दमक/कोशी प्रदेश नामको खारेजीका लागि चरणवद्ध आन्दोलनका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउने क्रममा पान्थरको मिक्लाजुङमा अभियान समिति गठन गरिएको छ ।
आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले मिक्लाजुङ ५ कुरुम्बामा पनि १ नं. प्रदेश पुनः नामाकरण अभियान समिति गठन भएको छ ।
प्रदेश नं.१ को पुन नामाकरणको लागि पान्थरको मिक्लाजुङ ५ पुनः नामाकरण अभियान समिति सिङ्गबहादुर लाओतीको संयोजकत्वमा ३४ सदस्यीय अभियान समिति गठन गरिएको छ ।जसमा सह संयोजकहरु पुर्णबहादुर लाओती, दिल्ली बहादुर लावती, राम लावती रहेका छन् ।
यसरीनै समितिका सदस्यहरुमा राजेन्द्र लावती, मणिप्रसाद लावती, आषिश राई, चुगेनन्द लावती, उदयचन्द्र नेम्बाङ, टिकाराम लावती, टेकराज लावती, साईत वीर लावती, मिसिरमान लावती, पृथीमान लावती, प्रेमकुमार लावती, कर्णबहादुर लावती, मनि कुमार लावती, हरिप्रसाद लावती, सिरलाल लावती, पम्फामाया माखिम, कोफिमाया माखिम, ठाकुरसिङ लावती, जयन बहादुर लावती, टीका तोङ लावती, दुर्गाहाङ लावती र नरेश लावती रहेका छन् ।
त्यसैगरी सन्तकमार लावती, सन्तमान लावती, शुनिल लावती, राजु लावती, आङदेम्बे कबिता माखिम, धनहाङ लावती, चेतराज लावती, हरिचन्द्र लावती लगायत रहेका छन । सो भेलाले चैत्र ५ गते बिराटनगरमा हुने विशाल जनप्रदर्शनमा सहभागी हुने र वडाबाटै सशक्त रुपले आन्दोलन गर्ने निर्णय गरेको संयोजक लावतीले बताए ।
यस भेलामा नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय समिति अध्यक्ष राजेन्द्र लावती, किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष मणिप्रसाद लावती, किरात राई यायोख्खा मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष आशिष राई, किरात चोत्लुङ मुहिमगुम अङसीमाङगेन्ना सेवा समिति केन्द्रीय सदस्य दिल्ली बहादुर लावती , किरात हाङसाम थोक्पेत्चम्मा माङहिम अध्यक्ष टिकाराम लावती, किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो तुम्बेवा अध्यक्ष राम लावती, किरात साम्यो नालिफुङवा यक्लक पान्जुम्भो मिक्लाजुङ ५ अध्यक्ष नरेश लावती, राष्ट्रिय जनमुक्ति पार्टी मिक्लाजुङ ५ कुरुम्बा वडा अध्यक्ष चुगेन्द्र लावती, जनता समाजवादी पार्टी मिक्लाजुङ ५ कुरुम्बा वडा सचिव उदयचन्द्र नेम्वाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तिय मञ्च मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष तेजिन्द्रप्रसाद लावती लगायतको उपस्थित रहेको थियो ।
आगामी चैत ५ गते प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा कोशी प्रदेश नाम खारेजीको लागि विराटनगरमा आयोजित विशाल जन प्रदर्शन कार्यक्रमको तयारीका लागि र थप आन्दोलनको कार्यक्रमहरुलाई सशक्त बनाउन संगठन विस्तार अभियान सञ्चालन गरिएको जनाइएको छ ।