माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको छाता संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा सर्वसम्मत पृथीमान खालिङ राई निर्वाचित भएका छन् ।
सोमबार किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन ।
नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः योगेश लाओती, शंकर केरुङ र कल्पना जवेगु निर्वाचित भएका छन् । यस्तै सचिवमा आयुस बिक्रम तुम्वापो, सह–सचिवमा लोकेन्द्र कार्कीढोली, कोषाध्यक्षमा खगिन याक्खा र सह–कोषाध्यक्षमा जय याङखिला सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी पान्जुम्भोको सदस्यहरुमा केशर सेर्मा, कालुहाङ मिभक(भीम), बुद्धहाङ लिङखिम, टिकाराम खजुम, सिकुमहाङ वनेम फागो, सेसेहाङ नेम्बाङ, सुकबहादुर योङहाङ, विचारी लाओती, विकेश आङला, चन्द्रमाया केरुङ, विवश मादेन लिम्बू, तान्छोमी इजम, सविन साम्पाङ राई, आरती योङहाङ, अस्मिता लाओती र दिवश तिगेला लिम्बू निर्वाचित भएका छन् ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना सेवा समितिका केन्द्रीय महासचिव काकीराम लाओती, माङगेन्ना समितिका केन्द्रीय सह–सचिव समिता थेवे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष दिपक तिगेला लिम्बू लगायतले नालीफुङवा पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए । भने, पान्जुम्भोको नव निर्वाचित अध्यक्ष पृथीमान खालिङले प्रतिबद्धता मन्तव्य राखेको थिए ।
महासम्मेलनमा पान्जुम्भोको मातहत निकाय थुम पान्जुम्भो र पाङभे पान्जुम्भोबाट प्रतिनिधिको रुपमा सहभागि रहेको महासम्मेलनको बन्द सत्रमा पान्जुम्भोको सांगठनीक, आर्थिक प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरु प्रस्तुत गरेर माङसेबुङ घोषणा पत्र समेत जारी गरेको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह–सचिव आङबुहाङ अवोध अविरल, माङगेन्ना सेवा समितिका सह–सचिव समिता थेवे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ सदस्य रहेको पाँच सदस्यीय निर्वाचन मण्डलले पान्जुम्भोको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
महासम्मेलनको समुद्घाटन कार्यक्रममा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गरिएको छ । पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई पान्जुम्भोले सम्मान गरेका हुन् ।
नालीफूङवा पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतका स्थापना दिवसहरुमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेको पान्जुम्भोले जनाएको छ ।
सम्मान गर्ने क्रममा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा इलामको माङसेबुङ वडा ५, मा लागू भएसँगै प्रशासनिक क्षेत्रमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गरिएको छ ।
यस्तै किरात साम्यो नालिफुङवा पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ द्धारा किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती सम्मानीत भएका छन् ।