तेह्रथुम/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ, लेखाउ प्रचारप्रसार समिति नविन कुरुम्बाङको अध्यक्षतामा २१ सदस्य फेदाप गाउँपालिका स्तरीय समिति गठन गरेको छ । फेदाप १, सिम्ले स्थित साविक ५ पोक्लाबाङमा रहेको तागेरा निङवाभु माङहिम परिसरमा भएको भेलाले सो समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा टंकप्रसाद कुरुङबाङ, अमर कुमारी निङलेकु, गोपाल निङलेकु, टिकाराज कुरुम्बाङ, गजबहादुर पयाङगु, कुमार निङलेकु, भक्तप्रसाद निङलेकु, टेकबहादुर कुरुम्बाङ, जीतबहादुर चोङबाङ, टेकसिह चोङबाङ, योगेश चोङबाङ, मणिकुमार चोङबाङ, शालिका कुरुम्बाङ, छत्र निङलेकु, यानकुमार सिंगक, मोतिप्रसाद सिंगक, हेमबहादुर सिंगक, योगेन्द्र कुरुम्बाङ र भिम कुरुम्बाङ चयन हुनुभएका छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको अध्यक्ष राजकुमार तेयुङ तरेबा र संघका कोषाध्यक्ष तथा २०७८ सालको राष्ट्रिय जनगणना प्रचार प्रसार समिति तेह्रथुमका संयोजक रेवतबहादुर सावादेनको उपस्थितिमा समिति गठन गरिएको हो ।
२०७८ सालमा हुन लागेको १२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेखौ, लेखाउँ अभियानलाई घरदैलोसम्म पु¥याएर सहयोग गर्न हुन समेत संघका जिल्ला अध्यक्ष राजकुमार तेयुङ तरेबाले सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् ।
यसरीनै राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका कोषाध्यक्ष रेवत सावादेनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।
किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्न सो समिति गठन गरिएको किरात धर्म तथा साहित्य उत्थान सघ तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताएका छन् । समितिको सदस्यहरुमा क्रमशः विशाल कुरुम्बाङ, तोयानाथ आङबुङ, बलिहाङ सोदेम्बा, तेजबहादुर सेने, लेप्मुहाङ लिम्बू, रेनिशा राई, झरना लिम्बू, राजकुमार लिम्बू, घनश्याम सावादेन, शन्तकुमार सुक्वाबा, भीमकुमार हुक्पाचोङबाङ, शेरबहादुर यङहिङबाङ, शिव इङनाम, हरी तिलिङ चोङबाङ, केशरजङ आङबुङ र भीमबहादुर थाम्देन चयन हुनभएको छ ।
राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनगणना अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा तेह्रथुम जिल्लाका २ नगरपालिका र ४ गाउँपालिकामा समेत समिति गठन गरी यो अभियान समिति सञ्चालन गरिने किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका सचिव झरना सोदेम्बाले बताएकी छन् ।
किरात धर्म तथा साहित्य उत्थान सघ तेह्रथुमको आयोजनामा भएको समिति गठन कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान सघ तेह्रथुमको अध्यक्ष राजकुमार तेयुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।