुङ ९दिमाग दुख्ने०, लुङमा तुक्मा तुङ ९मुटु दुख्ने०, साम्पोक तुक्मा तुङ ९पेट दुख्ने०, लाङभो हुक्भो ओमा तुङ ९हात गोडाका जोड्तीहरु दुख्ने० आदि उल्लेख छन् ।
माङ क्रोधित भए प्राकृतिक तत्वहरु नै तुङ ९व्याधि० को रुपमा मानिसमा आइलाग्ने मुन्धुममा उल्लेख छ । मुन्धुममा थक्पा कुबु यङघङ कुस्सा तुङ ९कित पतङग रोग०, सेमुरिक यघङवा तुङ, पाधुङगेन लेत्ङामा तुङ, सेन्दाङ कुला तुङ, मुन्धुम खेसे तुङ ९तारा रोग०, मुन्धाम शेरी तुङ ९चट्याङ रोग०, तरक ताङसाङ तुङ ९चट्याङ०, केजङ सुरित तुङ ९हावा०, मिधुङ मिराक तुङ ९अग्नी०, चभत्थुङवा तुङ ९पानी०, इक्सा साम्बेक तुङ ९पृथ्वी० उल्लेख छन् । प्राकृतिक वस्तुमा आउने असन्तुलन र विरामले मानिसलाई सताउने उल्लेख छ ।
आदुक्किले खन्जमा ताजेक्मा मुन्धुम ९पृष्ठ ३३ र ३४ मा० मा ‘साक्फाक्तिङ चिरेप्मा तुङ ९सुकेनास०’, ‘फोङभाक्केन यङाप्मा तुङ’, ‘हुक्चिल्लेक लाङ्चिल्लेक तुङ ९हातखुट्टा पल्टिने विराम०’ ‘अजमा, पिरिप्म तुङ ९छाद्ने छेर्न विराम०’ लगायत थुपै्र व्याधिहरुको उल्लेख पाइन्छ । खन्जमा माङ क्रोधित भएर ‘तते खाङला’ ९देव दण्ड दिने० उल्लेख गरेको छ । यसैगरी आदुक्किले तेनेबा साम्जिक मुन्धुममा शरिरका विभिन्न अंङगहरु बाँधिने व्याधिहरु उल्लेख छन् । जस्तै ‘थक खेङमा तुङ ९जीउ कस्ने विराम०’, ‘मिक खेङमा तुङ ९आँखा बाँध्ने विराम०’, ‘हुक खेङमा तुङ ९हात बाँध्ने विराम०’, ‘लाङ खेङमा तुङ ९खुट्टा बाँध्ने विराम०’ ९पृष्ठ ३८० । तेनेबा माङले दण्ड दिन चाहेमा यस्ता व्याधिहरु मानिसको शरीरमा देखा पर्ने उल्लेख भएको पाइन्छ ।
मुन्धुम समाजको अनुभवहरुसमेत संग्रहीत छन् । वि।सं। १९७० को दशकदेखि महागुरु महागुरु फाल्गुनन्दले मुन्धुमलाई लिपिवद्ध गर्नुभएको पाइन्छ । वहाँ आफैमा मुन्धुमसावा हुनुहुन्थ्यो । महागुरुमा माङ लिन्छिनमा ९प्रवेश० गरेपछि मुन्धुम फुर्ने र त्यसलाई वहाँको चेलाहरु, खास गरेर रनधोज नेम्बाङले किरात सिरिजङगा लिपिमा लिपिवद्ध गर्ने गर्थे । मुन्धुममा उल्लेख भएको व्याधिहरुले मानव समुदायले युगौयुगदेखि भोग्दै आएको व्याधिहरु हुन् ।
खाँचो मुन्धुमी औषधि पद्धतिको अनुसन्धान
मुन्धुममा उल्लेख व्याधिहरुको वैज्ञानिक अध्ययन र अनुसन्धान हुन सकेको थिएन, अझै पनि छैन् । ति व्याधिका वैज्ञानिक उपचार पद्धति विकास भएको थिएन, छैन । तर, तिनलाई निको पार्न या, साम्बा र सिदासाम्बाहरु विभिन्न जडिबुटीहरुको प्रयोग गर्दथे । यो परम्परागत औषधि पद्धति थिए ।
आधुनिक औषधि र उपचार पद्धतिको प्रभाव समाजमा नभइञ्जेल यिनै मुन्धुमी औषधि पद्धति समाजको औषधाी उपचारको आधार थिए । त्यसबेला धेरै ठूला महामारीहरुले समाजलाई प्रताडित पारेको थियो । त्यस्ता महामारीबाट बच्न अनेक जडिबुटीहरु प्रयोग गरिए । बेगल उपचार पद्धति विकास गरिएका थिए । ती प्रयोग आफैमा परिक्षण पनि थिए । विश्व पूँजीवादी प्रणालीमा प्रवेश गरेसँगै मुन्धुमी औषधि पद्धति हराउँदै गएका छन् । विश्वमा नयाँ भाइरसको जन्म र महामारीहरुको फैलिंदै जाने क्रम छ । आधुनिक औषधि विज्ञानले औषधि पत्ता लाउन नसकेको कोरोनाको महामारी आइरहेका छन् । यस्तो बेला परम्परागत मुन्धुमी औषधि पद्धति उपयोगी हुन सक्छ । खाँचो यसको वैज्ञानिक अध्ययन्को छ ।
लेख माङसेबुङ मासिकबाट साभार गरिएको हो