माङसेबुङ / धार्मिक पर्यटकीय क्षेत्र किरातीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुने भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं–५, स्थित बुधबारे शाकाहारी हटिया वजारमा स्थापना गर्न लागिएको प्रथम किरात राजा यलम्बरको शालिकलाई गत जेठ ११ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूले शिलान्यास गर्नुभएको हो ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूले शिलान्यास गर्नुभएसँगै माङसेबुङमा प्रथम किराती राजा यलम्बरको शालिक स्थापना हुने पक्का भएको हो ।
शिलान्यासको क्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ज्यूले यलम्बरहाङको शालिक स्थापना हुनु गौरवको महसुस भएको बताउनुहुँदै, यलम्बरहाङ किरातहरुको पहिलो राजा र महात्मा भएको बताउनु भएको छ ।
किरात धर्मगुरुज्यूले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सबैलाई सचेत रहन र सुरक्षित रहन आग्रह समेत गर्नुभएको थियो ।
वहाँले कोराना एउटा सामान्य महामारी रोग मात्र भएको बताउनुहुदैं कोरोना भन्दा अझै खतरा मानव संहार हुने रोगहरु आउने संकेत समेत गर्नुभयो ।
माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष ०७६र२०७७ वजेट कार्यक्रम अन्र्तगत विनियोजित १० लाख रकमबाट प्रथम किराती राजा यलम्बरको पूर्ण कदको शालिक स्थपना गर्न लागिएको प्रथम किराती राजा यलम्बर शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले बताए ।
सो शालिक निर्माण गर्न १० लाख रकम पर्याप्त नभएकोले स्थानीय क्षेत्रबाट समेत सुम्बुगेन हुक्वा संकलन गरी शालिक निर्माण गरिने शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष सावदेनले बताए ।
उनले शालिक स्थापनाले धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । ६ फिट बराबरको यलम्बरको शालिक निर्माण गर्ने कम्पनी भने माङसेबुङ हेरिटेज प्रा. लि.ले जिम्मा पाएको छ ।
शिलान्यास कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिका वडा नं–५, का वडाअध्यक्ष नरेन्द्रकुमार राई, गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष दिपक तिगेला लगायत राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।