आत्मानन्द गोल्ड कप : मोरङलाई पराजित गर्दै झापा फाइनल प्रवेश

माङसेबुङ/दुधे युथ क्लब, झापा आत्मानन्द गोल्ड कप २०८१ अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो ।

 

 

दुधे झापाको जितमा राजेश दाहाल र प्रदिप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलमा दुधेको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

 

दुधे युथ क्लब, झापाका खेलाडीहरु

 

खेलको ४३ औं मिनेटमा दुधे झापाले राजेश दाहालको गोलमा अग्रता बनाए । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै २–० को जित दिलाए ।

 

 

 

खेलको मेन अफ दी म्याच दुधे झापाका निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मा पवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा सञ्चालन भईरहेको प्रतियोगितको भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापा र तिजोक युवा क्लव, पाँचथरबीच हुने आयोजक आत्मा पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएका छन् ।

 

 

 

खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिता इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७ औं संस्करणको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

सिरीजङगा स्पोर्टिङ क्लब, मोरङका खेलाडीहरु