पवित्रहाङमा कप : सुनसरीलाई पराजित गर्दै ताप्लेजुङ सेमिफाइनमा प्रवेश


माङ्सेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 

शुक्रबार (आज) माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २–० गोल अन्तरले पाराजित गर्दै ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको हो ।

 

 

ताप्लेजुङको जितमा सुजता पालुङवा र सितल क्षेत्रीले एक एक गोल गरिन । खेलको पहिलो हाफको नवौं मिनेटमा ताप्लेजुङका सुजता पालुङवाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

 

 

 

त्यसपछि खेलको २३ औ मिनेटमा ताप्लेजुङका सितल क्षेत्रीले गोल गर्दै टिमलाई जित दिलाइन् । ताप्लेजुङकी सितल क्षेत्री खेलको वुमन अफ द म्याच घोषित भइन् । ताप्लेजुङले फाईनल प्रवेशका लागि नवदीप युवा क्लव मिक्लाजुङ मोरङसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

 

 

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत शनिबार (भोली) जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ धनकुटाबीच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

 

 

 

प्रतियोगिताको विजेताले नगद २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने जनाइएको छ ।