ताप्लेजुङ/आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत किरात धार्मिक संघ संगठनका प्रतिनिधिहरुसँग जिल्ला स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
धर्मको महलमा किरात धर्म लेखौं अभियानलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले विभिन्न जिल्ला समन्वयन समिति गठन गर्ने शिलशिलामा ताप्लेजुङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
फुङलिङ नगरपालिका ६, मा अवस्थित किरात हाङसाम माङहिममा शनिबार आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धार्मिक संघ संस्था तथा सामाजिक संघ संगठनहरुका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको भेलाले किरात धर्म लेखौं अभियान जिल्ला समन्वयन समिति ताप्लेजुङ गठन समेत गरेको छ । यसरी स्थानीय समाजसेवी अमृत मादेनको अध्यक्षतामा जिल्ला समन्वयन समिति गठन गरेको हो ।
यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समितिको उपाध्यक्षमा नविन फुरुम्बो, सुरेन फुरुम्बो, आशा आङबुहाङ, सचिवमा सरोज कङलिबा, सह सचिव विवश मादेन, कोषाध्यक्षमा पूर्ण प्रसाद पालुङवा र सह कोषाध्यक्ष दिलिप लाबुङ चयन हुनु भएका छन् ।
समितिको सदस्यहरुमा क्रमश ः केदार पतङवा, भरत ताप्मादेन, कुमार खिम्दीङ, अमृत खिम्दीङ, ऐमन ओख्राबु, जीतबहादुर केदेम लगायत चयन भएका छन् ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष तथा लेखक हरी हुक्पा चोङबाङले किरात इतिहास र धर्म दर्शनको विषयमा र किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति कार्यकारिणी समितिका उप महासचिव आङबुहाङ अबोध अविरलले जनगणनाको महत्व, किरात धर्म र अभियान कार्यक्रमको अवधारणाबारे सहजीकरण गर्नु भएको थियो । भने अभियान महासमिति कार्यकारिणी समितिका सचिव ज्ञानु केदेमले अभियानको गतिविधि र सांगठनीक विषय बस्तुमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङवा, समाजसेवी तथा किरात याक्थुङ चुम्लुङका जिल्ला समिति ताप्लेजुङका पूर्व अध्यक्ष अमृत मादेन, फुङलिङ नगरपालिका वडा नं. ७ का वडा सदस्य डम्बर पालुङवा लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा ताप्लेजुङमा पनि समिति गठन गरिएको कार्यकारिणी समितिका उप महासचिव आङबुहाङले बताए । उप महासचिव आङबुहाङका अनुसार किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी अभियान कार्यक्रम सञ्चालन गर्न संगठन विस्तार गरिएको हो ।
यसरी गठन भएको जिल्ला समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरु किरात धर्मावलम्बीहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी जिल्ला समिति गठन गरिएको महासमितिका उप महासचिव आङबुहाङको भनाई छ ।
अभियान महासमिति कार्यकारिणी समितिका उप महासचिव आङबुहाङ अबोध अविरल र सचिव ज्ञानु केदेमको उपस्थितीमा सम्पन्न भेला किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति ताप्लेजुङका अध्यक्ष कर्ण पालुङवाको अध्यक्षतामा भएको थियो । किरात साम्यो नालीङफूङवा थुम पान्जुम्भो ताप्लेजुङ अध्यक्षका अध्यक्ष सरोज कंलिवाले सञ्चालन गरेका थिए भने छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य मुक्साम लाबुङले राखेका थिए ।