माङसेबुङ/माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदै छ । प्रतियोगितामा सहभागि हुन इच्छुक कलाकारहरुका लागि गत पुस १ बाट अडिसन सुरु गरिएको डिजिटल अडिसन पुस २५ गतेसम्म हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।
आयोजक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला गायन प्रतियोगिताको विषयमा शनिबार माङसेबुङमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पान्जुम्भोका निवर्तमान अध्यक्ष तथा किरात इङसेका सम्पादक ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरलको उपस्थित रहेको थियो ।
त्यसैगरी माङसेबुङ न्युज डट कमका सह सम्पादक आन्छुमे नसान लाओती, किरात आवाजका कार्यकारी सम्पादक योगेश लाओती, साक्थिम्गेन पान्जुम्भोका सचिव दिलिप माखिम, सह सचिव लाबुनहाङ केरुङ, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, मिलन लाओती, अनिल थोप्रा लगायतको उपस्थिति रहेको थियो ।