अमेरिकामा केआरसीओद्धारा किरात धार्मिक चुम्लुङ सम्पन्न


अमेरिका/किरात रिलिजन एण्ड कल्चरल अर्गनाईजेशन (केआरसीओ) आइएनसी युएसएको आयोजनामा गत डिसेम्बर २४, मंगलबार पाटरसन एभिइ, एक्रोन, ओहायोमा किरात धर्मावलम्बीहरुको चुम्लुङ भव्य रुपमा सम्पन्न भएको छ ।

 

 

 

 

ग्रेटर एक्रोन निवासी किरात धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थितिमा सम्पन्न चुम्लुङमा संस्थाको पदाधिकारीहरु, साङ्दाङगेन वरूमसाबा, साङ्दाङगेन वरूमसामा, माङ्सेवासाबा, माङ्सेवासामा, तुत्तु तुम्याहाङ, बुद्धिजीवी लगायत विभिन्न क्षेत्रमा आबद्ध किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।

 

 

केआरसीओका कार्यकारी प्रमुख भक्त तिगेला खेवाको अध्यक्षतामा सम्पन्न चुम्लुङमा अध्यक्ष खेवाले संस्थाको सार मर्मलाई उजागर गराउँदै २०२४ को आय व्यय, र पदाधिकारीहरुलाई आ–आफ्नो कर्तव्यको परिपालक हुनु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी उनले आगामी २०२५ को वार्षिक कार्यतालिका समेत प्रस्तुत गर्नु भएको थियो ।

 

 

 

 

चुम्लुङको अन्त्यमा केआरसीओ संस्थामा रिक्त रहेको युवा सशक्तिकरण कार्यक्रम र जनचेतनामूलक कार्यक्रमका लागि समेत सर्वसम्म नवनियुक्त गरिएको थियो । साथै इन्जिनियर विक्रम फुरुम्बोले डिजाइन गरेको के.आर.सी.ओ.को लोगो सार्वजनिकसँगै सो लोगोको बारेमा डिजाइनर फुरुम्बोले व्याख्या समेत गर्नु भएको थियो ।