कोरोना भाइरस छिटै शान्ति हुने अङसीमाङ आत्मानन्द सेइङको भनाई


माङसेबुङ/विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

 

बिहीबार सम्पन्न भएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटनमा शुभ आशीवर्चन दिनु हुँदै अङसीमाङले सो कुरा बताएका हुन ।

 

जन्मोत्सव समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले भन्नु भयो ‘यो कोरोना भाइरस छिटै शान्ति हुने संकेत छ ।’ यसका लागि विशेष गरी माङसेवा गर्न वहाँले सबैलाई आग्रह गर्नु भएको छ ।

 

 

अबको २५ वर्ष सम्ममा कुनै लडाई, झगडा भएनन् भने यहाँका मान्छेहरु दोस्रो इश्वर समान हुने अङसीमाङले बताउनु भएको छ । वहाँले भन्नु भयो, ‘भविष्यमा विश्व युद्ध भएन भने बेरोजगारी समस्या समेत समाधान हुने छ ।’

 

कोरोनाबाट सबैजना सचेत हुन अनुरोध गर्नु हुँदै वहाँले विश्व शान्ति र मानव एकताका लागि शुभ आशीर्वाद प्रदान गर्नु भएको थियो । अङसीमाङले थप्नु भयो, ‘मुलुकमा शान्ति र समृद्धि कायम गर्न राजनीतिक स्थिर बनाउन नेताहरुमा सत्त विवेक आउन जरुरी रहेको छ ।’

 

 

हरेक वर्ष मंसिर १८ र १९ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइएको छ ।

 

समारोहको कार्यक्रम अन्तर्गत बिहीबार समुद्घाटन पश्चात नोमाङगेन्ना सेवा र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले जनाएको छ ।

 

 

अध्यक्ष योङहाङका अनुसार शुक्रबार (१९ गते) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।

 

त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार), अभिनन्दन, चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने कार्यक्रम रहेको छ । समारोहको समापन कार्यक्रम पनि शुक्रबार नै हुने आयोजकले जनाएको छ ।