माङसेबुङ परिसरमा निर्माणाधीन संरचनाहरु (फोटो फिचर)

 

निर्माणाधिन किरात साम्जिक मुन्धुम निसाम हिम

माङसेबुङ/विश्व स्वास्थ्य संगठनले विश्व महामारी प्रकोपको रुपमा घोषणा गरेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वमै संकट उत्पन्न भएको छ । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लागू गरिएको पनि ३ महिना पूरा पुगि सके । दैनिक बढ्दो क्रममा रहेको कोरोना नियन्त्रण हुने संकेत अझ्ै पनि छैन् ।

 

यसरी संसार भर महामारीको रुपमा फैलिरहेको कोरोनाले नेपाल पनि बन्दाबन्दीमै छ । चालु आर्थिक वर्षको अवधि सकिन लागेको छ । त्यसैले चालु बजेट कार्यान्वयन र आगामी नयाँ बजेट तर्जुमाको चटारोमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह लागेका छन् ।

 

 

निर्माणाधिन प्रथम किरात राजा यलम्बरको प्रतिमा

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी सामाजिक दूरीलाई कायम गर्दै, किरात धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा विकास निर्माणका कार्यहरु धमाधम भइरहेको उपभोक्ता समितिको भनाई छ । हुन त माङसेबुङमा किरात धर्मावलम्बीहरुको आर्थिक सहयोगमा सयौं संरचना बनाइएको छ । असंख्य संरचनाहरु निर्माण हुने क्रम समेत जारी छ ।

 

किरात धर्मावलम्बीहरुको सहयोगमा निर्माण गरिएका भौतिक संरचनाहरुमा पछिल्लो समय सरकारले पनि थप निर्माण कार्यका लागि बजेट विनियोजन गर्दै आएको छ । यसरी स्थानीय तह अन्र्तगत माङसेबुङ–५, वडा सिलिङबाट, गाउँपालिकाबाट र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६र०७७ को बजेट कार्यक्रमबाट विनियोजित बजेटलाई कार्यान्वयन गर्ने क्रममा इलामको माङसेबुङ गाउँपालिका स्थित किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर माङसेबुङ परिसरमा सञ्चालित विकासका पूर्वाधारहरुको तस्बीर यस्तो छ ।

वडा स्तरीय सामुदायिक भवन


माङसेबुङ गाउँपालिका वडा नं. ५, को वडा स्तरीय भवन धमाधम निर्माण कार्य भईरहेको भवन निर्माण उपभोक्ता समितिका सचिव प्रकाश सावदेनले बताए ।

 

माङसेबुङ गाउँपालिकाबाट विनियोजित १३ लाख रकमबाट सो भवन निर्माण कार्य भइरहेको सचिव सावदेनको भनाई छ ।

निर्माणाधीन खानेपानी ट्याङकी


खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामबाट विनियोजित रकमबाट सञ्चालित बाँझो ८ र ९ खानेपानी तथा सरसफाई स्किम न. १, गुरु आश्रमको खानेपानी ट्याङकी धमाधम निर्माण कार्य भइरहेको छ ।

 

निजी गुरु आश्रमको लागि निर्माणाधीन ट्याङकी १ लाख लिटर क्षमताको निर्माण भइरहेको उपभोक्ता समितिका कोषाध्यक्ष राजेन्द्र विक्रम खजुमले बताए ।

 

गुरु आश्रम दर्शनशाला भवन


माङसेबुङ गाउँपालिका वडा नं. ५, को वडा सिलिङबाट विनियोजन गरिएको २० लाख रुपैंयाँले गुरु आश्रम दर्शनशाला भवन निर्माण थालिएको छ ।

 

वडाबाट विनियोजन गरिएको रकमले भवनको जग मात्र उठेको र यस वर्ष विनियोजन भएको रकम सकिएकोले भवन निर्माणको काम रोकिएको उपभोक्ता समितिका अम्बरसिं लाओतीको भनाई छ ।

गुरु आश्रम अधुरो प्रवेश द्धार


निजी गुरुआश्रममा प्रवेश गर्ने प्रवेश द्धारका लागि गेट निर्माण भइरहेको छ । अधुरो प्रवेश द्धारको नाममा प्रदेश सरकारबाट विनियोजित रकमले २ वटा गेट निर्माण भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

 

प्रदेश सरकारको चालु बजेटबाट विनियोजित ३० लाख रुपैंयाले धमाधम गेट निर्माण भईरहेको उपभोक्ता समितिका अध्यक्ष टिकाराम केरुङको भनाई छ ।

 

 

बुधबारे शाकाहारी बजारको भवन


माङसेबुङ गाउँपालिकाबाट विनियोजित रकमबाट निर्माण गरिएको बुधबारे शाकाहारी वजार भवन निर्माण कार्य धमाधम भइरहेको छ ।

 

चालु आर्थिक वर्षमा विनियोजन भएको ५ लाख रुपैंयाले निर्माण कार्य भइरहेको उपभोक्ता समितिका सचिव निश्चल तबेबुङले बताए ।

 

माङसेबुङ चक्रपथ


इलामको माङसेबुङमा किरात धर्मावलम्बीहरुको श्रमदानबाट निर्माण गरिएको ५.५ कि.मि. को माङसेबुङ चक्रपथलाई स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ ।

 

किरात धर्मावलम्बीहरुको श्रमदानबाट निर्माण गरिएको सो चक्रपथ (रिङरोड) लाई स्तरोन्नति गर्न पछिल्लो समय नेपाल सरकारले समेत लगानी गर्न सुरु गरेको जनाइएको छ ।