पान्थर/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सञ्चालन गर्ने शिलशिलामा पान्थरमा अभियान समिति गठन गरिएको छ ।
पान्थरको धार्मिक पर्यटकीयस्थल लब्रेकुटीमा अवस्थित किरात साङसेन वरक चोत्लुङ माङहिमको प्राङगणमा सोमवार आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमले किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति पान्थरका अध्यक्ष ध्रव तुम्वापोको नेतृत्वमा किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति पान्थर गठन गरिएको हो ।
यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति पान्थरको उपाध्यक्षमा तेजबहादुर लोवा, वम जवेगु, लक्ष्मी सेर्मा, सचिवमा सुवास तुम्वापो, सह सचिव महेन्द्र नेम्बाङ, सन्तोष तुम्वापो, कोषाध्यक्षमा धनप्रसाद नेम्बाङ चयन हुनु भएका छन् ।
समितिको सदस्यहरुमा क्रमश ः अर्जुन फागो, भावना फियाक, सुमन नेम्बाङ, कमल योङया, होमप्रकाश नुगो, सूर्यदीप सङबाङफे, शान्तिला सङबाङफे लाओती, मानबहादुर सेर्मा, चन्द्रकुमारी आङदेम्बे, बालुकसिं आङदेम्बे, सुवास केरुङ, मनकुमार कुलुङ, मणिकुमार चाम्लीङ, लक्ष्मी देवान, टेकेन्द्र कुरुम्बाङ, टिकाराम लाओती लगायत चयन भएका छन् ।
राष्ट्रिय जनगणना र किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्ने, गराउने क्रममा पान्थरमा जिल्ला स्तरीय अभियान समिति गठन गरिएको अभियान महासमितिका सचिव काकीराम लाओतीले बताए ।
यसरी गठन भएको जिल्ला समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरुका प्रतिनिधिहरु, जिल्लामा निर्माण गरिएका किरात माङहिमहरुको प्रतिनिधिहरु, किरात धर्मावलम्बीहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी जिल्ला समिति गठन गरिएको महासमितिले जनाएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति पान्थरका अध्यक्ष ध्रुब तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो पान्थरका सचिव महेन्द्र नेम्बाङले सञ्चालन गरेका थिए । सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सचिवद्धय काकीराम लाओती र ज्ञानु केदेम उपस्थित रहनु भएको थियो ।