किरात धर्मका नेतृत्वकर्ता राज्यद्धारा विभूषित


माङसेबुङ । किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघका केन्दीय अध्यक्ष डकेन्द्रसिंह थेगिम प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक सम्मानद्धारा विभूषित भएका छन् ।

 


संघका अध्यक्ष थेगिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार विभूषित भएका हुन् ।

 

त्यसैगरी अर्को किरात धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्दीय अध्यक्ष केहेरसिं योङहाङ पनि जनसेवा श्री पञ्चम श्रेणीबाट विभूषित भएका छन् ।

गत चैत २७ गते माङगेन्ना अध्यक्ष योङहाङ नेपाल सरकारको तर्फबाट राष्ट्रपति बिद्यादेवी भण्डारीको हस्तवाहुलीद्धारा शितल निवास काठमाडौंमा विभूषित भएका हुन् ।

 

इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं ३ लामिटार निवासी चार दशक बढी किरात धार्मिक संस्थामा रहेर समाजसेवामा जीवन व्यतित गर्नु भएका समाजसेवी धार्मिक व्यक्तित्व अध्यक्ष योङहाङ र इलामकै फाक्फोकथुम निवासी संघका अध्यक्ष थेगिम राज्यद्धारा विभूषित भएका हुन् ।

 

सामाजिक धार्मिक सेवामा विगत लामो समय यता सक्रिय रहेका विभूषित दुवै जना किरात धार्मिक संस्थाको नेतृत्व तहमा रहेका व्यक्तित्वहरु हुन् ।