जनगणनामा किरात धर्म लेखाउन लिम्बू विद्यार्थी मञ्चको अपिल

 

माङसेबुङ/२०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न, लेखाउन लिम्बु विद्यार्थी मञ्चले अपिल गरेको छ ।

 

लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष दीपा लक्सम र महासचिव गुल्सन आङबुहाङद्धारा हस्ताक्षरित मञ्चको अपिलमा जात जातिको महल, पूर्खाको भाषा, मातृभाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेको छ ।

 


भने, दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन आग्रह गरेको हो ।अपिलमा लेखिएको छ, ‘आफ्नो पहिचान र अस्तित्वको लागि विश्वका सबै समुदायहरु आआफ्नो स्थानबाट संघर्ष गरिरहेको अवस्था छ । एकाईसौं शताब्दिमा भाषा, लिपि, धर्म, सस्कार र सस्कृतिको संरक्षण र सम्बद्र्धन अति आवश्यक हुदै गएको छ । जस्को लागि राज्यलाई झक्झक्याउने कार्य त छ्दैछ जनसंख्या सम्बन्धि रणनीतिक अभियान सम्हाल्नु पर्ने अति महत्त्वपूर्ण दायित्व पनि हाम्रै काधमा आएको छ ।’

 

त्यसैगरी मञ्चले अपिल जारी गरी नेपाल सरकारले प्रत्येक १० वर्षमा गर्दै आएको १२ औं जनगणना आगामी यही २०७८ जेष्ठ २५ देखि असार ८ गते सम्म हुन गईरहेको सन्दर्भमा बहुजातीय तथा बहुधार्मिक राष्ट्र को यथेष्ट चित्र जनगणनाले मात्र प्रदान गर्ने भएको कारण हर्सोल्लासको साथ सहभागी हुन र बिगतमा झै स्पष्ट विवरण लेख्न, लेखाउन लिम्बू विद्यार्थी मञ्चको आधिकारिक धारणा सहित सम्पुर्ण लिम्बू विद्यार्थी लगायत आदिवासी लिम्बूहरुमा लुङ्मेन्दिङ अनुरोध गरेको छ ।