माङसेबुङ/किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको २३ औं स्थापना दिवस तथा वार्षिक चोमेन सेवा विहिबार सम्पन्न भएको छ ।
किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङ ५ स्थित माङसेवासावा पान्जुम्भोको भवनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा वार्षिक चोमेन सेवा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि प्रमुख माङसेवासावा तथा पान्जुम्भोका संस्थापक अध्यक्ष मनप्रसाद थलङ (तेजबहादुर), सम्मानीत व्यक्तित्व किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका अध्यक्ष मानबहादुर सङबाङफे, माङसेवुङ गाउँ कार्यपालिका सदस्य तथा माङगेन्ना सदस्य पुर्ण कार्कीढोली, किरात साम्यो थामेन्दीङ माः मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष इधिङगो सरुहाङमा सेलिङ, जलपाईगुडी, कालेम्पुङ भारतका प्रतिनिधि अर्जुन लिङदम र साङदाङगेन वारुमसावा पदम चोङवाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी किरात साम्यो माङसेवासावा नेवाला पान्जुम्भो अध्यक्ष हरि थोक्लेहाङ, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो झापाका सचिव सेर्मा धनबहादुर, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाका अध्यक्ष रुस्तम खुजुम, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामका सह–सचिव ध्रुव फागो र किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका सचिव चन्द्र आङबुहाङ लगायतले शुभकामना मन्तव्य सँगै जिल्लागत सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा २३ औं स्थापना दिवसको अवसरमा किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका अध्यक्ष मानबहादुर सङवाङफेलाई सम्मान गरेको छ ।
कार्यक्रमका अध्यक्षद्धारा खदा र विशेष अतिथि तेजवहादुर थलङद्धारा टोपी ओडाएर सम्मान गरिएका सङबाङफेलाई प्रमुख अतिथि केहेरसिं योङहाङले सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
हरेक वर्षझै यस वर्षपनि पान्जुभोको २३ औं स्थापना दिवससँगै किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोले वार्षिक चोमेन सेवा समेत सम्पन्न गरेको छ ।
वार्षिक चोमेन सेवा अन्तर्गत मंगलबार मेक्वा खोलामा साक्मुरा वादेम्मा र बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरेको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले वताए ।
पान्जुम्भोका कार्यवाहक अध्यक्ष वीरवहादुर आङलाको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा कोषाध्यक्ष प्रकाश सावदेनले स्वागत मन्तव्य राखेका थिए भने सचिव सन्च सङवाङफेले औचित्य मन्तव्य राखेका थिए । रविन कुरुम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
किरात धर्म लेखौं अभियान महासमितिको सेवा
आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं भन्ने अभियान देश व्यापी रुपमा सञ्चालन गर्न गठन गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले पनि सेवा सम्पन्न गरेको छ ।
किरात साम्यो माङसेवासाबा पान्जुम्भोसँगै मंगलबार मेक्वा खोलामा साक्मुरा वादेम्मा सेवा सम्पन्न गरी बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा किरात धर्म लेखौं अभियान महासमितिले येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरेको किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष समेत रहेका महासमितिको कोषाध्यक्ष सावदेनले बताएका छन् ।