मोरङ। मोरङमा शिरिजङगा मिङ्सो युमा माङहिम स्थापना हुने भएको छ । मोरङको उर्लाबारी नगरपालिका ८, अठियाबारीमा सो माङहिम निर्माण हुन लागेको हो ।
माङहिम निर्माण समितिको आयोजनामा येत्नाम्धुङ लाधुङसेमी सेवासंगै माङहिम निर्माणका लागि शिलान्यास गरिएको हो । आइतबार साङदाङगेन वरुमसावा प्रेम देवानको हस्तवाहुलीबाट माङहिमको शिलान्यास गरिएको निर्माण समितिका सचिव योगेस लाओतीले बताए ।
निर्माण सचिव लाओतीका अनुसार बिगत लामो समय देखि निर्माण गर्ने भनिएको माङहिम यही बैशाख १२ गते आइतबारको दिन शुभसाइतमा शिलान्यास गरिएको हो ।
येत्नाम्धुङ लाधुङसेमी सेवामा माङसेवासाबा माङसेवासामाहरु मिलन लाबुङ, प्रेम देवान, लोकराज जबेगु, उत्तरमान लिम्बू, खड्ग लिम्बू, जीवन कुमार हेम्ब्या र बिना पाँचकोटी बिश्वकर्मा लगायत थिए ।
महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको प्रतिमा, धुनिकुण्ड र अष्टकोण रहेको किरात शैलीको माङहिम बनाउन लागिएको माङहिम निर्माण समितिका अध्यक्ष खड्गबहादुर थेबेले बताए ।
विभिन्न सहयोगी दान दाताहरुमा समेत आर्थिक, जिन्सी लगायत विभिन्न संरचना बन्ने निर्माण कार्यमा हुक्वा मिसाएर सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।
सेवा संगै माङहिम शिलान्यास कार्यक्रममा स्थानीय बासिन्दा सामाजिक तथा धार्मिक अगुवा ब्यक्तित्वहरुको रहेको थियोे ।