माङसेवासाबा पान्जुम्भोमा अभिमुखीकरणसँगै संगठन विस्तार

माङसेबुङ/किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष माङमिङसोहाङ लिङ्देनले सहभागि माङसेवासाबाहरुलाई सहजीकरण गर्नु भएको थियो ।

 

किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष भगिहाङ नेम्बाङको अध्यक्षतामा आइतबार र सोमबार आयोजित अभिमुखि कार्यक्रममा माङसेबुङ गाउँपालिका स्तरीय माङसेवासाबा पान्जुम्भो पनि गठन गरिएको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनले बताउनु भएको छ ।

माङसेवासाबाहरुमा धार्मिक अभिमुखीकरणसँगै संगठन विस्तार गर्ने क्रममा अशोक फागोको अध्यक्षतामा माङसेबुङ गाउँपालिका स्तरीय माङसेवासाबा पान्जुम्भो गठन गरिएको छ ।

 

यसरी गठित समितिको उपाध्यक्षमा पदम आङदेम्बे, सुरेन्द्र लुङफुङवा, रामप्रसाद सेर्मा, सचिवमा रुपकुमार तुम्बापो, सह सचिवमा प्रेम आङदेम्बे, कोषाध्यक्षमा जीतमान माबोहाङ र सह कोषाध्यक्षमा जहरमान आङदेम्बे निर्वाचित भएका छन् ।

 

त्यसैगरी सदस्यहरुमा विजय येक्तेन, यामबहादुर वनेम फागो, पृथीबहादुर इधिङगो, दिलकुमारी बेघा, प्रेमसिं थेगिम, याम चेम्जोङ, सिंगबहादुर लाओती, राजेश योङया, पदम बहादुर थेगिम, भक्त सेनेहाङ, येकबहादुर येक्तेन, पूर्ण सेर्मा, रामकुमार लाओती, दिलकुमार केरुङ, लक्ष्मी सेलिङ, मानबहादुर इङनाम, भीमबहादुर नुगो, लक्षमन आङदेम्बे, श्रीप्रसाद नेयोङ, भुवानी तुम्सा, सन्तबहादुर लाओती, हंशबहादुर कुरुम्बाङ लगायत निर्वाचित भएका छन् ।

नव निर्वाचित समितिमा ध्रुब नेम्बाङ र अशोककुमार सवेन्हाङलाई सल्लाहकार समिति निर्वाचित गरिएको पान्जुम्भोले जनाएको छ ।