माङसेबुङ।धार्मिक पर्यटकीय क्षेत्र इलामको माङसेबुङमा आइतबार विरुवा वितरण गरिएको छ ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा विभिन्न जातका १ हजार ९ सय प्रति विरुवा वितरण गरिएको योजना कार्यान्वयन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार नेम्बाङले बताएको छ ।
माङसेबुङ गाउँपालिका वडा नं. ५, सुख्खा क्षेत्र व्यवस्थापन योजना कार्यान्वयन उपभोक्ता समितिको संयोजनमा एभोकाडो, लिची, आँप र कागती लगायतका विरुवाहरु वितरण गरिएको अध्यक्ष नेम्बाङको भनाई छ ।
पर्यटन तथा जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत प्रदेश नं. १ बाट विनियोजित ११ लाख वजेटले विरुवा वितरण र ट्याङ्की निर्माण गरिएको समितिले जनाएको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई लगायतका महानुभावहरुको उपस्थितीमा विरुवा वितरण गरिएको हो ।