यासोकमा माङसेवासावा पान्जुम्भोको कार्यालय उद्घाटन

पान्थर/पान्थरको कुम्मायक गाउँपालिकाको सेवाकेन्द्र यासोक बजारमा किरात साम्यो माङसेवासाबा पान्जुम्भो कुम्मायक गाउँपालिका समितिको कार्यालय उद्घाटन गरिएको छ ।

 

आइतबार कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा ९ जना माङसेवासावाद्वारा १०८ बत्ति दिपप्रजलन गरी कार्यालय उद्घाटन गरिएको स्थानीय पदम सुखि सम्बाहाम्फेले जनाएको छ ।

 

गुरु नीजि आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका उपाध्यक्ष तारावीर नेम्बाङसँगै माङ्सेबुङबाट पुगेका कमला थलङ र थोलबहादुर शेर्माले किरात धर्म र दर्शनको औचित्यबारे प्रकाश पारेका थिए ।

 

कुम्मायक गाउँपालिकाका वडा न १, का वडाध्यक्ष देबेन्द्र लावती, पूर्व प्रधानाध्यापक चन्द्र निरौला र तुलसीमाया आङ्देम्बेले पनि किरात धर्म दर्शनको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

 

यसअघि भुवनसिं सम्बाहाम्फेको अध्यक्षतामा १३ सदस्यीय किरात साम्यो माङसेवासाबा पान्जुम्भो कुम्मायक गाउँपालिका समिति गठन गरिएको थियो ।

 

यसरी गठन गरिएको समितिको उपाध्यक्षमा चन्द्र चेम्जोङ र हर्कबहादुर सेर्मा, सचिव नरेन्द्र चेम्जोङ, कोषाध्यक्षमा शान्तिला सम्बाहाम्फे लावति, सहसचिव सूर्यहाङ सेर्मा, सदस्यहरु सोममाया लावती, मनमाया सेर्मा, बुद्धि सम्बाहाम्फे, खडक सम्बाहाम्फे लगायत माङसेवासावाहरु समितिमा रहेका छन् ।

 

पदम सुखि सम्बाहाम्फेबाट