माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनसँग पद यात्री श्री कृष्णप्रणामी निजानन्द सेवा परिषदका प्रतिनिधिहरुले भेट दर्शन गरेका छन् ।
पदयात्राको क्रममा माङसेबुङ पुगेका परिषदका प्रतिनिधिहरुले शुक्रबार माङसेबुङ ५, स्थित निजी गुरु आश्रममा अङसीमाङ तथा अङसीमामाङसँग भेट दर्शन गरेका हुन् ।
झापाको गौरादह ४, प्रणमीनगरबाट दमक हुँदै इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङमा आइपुगेको र अङसीमाङ तथा अङसीमामाङसँग भेट दर्शन गर्न पाउँदा अत्यन्तै खुशी लागेको सेवा परिषदका अध्यक्ष टहलदाश शिवाकोटीले बताए ।
पदयात्रा टोलीमा परिषदका अध्यक्ष टहलदाश शिवाकोटी, सचिव दिननाथ कडरिया, वाइज्यूराज संघ अध्यक्ष पवित्रा आचार्य, युवा परिषद सदस्य भूपाल तिवारी, भजन प्रस्तोता कृष्ण प्रसाद पराजुली, पूर्व केन्द्रीय सदस्य शाकुण्डल हुमागाई सहभागि रहे परिषदका सचिव दिननाथ कडरियाले बताए ।
यसरी पदयात्राका प्रतिनिधिहरुले अङसीमाङ तथा अङसीमामाङसँग भेट दर्शन गर्ने कार्यक्रममा निजी गुरु आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, वरिष्ठ उपाध्यक्ष अशोककुमार सबेन्हाङ, कोषाध्यक्ष शेरबहादुर लाओती, सह कोषाध्यक्ष यादवचन्द्र फूरुम्बो, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेन लगायतका किरात धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।