माङसेबुङ परिसरमा नालीफूङवाद्धारा वृक्षारोपण


माङसेबुङ/किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा वृक्षारोपण गरिएको छ ।

 

 

बुधबार किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको संयोजनमा धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थितको किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा वृक्षारोपण गरिएको हो ।

 

 

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले सुपारीको विरुवा रोपेर वृक्षारोपणलाई उद्घाटन गर्नु भएको थियो ।

 

माङसेबुङ परिसरलाई हरियाली बनाउन र स्वच्छ वातावरण युक्त बनाउनको लागि वृक्षारोपण गरिएको किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले बताए ।

 

 

बुधवारदेखि तीन दिनसम्म आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा १ सय ८ बोट सुपारी, कागती, सिन्कौली, तेङगा लगायत बिभिन्न प्रजातिका फलफूलहरुको विरुवा रोपिने अध्यक्ष तिगेलाले बताए । उनले बोट विरुवाहरु उपलव्ध गराएर सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

 

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका पूर्व सचिव नन्दकुमार नेम्बाङ, गुरु निजी सचिव खड्ग साँबा, महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङदेन, तोपहाङ लिङदेन स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्यबहादुर लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य पूर्णकार्की ढोली लगायतको उपस्थितिमा बृक्षारोपणको उद्घाटन गरिएको थियो ।