किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समिति गठन


माङसेबुङ/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन राष्ट्रिय व्यापी अभियान सञ्चालन गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समिति गठन भएको छ ।

 

केन्द्रीय किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा आइतबार र सोमबार आयोजित किरात धार्मिक संस्थाहरुको संयुक्त भेलाले सो महा समिति गठन गरेको हो ।

 

किरात धर्म सम्बद्ध संघ सस्था एवंम सामाजिक संघ संस्थाहरुको संयुक्त भेलामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले अमृतमय माङ आशीर्वचन समेत प्रदान गर्नु भएको थियो । माङ आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले किरात धर्म लेख्ने, लेखाउने महान अभियानमा सबै एक भएर लाग्न निर्देशन दिनुभएको थियो ।

 


किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष समेत रहेका किरात इङभो पान्जुम्भोका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा १० हजार ५ सय ८ सदस्यीय महा समिति गठन गरिएको हो । यसरी गठित महा समितिमा सह अध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम रहेका छन् ।

 

महा समितिको उपाध्यक्षहरुमा क्रमशः किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष हर्कवीर योङहाङ, निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, निजी गुरु आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य पूर्ण कार्की ढोली रहेका छन् । बाँकी रिक्त उपाध्यक्ष र महा सचिव पदलाई आगामी बैठकले पूर्ति गर्ने महा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।

 

महा समितिको सचिवहरुमा ज्ञानु केदेम, उदय विक्रम तुम्बापो, काजी लिङ्देन, काकीराम लाओती, जयकुमार केरुङ रहेका छन् भने, कोषाध्यक्ष प्रकाश सावदेन, सहकोषाध्यक्षहरु दुधबहादुर लाओती, सरुहाङमा इधिङगो, सुखमाया पोमू, विष्णुमाया फुरुम्बो तुम्बाहाङफे, रामकुमार पाहिम, हिमाल बेघा र कूलबहादुर लाओती रहेका छन् ।

 

यसरी गठन हुने महा समितिमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समिति र निजी गुरु आश्रम कृषि समितिका केन्द्रीय समितिहरु अनिवार्य सदस्य रहने र मातहत संस्थाका केन्द्रीय समितिहरु साथै शुभेच्छुक भक्तजनहरु समेत महा समितिको सदस्यमा रहने जनाइएको छ ।

 

सो बैठकले कार्य विभागहरु समेत गठन गरेको छ । यसरी गठित विभागहरुमा अनुगमन तथा समन्वयन विभाग संयोजक केहेरसिं योङहाङ, आर्थिक विभाग संयोजक प्रकाश सावदेन, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग समन्वयन विभाग संयोजक नन्दकुमार नेम्बाङ, जन परिचालन विभाग संयोजक काकीराम लाओती, प्रचार प्रसार विभाग संयोजन किरात इङभो पान्जुम्भो, किरातजन्य जातीय संघ संगठनसँग समन्वयन विभाग संयोजक डिबी लिङदम र जनगणना अभियान श्रव्य दृश्य निर्माण विभाग संयोजक रामबहादुर थुलुङलाई जिम्मेवारी दिएको छ ।

 


अभियानको कार्य विधि मस्यौदा निर्माण समिति अध्यक्ष केहेरसिं योङहाङको संयोजनमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । यसमा समितिमा क्रमशः होमबहादुर लिङ्देन, नन्दकुमार नेम्बाङ, शक्तिकुमार साँबा, आङबुहाङ अबोध अविरल, काकीराम लाओती, पूर्ण कार्की ढोली, उदय विक्रम तुम्बापो र ज्ञानु केदेम रहेका छन् ।

 

त्यसैगरी महा समितिको काम कार्वाहीलाई छिटो छरितो कार्यान्वयन गर्न, गराउन महा समितिको पदाधिकारी तथा विभागीय संयोजकहरु रहने गरी २५ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको जनाइएको छ ।

 

यसरीनै आगामी समयमा थप्दै जाने गरी विभिन्न विशिष्ट व्यक्तिहरुलाई सल्लाहकारमा राख्ने गरी ५ सदस्यीय सल्लाहकार समिति र २ सदस्यीय कानूनी सल्लाहकार समिति समेत गठन गरिएको महा समितिका अध्यक्ष योङहाङको भनाई छ । अध्यक्ष योङहाङका अनुसार विभिन्न किरातजन्य जातीय संघ संस्थाहरुलाई सल्लाहकार संस्थाको रुपमा मानेर जाने गरी किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, किरात सुनुवार सेवा समाज र थामी सेवा समाजलाई सल्लाहकार संस्थाको रुपमा निर्णय गरिएको जनाइएको छ ।