दार्जिलिङको रंगित दोभानमा साक्मुरा वादेम्मा तथा लाधुङसेमी सेवा सम्पन्न


दार्जिलिङ/भारतको दार्जिलिङस्थित सिङला बजार छोटा रंगित र बडा रंगितको दोभानमा साक्मुुरा वादेम्मा तथा येत् नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ ।

 

 

 

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति दार्जिलिङ र सिक्किमको आयोजनामा दार्जिलिङ र सिक्किममा रहेका किरात धर्मावलम्बी भक्तजनहरुको उपस्थितिमा गत २१ अक्टोवर २०२४ तारिख लाधुङसेमी तथा साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको हो ।

 

 

 

 

सेवामा नेपालबाट किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष तथा साङदाङगेन वरुमसाबा बलराम खजुम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य लाखमाङ खजुम र छवि खजुमको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ ।